Skip to content

बिना तामाङ

फरक् फरक् सोच हाम्रो

  • by

फरक् फरक् सोच हाम्रो फरक् जिन्दगानी
छोड अब डाहा ईर्ष्या अनि अभिमानी

प्राणी मध्ये सर्वश्रेष्ठ मान्छे भन्ने जात
हुनु पर्छ दया माया करुणाको खानी

माईती अनि चेलीको

माईती अनि चेलीको मायाप्रीत खै त तीज ?
आजभोलि वेदनाको मिठो गीत खै त तीज ?

दु:ख पीडा भोग्दै रुँदै चेली घरमा बस्दा
दाजुभाई आई लाने सुन्दर् रीत खै त तीज ?

अनुभूति

  • by

अकल्पनीय थियो त्यो हाम्रो भेट । मैले कहिल्यै सोचिन ऊसँग फेरि दोर्‍याएर यो जुनिमा भेट हुन्छ भनेर । झण्डै झण्डै स्मृतिका गर्तमा पुगिसकेको थियो त्यो बिम्ब । सायद त्यस् दिन हाम्रो भेट हुनुथ्यो र म आफ्नो सानु फुच्चेस्कुटीलाई वर्कसपमा थन्क्याएर कलकींदेखि चावहिलसम्म माईक्रो बसको कठिन यात्रामा होमिएकी थिएँ बसभित्रको कुनापट्टि एउटा सिट बाँकी रहेछ । म त्यही टुसुक्क बसें ।

तीन मुक्तकहरू (लेराईदे, हुन सक्छ, मान्छेहरू)

  • by


हराएको मूल्यवान त्यो भेष लेराईदे
लौ न चरी प्रियतमको सन्देश लेराईदे
नयनहरू विछ्याएर पर्खिबस्छे आमा
भेटाउन तिन्को छोरा घरदेश लेराईदे

बग्दा बग्दै अडिएकी

बग्दा बग्दै अडिएकी, मझधारको डुङ्गा हुँ
यस्तो वचन लायौ सानु, मानौ म त ढुङ्गा हुँ

मेरो पनि मुटु छ नि, चल्छ बरु सुस्त सुस्त
देखिंदैन बलेको यो, जल्छ बरु सुस्त सुस्त
बिर्स्यौ क्यारे म पनि, फूलको एउटा थुङ्गा हुँ
यस्तो वचन लायौ सानु, मानौ म त ढुङ्गा हुँ

मच्चिएर खेल्छ आज पिङ

  • by

मच्चिएर खेल्छ आज पिङ मन्ले चहचह
अँधेरीलाई मास्न होला जून लाग्यो टहटह

मासिएर अध्यारो उज्यालोले टेक्यो दैलो
थेग्न खुसी नसकेर अँश्रुभेल बन्यो दह

निर्णय (सामाजिक-कथा)

  • by

… अन्त्यमा मैले छोडिदिएँ उस्लाई ।

लेख्न के नै बाँकी रह्यो र अब । अन्तिम बिन्दु नै शुरुवातको गजबार बनेपछि । तर हैन म अझै सानो एउटा छिद्र देख्दैछु जहाँबाट म यो सुन्दर संसार चियाउन सक्छु । भलै म त्यो घामको न्यानो रापमा सेकिनबाट बञ्चित हुँला । तर म त्यो उज्यालो हेर्न र महशुस गर्न सक्छु अध्याँरो बस्तीमा बसेर पनि । हो यही प्रयाप्त हुनेछ किनकि एउटा शरीरको लागि तीन बित्ता जमिन भए पुग्छ पुरै ब्रम्हाण्ड चाहिँदैन ।

आशाहरू झरेपछि

आशाहरू झरेपछि सपना त्यो व्यर्थ भयो
आधाआधी मरेपछि बाँच्नुको के अर्थ रह्यो?

समीपमा तिमी हुदाँ स्वर्गै लाग्थ्यो धर्ती मलाई
तिम्रो ओठको स्पर्षले राख्थ्यो मेरो ज्यानै गलाई
रसिला ती ओठ आज मुटु सेर्ने कर्द भयो
आधा आधी मरेपछि बाँच्नुको के अर्थ रह्यो?

भोक लाग्दा हाली दियौ

  • by

भोक लाग्दा हाली दियौ मुखैभरि चारा
तिर्खा लाग्दा बगाई दियौ दूधका धारा

बचाउन सन्तान् आफ्ना हाड खुबै घोट्यौ
ढुङ्गा माटो सबै मुछ्यौ गर्यौ काम गाह्रा

चल्छन् भने चल्न देऊ

चल्छन् भने चल्न देऊ किराहरू स्याउँ-स्याउँ
भुक्छन् भने भुक्न देऊ कुकुरहरू ख्याउँ-ख्याउँ

मुसाहरू बैठक् बस्छन् घण्टी बाँध्न बिरालोमा
सातो पुत्लो उड्छ सुने बिरालोको म्याउँ-म्याउँ

