Skip to content

कोमलप्रसाद भट्ट

दिदीबहिनी सम्झिएर

दिदीबहिनी सम्झिएर,रुँदैरुँदै गयो तिहार
अविरल आँशु धारा, धुँदैधुँदै गयो तिहार

विगतका मीठा क्षणले,घचघच्याए सधैं
विरहले भित्री मन, छुँदैछुँदै गयो तिहार

छिमेकीहरूले डसेका डस्यै छन्

छिमेकीहरूले डसेका डस्यै छन्
सधैँ तीक्ष्ण छुरी धसेका धस्यै छन् ll

निजी स्वार्थ मात्रै छ नेताहरूमा
रिझाएर चिल्लो घसेका घस्यै छन् ll

सधैँभरि तिमी मेरो चाहनामा

सधैँभरि तिमी मेरो चाहनामा आए हुन्थ्यो
विपनामा नसके नि सपनामा आए हुन्थ्यो ll

एकै चिम्टी हाँसो मात्रै खोजेको हूँ परदेशमा
निरन्तरको छट्पटी र वेदनामा आए हुन्थ्यो ll

नयाँ वर्ष ! नेपालीलाई

नयाँ वर्ष ! नेपालीलाई, हँसाउन आउनु तिमी
घरै पिच्छे सुख शान्ति, बनाउन आउनु तिमी

धेरै जना पिल्सेकाछन्, रोग, भोक, अशिक्षाले
गरिबी र वेरोजगारी, हटाउन आउनु तिमी

म मेरी जन्मदात्रीको

म मेरी जन्मदात्रीको, मिजासी बात सम्झन्छु
अलौकिक स्नेह बाँडेका, पियारा हात सम्झन्छु (१)

असत्ती दैवले हर्दा, परेको घात सम्झन्छु
चितामा राख पारेको, भयङ्कर रात सम्झन्छु (२)

दुख्दैछ यो जिन्दगी

दुख्दैछ यो जिन्दगी, पेल्दा खुराफातले
ज्यादै भयो बगबगी, बाटो भुले मातले

चल्दैन खै वागमा, फूलको कुनै वासना
खोजिरहेँ मगमगी, छोपेछ त्यो पातले

जिन्दगीभित्र गुम्सेका धेरै वेदना

जिन्दगीभित्र गुम्सेका धेरै, वेदना बाँकी छन्
कोसँग भनौँ दुखेका सयौँ, घटना बाँकी छन्

सताउँछन् साह्रै घोचेर छाती, पुराना यादले
समुद्री छाल बनेर आउने, तर्कना बाँकी छन्