Skip to content

फरक् फरक् सोच हाम्रो

  • by


फरक् फरक् सोच हाम्रो फरक् जिन्दगानी
छोड अब डाहा ईर्ष्या अनि अभिमानी

प्राणी मध्ये सर्वश्रेष्ठ मान्छे भन्ने जात
हुनु पर्छ दया माया करुणाको खानी

नियमभित्र रहेदेखि चल्छ सृष्टि यहाँ
भताभुङ्ग होला फेरि गरे मनमानी

माया गरे माया दिन्छौ सम्मान् गरे सम्मान्
शत्रु सामू न झुक्छौं न बेच्छौं स्वाभिमानी

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *