Skip to content

साँच्दा साँच्दै कुनै बेला

  • by


साँच्दा साँच्दै कुनै बेला रहरहरू मर्छ
लेख्दा लेख्दै गजल यहाँ बहरहरू मर्छ

सिंच्नु थियो बंजर भूमि हराभरा पार्न
बग्दा बग्दै अनायसै नहरहरू मर्छ

मेरो गाउँ तिम्रो शहर द्वन्द यहीँ चल्छ
गर्दा गर्दै युद्ध यहाँ शहरहरू मर्छ

एउटा किनार तिमी भयौ अर्को किनार म
खोज्दा खोज्दै छुन तिमी लहरहरू मर्छ

खेल यस्तो खेल्छौ तिम्ले राजा आफू बन्दै
तिम्रो सामू गुलाम हैन दहरहरू मर्छ

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *