ऊ वेगसँग चल्छ
सरररररररररररर बग्छ
कतै भित्र-भित्रै
यतै छेउ छाउ
दुख्छ छुना साथ
एउटा नमिठो घाउ
कस्ता रैछन्
त्यस्ता नि मुन्छे हुन्छन् र ?
सुनेकोथें
मुन्छे त कमलो मुटु हुन्छ रे
दयालु आँखा हुन्छ रे
सहयोगी हात हुन्छ रे
तर खै म त देख्दिन
उसको हात, खुट्टा, मुटु, आँखा
न सुन्छु मिठो भाका
ऊ त केवल
सिङ्गो भएर आउँछ
टुक्रा पारेर जान्छ
गिजोल्छ, चिमोट्छ
जताततै डस्छ, टोक्छ
अनि फुत्त निस्केर अलप हुन्छ
विलिन हुन्छ हावाको झोकां झै
त्यस्ता नि मुन्छे हुन्छन् र ?
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
