Skip to content

सकेसम्म चाँडै, म फिर्नेछु


सकेसम्म चाँडै, म फिर्नेछु आमा
छ भारा दुदैको, म तिर्नेछु आमा

सँगालेर मायाँ, बसेको म हुन्छु
भुले काख तिम्रो, म गिर्नेछु आमा

घुमी राख्छ तिम्रो, प्रभा देहभित्र
परे देखि छाती, म चिर्नेछु आमा

दुखायो मनै त्यो, रुवाएर जस्ले
बनी शत्रु तेस्को, म पिर्नेछु आमा

फुलायौ, फलायौ, हटायौ अँधेरो
घरै भित्र आफ्नो, म छिर्नेछु आमा

(भुजङ्गप्रयात छन्द)
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ

3 thoughts on “सकेसम्म चाँडै, म फिर्नेछु”

  1. भट्टजी घर फर्किनु भो कि ।
    भट्टजी घर फर्किनु भो कि जस्तो देखियो यस कविताले । कवितामा देशप्रेम मडारिएको पाइयो है भट्टजी । पुरानो नैकापमा डा विद्यादेवको घरदेखि कता तिर परेछ तपाइँको घर ।

    1. नमस्कार !
      हजूर ! केही समय घर

      नमस्कार !
      हजूर ! केही समय घर तिरै थिएँ
      भर्खरै USA फर्किएँ l

    2. मैले दिएको जवाफ प्रकाशित
      मैले दिएको जवाफ प्रकाशित हुदैन किन होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *