Skip to content

पिताज्यूको सम्झनामा


खन्यौ बाँझो बारी, सकल जनको पेट भरनै
थियौँ हामी साना, अनि नसकिने काम गरनै
गर्यौ चिन्ता हाम्रै, सकस सहँदैमा कति गल्यौ
रह्यौ नाङ्गै भोकै, जब सहज हुन्थ्यो तब ढल्यौ ।।

थियौ साथै जैले, खुब कठिन थ्यो त्यो समयमा
गयौ छोडी अहिले, अविरल छ आँशू नयनमा
चढाएँ श्रद्धाका, कुसुम बटुलेरै चरणमा
मिलोस् माफी बाबा, अति दुख दिएँ यो जनममा ।।

(६ अक्षरमा विश्राम)
छन्द :- शिखरिणी
भाद्र कृष्ण औंशी (कुशे औंशी) २०७१

कोमल भट्ट
न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *