अभि सुवेदी
लक्ष्मी, उत्सव र हुरी
‘शिखरसिंह गर्जन्छन् तोड्न अँधेरी युगका कारा,/ दिनको स्वणिर्म सहिदी च्यानमा बर्सन्छन् जल भै तारा,/ जराकी बैरी, बढार्छु बैरी सडल दलको देश ।/ संक्रान्ति ज्वर हुँ प्रकृतिकी जो बर्बर छु किटेर दारा’ । कवि लक्ष्मीप्रसाद देवकोटाले ‘हुरीको गीत’ मा एउटा समयभित्रको विचलन देखे । एउटा शक्तिको खेल देखे । एउटा परिवर्तनभन्दा पहिलेको समय देखे ।
डब्लिन, साहित्य र चतुरे
साहित्य पढेको आधारमा बुझिएको भृ्मि अतिरञ्जक हुन्छ । तर त्यसरी हिँडेको भूमि वा थलो एउटा मञ्च हुन्छ । त्यसमाथि हिँड्ने जो पनि एक आफ्नै मनको नायक हुन्छ । त्यस अर्थमा यही सन् दुई हजार दसको अक्टोबरको पहिला तीन दिनसम्म मैले हिँडेको गणतन्त्र आयरल्यान्डको राजधानी डब्लिन मेरो रङ्गमञ्च भएको थियो । म त्यसमाथि हिँड्ने एक पाठक यात्री थिएँ ।
पीपलबोट
म काठमाडौँ नयाँ सडकको बीचमा झाङ्गएिर बसेको पीपलबोट र यसले समय, मन र इतिहासमा उजागर गरेका केही बिम्ब अनि अभिव्यञ्जनाको विषयमा केही लेख्न लागेको छु । यो पीपलको रूख वरिपरि अल्झेका सम्झना छन् मेरा पनि । पीपलबोटमुनि सबैले बुद्धकै जस्तो ज्ञान पाउँदैनन् तर सानातिना झल्यास्स ज्ञानहरू सबैले पाएकै हुन्छन् यस्ता रूखका छहारीमुनि ।
गुरु, भावना र दाडिम
अठ्तीस वर्ष पढाएको शिक्षकले शब्द र समयका किनाराबाट अनेकौँ उथलपुथल देखेको हुन्छ । विद्यार्थीहरूका अनेकौँ समय-रचना देखेको हुन्छ । गुरुपूर्णिमाको धार्मिक चलनको कुरा म मान्दिनँ । त्यसो त नवऐतिहासिकतावादीहरू भन्छन्- इतिहासको एकल आयाम हुँदैन । त्यो बर्लिनको पर्खालजस्तो हुन्छ जसलाई भत्काएर यताउता गर्नुपर्छ । यस दिन गुरुलाई सम्झिनु भनेको पटकपटक लेखेको एउटा कागतमाथि फेरि लेखेको ‘प्यालिम्पसेस्ट’ पाठ पढ्नुजस्तै हो ।
इतिहास, स्पेस र परेवा
साहित्य लेख्ने अनि पढाउने मानिस भएकोले नेपालको राजनीतिक डढेलोभित्र पनि मुना र पात खोज्दै हिँड्ने प्रवृत्ति मेरो पनि रहेछ । म डढेलोपछिको समयमा पनि पातहरूको कल्पना गर्छु । लहलह जङ्गलको चिन्ता गर्छु । सपना देख्ने सबैको अधिकार छ । अनि निकै महिनादेखि साहित्यकार, कलाकार र रङ्गमञ्चकर्मीले केही खोजिरहेको देखेँ । उनीहरूले सबैभन्दा धेरै खोजेको कुरा स्थान ‘स्पेस’ रहेछ । समय परिवर्तन भयो । त्यसभित्र साहित्यकार, कलाकारले स्पेस खोज्नैपर्छ, मनमनै भन्छु । उनीहरूले स्पेसको नाउँमा रूपकहरूका खोजी गरेका छन् । एउटा परिचित रूपक एकेडेमी वा प्रज्ञा-प्रतिष्ठान रहेछ । हिजो पनि थियो, आज पनि रहेछ र भोलि पनि हुनेछ । यो एकेडेमी भन्ने वस्तु महेन्द्रले सोचेर चौध सालमा सुरु गरेका थिए । यसको संरचनाकै धारणा परिवर्तन नहुने देखेर एक निरञ्जन, निर्विकार र शाश्वत रचना पो गरेछन् यो त भन्ने लागेर झस्किन्छु ।
