Skip to content

नमिठो जीवन

  • by


अनगिन्ती सुखद यामहरू
आइरहन्छ आँङ ढाक्न
हरियो दुवोको नरम्
भुवादार गलैचाँमा
तेर्सिएर म ताप्छु घाम
रमाईलो छ वातावरण
सुगन्धित छ जीवन
तै पनि मलाई जिन्दगी
किन यति नमिठो लाग्छ?

सुमधुर ध्वनीहरू
म भित्रै गुञ्जिरहन्छन्
सुकुमारी नृत्यङ्गनाहरू
मै भित्र नाचिरहन्छन्
फराकिलो धर्ती टेकेकै छु
छातीभरि आकाश बोकेकै छु
फेरि पनि जिन्दगी
किन यति नमिठो लाग्छ?

म उभिएको पहरामा
रक्ताम्य गुराँस फुलेकै छ
सुनाखरी, सुनगाभा हाँसेकै छ
परपर निलो चाँदरमा
तरुनी घाम टाँगिएकै छ
उल्लासमय छ जीवन
तै पनि जिन्दगी
किन यति नमिठो लाग्छ?

बिना तामाङ’ सुनगाभा’
काठमान्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *