मलाई मेरो नेपाल र नेपाली नै प्यारो लाग्छ कोमलप्रसाद भट्ट गजल by editorNovember 5, 2014मलाई मेरो नेपाल र नेपाली नै प्यारो लाग्छ तराईवासी, पहाडिया, हिमाली नै प्यारो लाग्छ लप्पन छप्पन छैन कुनै मुस्कुराउँछन् स्वच्छतामा बाँडेकाछन् सङ्लो माया, लेकाली नै प्यारो लाग्छ
घरै पिच्छे खुसी छाओस कोमलप्रसाद भट्ट गजल by editorOctober 5, 2014घरै पिच्छे खुसी छाओस यो दसैँमा सबैको आँगनी हाँसोस यो दसैँमा भवानीले गरून रक्षा प्रेम गर्दै समुन्नतले शिखर नाघोस यो दसैँमा
टाठो बाठो मान्छे यहाँ कोमलप्रसाद भट्ट गजल by editorSeptember 28, 2014टाठो बाठो मान्छे यहाँ, जताततै ठालु हुन्छ काम गर्छ कालु सधैं, मकै खाने भालु हुन्छ आलु खाँदै पेडाको धाक, लगाएर बस्छन् कति वास्तविकता खोतले त्यो, पेडा नभै आलु हुन्छ
कतै मस्ती कतै पीडा कोमलप्रसाद भट्ट गजल by editorSeptember 21, 20141 Commentकतै मस्ती कतै पीडा, कतै बस्छन गुनासाले कतै भोका कतै प्यासा, कतै रुन्छन निराशाले सबैको जिन्दगी लाग्यो, कथा उस्तै व्यथा उस्तै दगुर्दै छन दिनै पिच्छे, सबै ठूला सुखाशाले
इच्छाहरू छाती भित्रै कोमलप्रसाद भट्ट गजल by editorSeptember 17, 2014इच्छाहरू छाती भित्रै, निसासिए जिन्दगीका रहर जति खाँदमा परे, र भासिए जिन्दगीका कल्पनाका शीशमहल, गर्ल्याम गुर्लुम ढले सबै चोखा चोखा भावना नि, निराशिए जिन्दगीका
कुनै जिन्दगीमा कोमलप्रसाद भट्ट गजल by editorSeptember 9, 2014कुनै जिन्दगीमा, सयौं छन् दुखेसा कुनै मस्तमा छन्, हुँदा उच्च पेशा कसैको पसीना, गएको छ व्यर्थै कसैले बृथामै, मिलाए अडेसा
आफन्त सबै, पहिरोले लग्यो कोमलप्रसाद भट्ट गजल by editorSeptember 6, 2014आफन्त सबै, पहिरोले लग्यो, टुहुरा रुँदै छन् बिजोकै देख्दा, देउराली पाखा, ढिस्कुरा रुँदै छन् बस्ती नै बग्यो, रहेन केही गाँस बासै हरायो बाँच्नेको पनि, होस् हवास छैन, वेसुरा रुँदै छन्
पिताज्यूको सम्झनामा कोमलप्रसाद भट्ट पद्य कविता by editorAugust 30, 2014खन्यौ बाँझो बारी, सकल जनको पेट भरनै थियौँ हामी साना, अनि नसकिने काम गरनै गर्यौ चिन्ता हाम्रै, सकस सहँदैमा कति गल्यौ रह्यौ नाङ्गै भोकै, जब सहज हुन्थ्यो तब ढल्यौ ।।
चाड पर्व नजिकिंदा कोमलप्रसाद भट्ट गजल by editorAugust 23, 2014चाड पर्व नजिकिंदा, आँसु आउँछ परदेशीको आँगनीमा पीडा मात्रै, सल्बलाउँछ परदेशीको जताततै घाउ लाग्यो, वियोगले पोल्दा सधैँ छाती भित्र व्यथै व्यथा, दन्दनाउँछ परदेशीको
सारा रहर नै, सपना भए कोमलप्रसाद भट्ट गजल by editorAugust 17, 2014सारा रहर नै, सपना भए मीठा अधर नै, सपना भए डुब्थ्यो मगनमा, तन यो सदा हाँस्ने सगर नै, सपना भए
