बिना तामाङ
अनुभूति
अकल्पनीय थियो त्यो हाम्रो भेट । मैले कहिल्यै सोचिन ऊसँग फेरि दोर्याएर यो जुनिमा भेट हुन्छ भनेर । झण्डै झण्डै स्मृतिका गर्तमा पुगिसकेको थियो त्यो बिम्ब । सायद त्यस् दिन हाम्रो भेट हुनुथ्यो र म आफ्नो सानु फुच्चेस्कुटीलाई वर्कसपमा थन्क्याएर कलकींदेखि चावहिलसम्म माईक्रो बसको कठिन यात्रामा होमिएकी थिएँ बसभित्रको कुनापट्टि एउटा सिट बाँकी रहेछ । म त्यही टुसुक्क बसें ।
निर्णय (सामाजिक-कथा)
… अन्त्यमा मैले छोडिदिएँ उस्लाई ।
लेख्न के नै बाँकी रह्यो र अब । अन्तिम बिन्दु नै शुरुवातको गजबार बनेपछि । तर हैन म अझै सानो एउटा छिद्र देख्दैछु जहाँबाट म यो सुन्दर संसार चियाउन सक्छु । भलै म त्यो घामको न्यानो रापमा सेकिनबाट बञ्चित हुँला । तर म त्यो उज्यालो हेर्न र महशुस गर्न सक्छु अध्याँरो बस्तीमा बसेर पनि । हो यही प्रयाप्त हुनेछ किनकि एउटा शरीरको लागि तीन बित्ता जमिन भए पुग्छ पुरै ब्रम्हाण्ड चाहिँदैन ।
क्रुर मान्छे
अन्तत उसले त्यो क्रुर मान्छेलाई घरमा ल्यायो । पछिल्लो केही दिनदेखिको मेरो अनुरोधलाई आज उसले स्वीकारेको छ । अनि म बडो सतर्कताका साथ क्रुर मान्छेको हातभरि पिपलका दाना पाके झै पाकेका घाउहरू सफा गर्दैछु । यति साबधानीका साथ कि कतै मैले प्रयोग गरेको कपासले पनि उसलाई नदुखोस । मेरो सारा ध्यान उसलाई सञ्चो पार्नेतिर छ । शुन्यतालाई चिर्दै उसको मुखबाट निस्किएको सिकसिकाहट कोठाभरि गुञ्जयमान हुन्छ । सायद पीडा अत्यधिक बढेर गएको छ । आँखाहरू कहिलेकाहीँ उसको आँखामा गएर ठोकिन्छ । म देख्छु ऊ एकतमासले मलाई हेरिरहेछ । हातहरू जबरजस्ती बाँध्न खोज्छ । सायद यतिबेला त्यो क्रुर मान्छे जिब्रो चलाउन नसके पनि मसँग क्षमायाचना गर्न हातहरू जोड्न चाहन्छ । आत्मग्लानिले होला आँखाहरू भरिएछन् । कस्तरी डढेछ अनुहार त पुरै कोईला जस्तै देखिएछ ।
भेट
“मैले तिम्रो केही बिगार पनि त गरिन ।” टाउकोको रुमाल हातमा लिदैं साईलीले भनिन् ।
“हैन मैले त्यसो भन्न खोजेको पनि हैन।” अधबैशें, यस्तै भयो होला ५० वर्षजतिको, आँखा ख्वाप्लक्कै भित्र पसेर गालाको हड्डी मात्रै उछिट्टिएको, कालो कालो वर्णको ठूलेले एकै श्वासमा भन्न भ्याउँछ। मानौ यति नभने साईली तुरुन्तै उठेर गैहाल्छे ।

