Skip to content

कोमलप्रसाद भट्ट

जमानाले दियो धोका

जमानाले दियो धोका, लगन मेरो लिलामी भो
हरायो नामनामेसी, वचन मेरो लिलामी भो

बिताएँ जिन्दगी आधा, मिजासी बातले भर्दै
गए ती शिष्टता व्यर्थै, नमन मेरो लिलामी भो

जिन्दगीमा धेरै थरी गजल बनाएँ

जिन्दगीमा धेरै थरी गजल बनाएँ
कल्पनामा ठूला ठूला महल बनाएँ

चिसो चिसो सिरेटोले निल्यो सुलुक्कै
आगो ताप्ने इच्छा भयो मकल बनाएँ

प्रभाती गाउँदा आमा

प्रभाती गाउँदा आमा ! म तिम्रै नाम सम्झन्छु
तिमी यो जीन्दगानीको उज्यालो घाम सम्झन्छु

दिँदै त्यो किम्मती माया लगायौ दिलमा तिम्ले
खप्यौ पीडा सहस्रौँ ती दुखेका डाम सम्झन्छु

खुसी केहो ?

खुसी केहो ? मायालुले माया गर्दा थाहा हुन्छ
दर्द के हो ? निष्ठुरीले खुसी हर्दा थाहा हुन्छ ll

हाँस्नेलाई के पत्तो र ? कथा व्यथा रोदनका
कति गह्रौं हुन्छ पीडा,आँसु झर्दा थाहा हुन्छ ll

जिन्दगीमा अँझै के के हुन बाँकी छ

जिन्दगीमा अँझै के के, हुन बाँकी छ ?
कति रोएँ अरू कति, रुन बाँकी छ ?

चकमन्न अँध्यारोले, निल्यो सधैं नै
तारा झरे टिल्पिलाउँदो, जुन बाँकी छ