Skip to content

तीन मुक्तकहरू (लेराईदे, हुन सक्छ, मान्छेहरू)

  • by



हराएको मूल्यवान त्यो भेष लेराईदे
लौ न चरी प्रियतमको सन्देश लेराईदे
नयनहरू विछ्याएर पर्खिबस्छे आमा
भेटाउन तिन्को छोरा घरदेश लेराईदे


फसाउने चाल तिन्को मादक हुन सक्छ
सफलताको सिँढी चढ्न बाधक हुन सक्छ
होस गर है समयमै सचेत तिमी हुनु
नशालु ती नजरहरू घातक हुन सक्छ


फेदै काटी टुप्पामा फल्छन मान्छेहरू
आफैलाई किन यहाँ छल्छन मान्छेहरू?
रिस राग राख्छन्, डाहा इर्ष्या गर्छन
भित्र भित्रै आफै फेरि, जल्छन मान्छेहरू

बिना तामांग ‘सुनगाभा’

Leave a Reply

Your email address will not be published. Required fields are marked *