सकेसम्म चाँडै, म फिर्नेछु कोमलप्रसाद भट्ट गजल by editorJuly 30, 20143 Commentsसकेसम्म चाँडै, म फिर्नेछु आमा छ भारा दुदैको, म तिर्नेछु आमा सँगालेर मायाँ, बसेको म हुन्छु भुले काख तिम्रो, म गिर्नेछु आमा
आशै आशमा, बित्छ जिन्दगी कोमलप्रसाद भट्ट गजल by editorJuly 13, 2014आशै आशमा, बित्छ जिन्दगी रोजै दासमा, बित्छ जिन्दगी मायाँ गर्छ को, यो प्रवासमा ? जाली पाशमा, बित्छ जिन्दगी
खुसी छु आज बेसरी कोमलप्रसाद भट्ट गजल by editorJuly 9, 2014खुसी छु आज बेसरी, सुनेर हर्षका कुरा प्रफुल्ल भो मनै यहाँ, बुझेर हर्षका कुरा अथाह वेदना सँगै, बसेँ सधैँ अतालिँदै मिल्यो अपार शान्त्वना, भएर हर्षका कुरा
बुढेसकालले छोयो क्यारे कोमलप्रसाद भट्ट गजल by editorJune 24, 20147 Commentsबुढेसकालले छोयो क्यारे, कपाल सबै पाक्यो अब सोच्न छोड्यो मस्तिष्कले, मनस्थिति थाक्यो अब नाना थरी बिमारीले, दु:ख दिए सधैं भरि किन किन लाग्न थाल्यो “दैवले नै डाक्यो अब”
झर्यो आँसु सम्झेँ कोमलप्रसाद भट्ट गजल by editorJune 16, 20142 Commentsझर्यो आँसु सम्झेँ, पखेरा पखेरी उतै डुल्छ आँखा, लगाएर फेरी सधैँ देश देखेँ, यहाँ स्वप्न देख्दा मनै भित्र नाच्यो, पियारो मझेरी
भन्दै छ रोजै तेरो र मेरो कोमलप्रसाद भट्ट गजल by editorJune 7, 2014भन्दै छ रोजै तेरो र मेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा लोभी छ धेरै नाघ्दै छ घेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा बिर्सेछ सच्चा कर्तव्य के हो, बन्दै छ पापी झन् आज भोलि गन्तव्य सारा पार्यो अँधेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा
देश निकै छट्पटायो कोमलप्रसाद भट्ट गजल by editorMay 29, 2014देश निकै छट्पटायो, आऊ न फेरि गौतम बुद्ध सुख शान्ति लड्खडायो, आऊ न फेरि गौतम बुद्ध छाडातन्त्र भएको छ, प्रजातन्त्र अचेल भरि सद्भावना डगमगायो, आऊ न फेरि गौतम बुद्ध
समयले धुरुधुरु रुवाएरै छाड्यो कोमलप्रसाद भट्ट गजल by editorMay 25, 2014समयले धुरुधुरु, रुवाएरै छाड्यो आज मुटु छेड्ने तीखा वाण, चलाएरै छाड्यो आज नभए झैं भयो अव, रवि शशि आकाशमा नयनको ज्योति पनि, हराएरै छाड्यो आज
हामी पनि चोखो मायाँ कोमलप्रसाद भट्ट गजल by editorMay 18, 2014हामी पनि चोखो मायाँ, लगाउँथ्यौं तन्नेरीमा अनगिन्ती स्वप्नाहरू, सजाउँथ्यौं तन्नेरीमा त्यसै त्यसै बरालिँदै, बिराएनौ बाटो कहिल्यै सत्य, निष्ठा, कर्तव्यमै, रमाउँथ्यौं तन्नेरीमा
जिन्दगीमा मिठो मुस्कान कोमलप्रसाद भट्ट गजल by editorMay 5, 20141 Commentजिन्दगीमा मिठो मुस्कान,सितिमिती पाईंदैन झलमल्ल सुनको विहान,सितिमिती पाईंदैन गुराँस फुल्छन् वसन्तमा,शिशिरमा झर्छन् सवै बाह्रै मैना फुल्ने उद्यान,सितिमिती पाईंदैन