Skip to content

सारा रहर नै, सपना भए


सारा रहर नै, सपना भए
मीठा अधर नै, सपना भए

डुब्थ्यो मगनमा, तन यो सदा
हाँस्ने सगर नै, सपना भए

हेर्थे नयन ती, सहजै घुमी
छड्के नजर नै, सपना भए

बोल्थे सरसमा, अनि प्रेममा
चोखा कदर नै, सपना भए

लान्थे पवनले, मनका कुरा
साँचा खबर नै, सपना भए

भागे अब कहाँ, सुखका पला
‘कोमल्’असर नै, सपना भए

(श्री पोस्टराज चापागाईंज्यूको नयाँ छन्दमा आधारित गज़ल)
त स स ल गु (६ अक्षरमा विश्राम)

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *