गरौँ मीठा बात साथी कोमलप्रसाद भट्ट गजल by editorDecember 4, 2016गरौँ मीठा बात साथी मिलाऊँ यी हात साथी भरोषा के जिन्दगीको झरी जाला पात साथी
सहारा छुटेर रोएँ कोमलप्रसाद भट्ट गजल by editorNovember 20, 2016सहारा छुटेर रोएँ भरोषा टुटेर रोएँ उदाए विपत्ति लाखौँ व्यथाले कुटेर रोएँ
तड्पेर बाँचेका कोमलप्रसाद भट्ट गजल by editorNovember 13, 2016तड्पेर बाँचेका, टन्न छन् धर्तीमा संकष्ट काटेका, टन्न छन् धर्तीमा भोका र प्यासा छन्, वेदना चर्को छ दुर्भाग्य भोगेका, टन्न छन् धर्तीमा
मन एक्लियो कोमलप्रसाद भट्ट गजल by editorOctober 29, 2016मन एक्लियो र अतालियो छु प्रवासमा र निसासियो सुखले सहेन छ जिन्दगी परितापमै तन होमियो
जमानाले दियो धोका कोमलप्रसाद भट्ट गजल by editorOctober 2, 2016जमानाले दियो धोका, लगन मेरो लिलामी भो हरायो नामनामेसी, वचन मेरो लिलामी भो बिताएँ जिन्दगी आधा, मिजासी बातले भर्दै गए ती शिष्टता व्यर्थै, नमन मेरो लिलामी भो
पुरानै छ पूजा कोमलप्रसाद भट्ट गजल by editorSeptember 17, 2016पुरानै छ पूजा, धुपौरा पुरानै पुरानै छ भान्सा, कचौरा पुरानै भयो के र नौलो, प्रजातन्त्रबाट सधैँ पाक्न थाले, फुलौरा पुरानै
बिगार्न लागे, देश हाम्रो कोमलप्रसाद भट्ट गजल by editorAugust 20, 2016बिगार्न लागे, देश हाम्रो उधार्न लागे, देश हाम्रो अतीव स्वार्थी, देख्छु नेता डकार्न लागे, देश हाम्रो
खोज्दैछु मौवा सरि कोमलप्रसाद भट्ट गजल by editorAugust 6, 2016खोज्दैछु मौवा सरि जिन्दगानी बन्दैछ हौवा सरि जिन्दगानी राम्रो छ देख्दा तर भित्र प्वाल तप्किन्छ गौवा सरि जिन्दगानी
साँचो प्रेम गर्ने कोमलप्रसाद भट्ट गजल by editorJuly 12, 2016साँचो प्रेम गर्ने, सहर टाढिएछ लाग्यो जिन्दगीकै, रहर टाढिएछ निन्द्रा छैन राती, विरह झाङ्गिनाले हाँसो वा खुसीको, पहर टाढिएछ
जिन्दगीमा धेरै थरी गजल बनाएँ कोमलप्रसाद भट्ट गजल by editorJune 26, 2016जिन्दगीमा धेरै थरी गजल बनाएँ कल्पनामा ठूला ठूला महल बनाएँ चिसो चिसो सिरेटोले निल्यो सुलुक्कै आगो ताप्ने इच्छा भयो मकल बनाएँ
हाम्रो एकतामा कोमलप्रसाद भट्ट गजल by editorJune 11, 2016हाम्रो एकतामा जलेको छ कोही चोखो मित्रतामा जलेको छ कोही यौटै हुन्न चाहा र आस्था भनेको पुज्ने देवतामा जलेको छ कोही
प्रभाती गाउँदा आमा कोमलप्रसाद भट्ट गजल by editorMay 7, 2016प्रभाती गाउँदा आमा ! म तिम्रै नाम सम्झन्छु तिमी यो जीन्दगानीको उज्यालो घाम सम्झन्छु दिँदै त्यो किम्मती माया लगायौ दिलमा तिम्ले खप्यौ पीडा सहस्रौँ ती दुखेका डाम सम्झन्छु
जाली रहेछौ कोमलप्रसाद भट्ट गजल by editorApril 30, 2016जाली रहेछौ मन रैछ कालो सद्प्रेमको बन्धन रैछ कालो धुर्त्याइॅले ग्रस्त भयौ छिमेकी धोका दियौ चिन्तन रैछ कालो
आऊ नयाँ वर्ष खुलेर कोमलप्रसाद भट्ट गजल by editorApril 9, 2016आऊ नयाँ वर्ष खुलेर आऊ नेपालमा शान्ति दिगो बनाऊ दिक्दारिये आज स्वदेशवासी छर्दै खुसी जीवन ती सजाऊ
आक्रान्त भो देश कोमलप्रसाद भट्ट गजल by editorMarch 20, 2016आक्रान्त भो देश पिलाहरूले घोचे सधैँ तीक्ष्ण किलाहरूले ।। चासो कुनै छैन सिवा भुँडीको नेता भुलाए कचिलाहरूले ।।
चाँदनी झैं थियौ मेरी आमा कोमलप्रसाद भट्ट गजल by editorMarch 10, 2016चाँदनी झैं थियौ मेरी आमा माधवी झैं थियौ मेरी आमा ।।१।। दर्द सारा हर्यौ माया गर्दै औषधी झैं थियौ मेरी आमा ।।२।।
खुसी केहो ? कोमलप्रसाद भट्ट गजल by editorFebruary 2, 2016खुसी केहो ? मायालुले माया गर्दा थाहा हुन्छ दर्द के हो ? निष्ठुरीले खुसी हर्दा थाहा हुन्छ ll हाँस्नेलाई के पत्तो र ? कथा व्यथा रोदनका कति गह्रौं हुन्छ पीडा,आँसु झर्दा थाहा हुन्छ ll
जिन्दगीमा अँझै के के हुन बाँकी छ कोमलप्रसाद भट्ट गजल by editorJanuary 23, 2016जिन्दगीमा अँझै के के, हुन बाँकी छ ? कति रोएँ अरू कति, रुन बाँकी छ ? चकमन्न अँध्यारोले, निल्यो सधैं नै तारा झरे टिल्पिलाउँदो, जुन बाँकी छ
दुख्यो देश ज्यादै कोमलप्रसाद भट्ट गजल by editorJanuary 9, 2016दुख्यो देश ज्यादै दुराचार बढ्दा झर्यो आँसु द्रोही र गद्दार बढ्दा ll भुली बन्धु कोही मिले शत्रु सङ्ग मर्यो भाइचारा कुलङ्घार बढ्दा ll
सुधाको घडा त्यो कोमलप्रसाद भट्ट गजल by editorDecember 26, 2015सुधाको घडा त्यो नप्यूँदै जहर भो खुसीको सहर यो व्यथाको सहर भो रुँदै चाँद तारा लुके मेघ भित्र अँध्यारो छ बस्ती र बस्नै कहर भो