Skip to content

कोमलप्रसाद भट्ट

बारम्बारै बन्द पार्दा

बारम्बारै बन्द पार्दा रोएको छ देश आज
निरपराध मान्छे मार्दा रोएको छ देश आज

किन दिन्छन् निमुखालाई शासना यी नेताहरू
नेपालीले आँसु झार्दा रोएको छ देश आज

सिर्जनालाई खोजी खोजी चोर्न थाले

सिर्जनालाई खोजी खोजी चोर्न थाले अचेलभरि
लुटाहारले लुट्दा जस्तै सोर्न थाले अचेलभरि

प्रस्तोतालाई हटाएर लाज र शरम पचाउँदै
आफ्नै नाम र ठेगाना पो कोर्न थाले अचेलभरि

देश हाम्रो लुटेर नै ध्वस्त पारे

देश हाम्रो लुटेर नै ध्वस्त पारे पिशाचले
तुच्छ बन्दै बिकेर नै ध्वस्त पारे पिशाचले

वीर पुर्खा खटे सधैँ रक्त झण्डा रँगाउन
कीर्ति उन्को भुलेर नै ध्वस्त पारे पिशाचले

नेपालीको आँगनमा, रमाएर आओस दशैँ

नेपालीको आँगनमा, रमाएर आओस दशैँ
सम्वृद्धि र सुख शान्ति, बनाएर आओस दशैँ

भवानीले रक्षा गरुन, आशा इच्छा पूरा गर्दै
जमरा र रातो टीका, सजाएर आओस दशैँ

आफन्तको प्रगतिमा

आफन्तको प्रगतिमा भुतुक्क भै मर्छन मान्छे
दु:ख पर्दा बिर्सी दिन्छन हदै तल झर्छन मान्छे

सोचेका छन् ठूलो ठालु जान्ने बुझ्ने आफू मात्रै
फाइदा हुने कुरा आए आफैँ अघि सर्छन मान्छे

स्वतन्त्रता, समानता र भाइचारा

  • by

स्वतन्त्रता, समानता र भाइचारा छैनन् अब
सम्मानले पूज्नलायक ध्रुवतारा छैनन् अब

सतसङ्गले डाँडो काट्यो पापाचार भो जताततै
हेँला भए सन्त बाणी अमृत धारा छैनन् अब

जाऊँ न साथी यसपाली

जाऊँ न साथी यसपाली त चुनाव लड्नु पर्छ
भविष्यको उन्नतिमा अघि बढ्नु पर्छ

गैह्री गाउँका रिट्ठे दाइले टिकट पाए भन्छन
हामी पनि मन्त्रि हुँदै मोटर चड्नु पर्छ

अज्ञानी छौं ज्ञान दिनोस

अज्ञानी छौं ज्ञान दिनोस सरस्वती माता
विद्या बुद्धि दान दिनोस सरस्वती माता

कुभावना हटोस् सबको सन्मार्गमा लाग्दै
इज्जत अनि मान दिनोस सरस्वती माता

समुद्रमा उर्लिएको छाल

समुद्रमा उर्लिएको छाल झैँ छ जीवन
टुटिहाल्ने माकुराको जाल झैँ छ जीवन

मर्न पनि नसकेको बाँचेको नि होइन
हिंउदमा घिरौँलाको झाल झैँ छ जीवन