मनन् गर आफ्नै बोली, तिक्तता भेट्नेछौ
छामी हेर तिम्रो आँचल, रिक्तता भेट्नेछौ
बन्द राख्छौ आँखा तिमी, शत्रु मात्रै देख्छौ
मन्को आँखा खोली हेर मित्रता भेट्नेछौ
तिमी ठान्छौ वाहियात, उपदेश दिनेहरू
आत्मसाथ गरे तिनमै, विद्वता भेट्नेछौ
जब सम्म सच्चिदैनौ, तिमी आफैभित्र
नकारात्मक सोच्ने, मानसिकता भेट्नेछौ
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
