फक्रँदो त्यो फूल मेरो कोपिला मै झरिगयो
शरीर मात्रै जिउँदो छ आत्मा मेरो मरिगयो
रोपी गोडी हुर्काउँछु मेरो आफ्नै बगैचाँमा
आशाहरू सबै मर्दै स्वर्गतिरै सरिगयो
अवोध ती सुन्दर् फूल दैवसँग मागेकोथें
जस्ले दियो आज फेरि उसैले नै हरिगयो
जवाफ के दिऊँ उस्लाई जस्ले जिम्मा लाथ्यो
कसो गरि भनुँ सन्तान् भङ्गालोमा परिगयो
ईन्द्रेणीको आगमनमा फूल् सँगै हाँस्छु भन्थें
खाडल् यस्तो पर्यो बरी अँश्रु-भेल्ले भरिगयो
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

tapainko harek prakarka lekh
tapainko harek prakarka lekh haru padhne gareko 6u, gazal pani padhna paya, tapainko lekhan karyale nirantarta paos. suvakamana.
धन्यवाद Rc जी
धन्यवाद Rc जी हजुरलाई सुन्दर प्रतिकृयाको साथमा उपस्थिती जनाईदिनुभयो। कामनाको लागि हृदयदेखिको आभार ।