Skip to content

बिना तामाङ

छल गर्‍यो ? बल गर्‍यो ?

  • by

छल गर्‍यो ? बल गर्‍यो ? खै के गर्‍यो ? सम्झना उस्कै छ
टुना पर्‍यो ? मुना पर्‍यो ? खै के पर्‍यो ? सम्झना उस्कै छ

ब्ल्याक एण्ड व्हाईट जिन्दगीको क्यानभासमा आज फेरि
रङ्ग भर्‍यो ? ढङ्ग भर्‍यो ? खै के भर्‍यो ? सम्झना उस्कै छ

सोचेभन्दा औधी माया गर्छे

  • by

सोचेभन्दा औधी माया गर्छे यो काली त
तिम्रै निम्ती फुल्छे अनि झर्छे यो काली त

ढुक्क हुन्छु आकाश छुन्छु तिमी सँगै भए
सयौं खोला परे गंगा तर्छे यो काली त

हिस्टेरिया

  • by

ए नोर्बु
सुनन
आजभोलि मलाई हिस्टेरिया भा’छ ।
आपा र आमाको
आँखा छल्दै
सराङमाथिको कराईबाट
कुरौनी चोरेर तिमीले
मेरो हत्केलाभरि राखिदिएको
यादले निचोरिएर हो कि क्या हो
आजभोलि मलाई हिस्टेरिया भा’छ ।

मान्छे भई पशु व्यवहार

  • by

मान्छे भई पशु व्यवहार नगर्नु याद राख
अब उपरान्त मेरो सामू नपर्नु याद राख

एकएक गेडी खुसीको संगाली माला गाँस्छु
छिनालेर सबै यत्रतत्र नछर्नु याद राख

कस्तो यो याद दिएर गयौ

  • by

कस्तो यो याद दिएर गयौ न राख्न सक्छु न भुल्न
ईन्द्रेणी सप्ना आएर आँखामा न नाच्न सक्छ न झुल्न

सुस्तरी तिमी आएथ्यौ अनि अधरमा चुम्बन् गर्यौ
रित्तो थेँ म बुझेर तिम्ले मायाका रङ्ग भर्यौ
गाढा थ्यो माया फिक्का थेँ म न मिस्न सकें न घुल्न
कस्तो यो याद दिएर गयौ न राख्न सक्छु न भुल्न
ईन्द्रेणी सप्ना आएर आँखामा न नाच्न सक्छ न झुल्न

दुई मुक्तक (अरु केही छैन, उद्दिग्न यी आँखाहरू)

१)
अरु केही छैन तर मसँग एउटा मन छ
परिआउँदा बैरीसँग लड्ने एउटा तन छ
मारकाट गर जे जे गर्न सक्छौ गर तिमी
झुक्नै नसक्ने मसँग नेपाली एउटा पन छ

आजभोलि पिउनेहरू

  • by

आजभोलि पिउनेहरू रातै आफ्ना ठान्दा रैछन
भोलिपल्टै उत्रिजाने मातै आफ्ना ठान्दा रैछन

नशा यति चढाउँछन होसै हुन्न कुनैबेला
एकहोरो बोल्ने सबै बातै आफ्ना ठान्दा रैछन

यो देशका युवाहरू

यो देशका युवाहरू आज रहर बेचिरहेछन
व्यवहारमा फँसेर आफ्नै शहर बेचिरहेछन

राजनीति यस्तो भयो सबै निरंकुश भएर गए
आफ्नैलाई मार्न खतरनाक जहर बेचिरहेछन

जिन्दगीको हरेक यात्रा

  • by

जिन्दगीको हरेक यात्रा तिमीसँगै गर्न पाएँ
तिम्रै निम्ति फुलें अनि तिम्रै निम्ति झर्न पाएँ

तिमी थियौ शून्यतामा पूर्णताको खोजी गर्दै
आफूलाई रित्याएर माया मेरो भर्न पाएँ

आजभोलि जिन्दगी यो

  • by

आजभोलि जिन्दगी यो खुबै मिठो लाग्न थाल्यो
तिम्रो साथ पाएदेखि दु:ख दर्द भाग्न थाल्यो

बादल थियो आकाशमा आज आफै फाटी गयो
कोपिला थ्यो मन्का इच्छा फक्रिएर फूल भयो
त्यही इच्छा तिम्लाई भेट्न डाँडाकाँडा नाघ्न थाल्यो
तिम्रो साथ पाएदेखि दु:ख दर्द भाग्न थाल्यो