उदाँउदो सूर्यसँगै लाली ममा चढ्यो

  • by

उदाँउदो सूर्यसँगै लाली ममा चढ्यो
कस्तोसँग तिम्रो माया आजभोलि बढ्यो

पत्र पत्र फिंजाएर फूलहरू फुल्न थाल्यो
खेतैभरि लहलह बालाहरू झुल्न थाल्यो
फूल अनि बालासँगै मनमा कुरा गढ्यो
कस्तोसँग तिम्रो माया आजभोलि बढ्यो

गोरेटोमा जति भेट्छौ

  • by

गोरेटोमा जति भेट्छौ सबको तिमी साथी बन्छौ
विश्वासिलो साथी बनी पछि विश्वासघाती बन्छौ

रङ्गमञ्च खोल्छौ तिमी, अभिनय राम्रो गर्छौ
छदम् भेषी तिम्रो रुप, सामुन्नेमा जाती बन्छौ

तिम्लाई छुने रहरहरू

  • by

तिम्लाई छुने रहरहरू मार्न सकिन
मनमा उठ्ने लहरहरू बार्न सकिन

हुन्न भन्थे सजाउन तिम्लाई आँखामा
गाउन झनै हुन्न अरे मिठो भाकामा
गाईसकेँ, सजाईसकेँ, पर सार्न सकिन
मनमा उठ्ने लहरहरू बार्न सकिन

क्रुर मान्छे

अन्तत उसले त्यो क्रुर मान्छेलाई घरमा ल्यायो । पछिल्लो केही दिनदेखिको मेरो अनुरोधलाई आज उसले स्वीकारेको छ । अनि म बडो सतर्कताका साथ क्रुर मान्छेको हातभरि पिपलका दाना पाके झै पाकेका घाउहरू सफा गर्दैछु । यति साबधानीका साथ कि कतै मैले प्रयोग गरेको कपासले पनि उसलाई नदुखोस । मेरो सारा ध्यान उसलाई सञ्चो पार्नेतिर छ । शुन्यतालाई चिर्दै उसको मुखबाट निस्किएको सिकसिकाहट कोठाभरि गुञ्जयमान हुन्छ । सायद पीडा अत्यधिक बढेर गएको छ । आँखाहरू कहिलेकाहीँ उसको आँखामा गएर ठोकिन्छ । म देख्छु ऊ एकतमासले मलाई हेरिरहेछ । हातहरू जबरजस्ती बाँध्न खोज्छ । सायद यतिबेला त्यो क्रुर मान्छे जिब्रो चलाउन नसके पनि मसँग क्षमायाचना गर्न हातहरू जोड्न चाहन्छ । आत्मग्लानिले होला आँखाहरू भरिएछन् । कस्तरी डढेछ अनुहार त पुरै कोईला जस्तै देखिएछ ।

20120715_BinaTamang_News

तामाङ डाजाङको साहित्यिक गोष्ठी १११ औं शृंखला सम्पन्न

  • by

तामाङ डाजाङको नियमित साहित्यिक गोष्ठीको १११ औं शृंखला नेपाल मानविकी क्याम्पस प्रदर्शनी मार्गमा यही मिति २०६९ साल वैशाख ३० गते शनिवारका दिन सम्पन्न भयो ।

सुनसान थियो जङ्गल्

  • by

सुनसान थियो जङ्गल् अनि नजिकैमा गिरी
निर्जन् सुन्दर् वनैभरि हावा सिरी सिरी

राजा थियौं रानी थियौं प्रकृतिका हामी
वरिपरि हाम्रो गर्थ्यो चरी चिरीबिरी

भेट

“मैले तिम्रो केही बिगार पनि त गरिन ।” टाउकोको रुमाल हातमा लिदैं साईलीले भनिन् ।

“हैन मैले त्यसो भन्न खोजेको पनि हैन।” अधबैशें, यस्तै भयो होला ५० वर्षजतिको, आँखा ख्वाप्लक्कै भित्र पसेर गालाको हड्डी मात्रै उछिट्टिएको, कालो कालो वर्णको ठूलेले एकै श्वासमा भन्न भ्याउँछ। मानौ यति नभने साईली तुरुन्तै उठेर गैहाल्छे ।

फक्रँदो त्यो फूल मेरो

फक्रँदो त्यो फूल मेरो कोपिला मै झरिगयो
शरीर मात्रै जिउँदो छ आत्मा मेरो मरिगयो

रोपी गोडी हुर्काउँछु मेरो आफ्नै बगैचाँमा
आशाहरू सबै मर्दै स्वर्गतिरै सरिगयो

20120628_BinaTamang_News

राष्ट्रिय तामाङ साहित्य सम्मेलन २०१२ सम्पन्न

  • by

‘तामाङ राष्ट्रिय पहिचानको लागि साहित्य लेखन’ भन्ने नारा सहित राष्ट्रिय तामाङ साहित्य सम्मेलन् २०१२ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान् (स्टाफ कलेज) जावालाखेलमा यही मिति २०६९ आषाढ ९ र १० गरी दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।