Skip to content

भन्दै छ रोजै तेरो र मेरो


भन्दै छ रोजै तेरो र मेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा
लोभी छ धेरै नाघ्दै छ घेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा

बिर्सेछ सच्चा कर्तव्य के हो, बन्दै छ पापी झन् आज भोलि
गन्तव्य सारा पार्यो अँधेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा

आफैं छु ठूलो भन्ठान्छ क्यारे, गर्दैन माया अर्को कसैको
बद्नाम पायो पाखा पखेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा

सन्तुष्टि कैल्यै मानेन उस्ले, जे जे छ आफ्नो त्यो चीज बाट
चाहन्छ कब्जा सम्पूर्ण फेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा

सक्दैन खप्नै दोश्रो फुलेको, तान्दैछ खुट्टा पछार्न खोज्दै
लाएर नाना भाँती उकेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा

त्यागेर यस्तो बानी नराम्रो, रोजौं न ‘कोमल्’ बाटो सबैले
फ्यालौं सडेको रद्दी कचेरो, चुक्दै छ मान्छे यो जिन्दगीमा

(आदरणीय पोस्टराज सरको नयाँ छन्दमा आधारित गज़ल)

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *