Skip to content

मान्छे मान्छे बिच नमिठो यो राग

  • by


मान्छे मान्छे बिच नमिठो यो राग कस्तो हो?
पिलाउँदा दूध विष झिक्ने नाग कस्तो हो?

प्रकृतिमा सब्को बराबरी हक लाग्छ नि
तेरो मेरो भन्दै लगाउने भाग कस्तो हो?

राम्रो होस भलो होस भन्न छाडी आजभोलि
बिहान बिहानै कराउने काग कस्तो हो?

राम्रो देख्नै हुन्न दाहा ईर्ष्या गरिहाल्छन
त्यति सुन्दर चाँदमा लागिदिने दाग कस्तो हो?

यो चाहियो त्यो चाहियो हल्ला खल्ला गर्छन
आखिर पूरा गर्नै नसकिने माग कस्तो हो?

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *