आशाहरू झरेपछि सपना त्यो व्यर्थ भयो
आधाआधी मरेपछि बाँच्नुको के अर्थ रह्यो?
समीपमा तिमी हुदाँ स्वर्गै लाग्थ्यो धर्ती मलाई
तिम्रो ओठको स्पर्षले राख्थ्यो मेरो ज्यानै गलाई
रसिला ती ओठ आज मुटु सेर्ने कर्द भयो
आधा आधी मरेपछि बाँच्नुको के अर्थ रह्यो?
सपनीमा आउथ्यौ तिमी आखिर त्यो त छल रैछ
आँखा तरी मरे जस्तै आकाशको फल रैछ
सोझी-साझी ममाथि छल गरेर मर्द बन्यौ
आधा-आधी मरेपछि बाँच्नुको के अर्थ रह्यो?
आशाहरू झरेपछि सपना त्यो व्यर्थ भयो
आधाआधी मरेपछि बाँच्नुको के अर्थ रह्यो?
बिना तामाङ ‘सुनगाभा’

कबिता मार्मिक र निकै गहिरो
कबिता मार्मिक र निकै गहिरो बिना नाना हजुरलाई धेरै धेरै धन्यवाद । मेरो नानाको यो कलम निरन्तर चलीरहोस् म भाईको कामना ।
सुरेन्द्र धेरै धेरै धन्यवाद
हजूर आले सुरेन्द्र धेरै धेरै धन्यवाद यो सुन्दर अणि मिठो प्रतिक्रियाको लागी .