Skip to content

गोरेटोमा जति भेट्छौ

  • by


गोरेटोमा जति भेट्छौ सबको तिमी साथी बन्छौ
विश्वासिलो साथी बनी पछि विश्वासघाती बन्छौ

रङ्गमञ्च खोल्छौ तिमी, अभिनय राम्रो गर्छौ
छदम् भेषी तिम्रो रुप, सामुन्नेमा जाती बन्छौ

स्वार्थ तिम्रो पूरा गर्न, पर्‍यौ भने पाप गर्छौ
देख्नलाई दुनियाँमा चोखो फूलपाती बन्छौ

ह्रदयको पानाभरि तिम्रो नाउँ लेख्छु भन्थ्यौ
झुट बोल्ने तिम्रो बानी, खुम्चिएको छाती बन्छौ

मीठो तिम्रो वातमा भुली मन्का पोका फुकाउँछन्
चुरो कुरो पाएपछि आफै खुराफाती बन्छौ

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *