Skip to content

अभि सुवेदी

मदन दाइको शताब्दी यात्रा

एक शताब्दीमा झन्डै ८० वर्ष सक्रिय भएर जीवन र जगत भोग्ने मदनमणि दीक्षित/माडसा’प उर्फ मदन दाइ (१९७९ फागुन ६–२०७६ साउन ३०) को कथा सबै दीर्घजीवीको जस्तै हो । जीवनको विडम्बना र जीवन र मृत्युको विषयमा अनेकौं समाचार र छोटा विचार पढेँं । मलाई एउटा ट्विटको भाष्यले समात्यो ।

हाइकुको मिठास बुझ्नेलाई मात्र थाहा हुन्छ

  • by

वि.सं. २००२ मा कोसी अञ्चल, तेह्रथुम जिल्लाको सावलामा जन्मनु भएका अभि सुवेदीको साहित्यमा प्रवेश बनारसबाट प्रकाशित हुने ‘नौलो पाइलो’ मा वि.सं. २०१३ मा प्रकाशित ‘नानी रोयो’ कविताबाट भए पनि हाइकुमा चाहिँ उहाँको प्रवेश कुन सालमा भयो, उहाँ नै सम्झन सक्नुहुन्न ।

समय रेखा: बीपी, अदालत र नाटक

  • by

एउटा प्राज्ञिक कर्मले गर्दा म नेपालको इतिहासका केही क्षणहरूतिर फर्किन्छु । खास बीपीले अदालतमा आफ्नो बयान आफैँ दिएको एउटा महान प्रसङ्ग छ ।

लक्ष्मी, उत्सव र हुरी

  • by

‘शिखरसिंह गर्जन्छन् तोड्न अँधेरी युगका कारा,/ दिनको स्वणिर्म सहिदी च्यानमा बर्सन्छन् जल भै तारा,/ जराकी बैरी, बढार्छु बैरी सडल दलको देश ।/ संक्रान्ति ज्वर हुँ प्रकृतिकी जो बर्बर छु किटेर दारा’ । कवि लक्ष्मीप्रसाद देवकोटाले ‘हुरीको गीत’ मा एउटा समयभित्रको विचलन देखे । एउटा शक्तिको खेल देखे । एउटा परिवर्तनभन्दा पहिलेको समय देखे ।

डब्लिन, साहित्य र चतुरे

  • by

साहित्य पढेको आधारमा बुझिएको भृ्मि अतिरञ्जक हुन्छ । तर त्यसरी हिँडेको भूमि वा थलो एउटा मञ्च हुन्छ । त्यसमाथि हिँड्ने जो पनि एक आफ्नै मनको नायक हुन्छ । त्यस अर्थमा यही सन् दुई हजार दसको अक्टोबरको पहिला तीन दिनसम्म मैले हिँडेको गणतन्त्र आयरल्यान्डको राजधानी डब्लिन मेरो रङ्गमञ्च भएको थियो । म त्यसमाथि हिँड्ने एक पाठक यात्री थिएँ ।

पीपलबोट

  • by

म काठमाडौँ नयाँ सडकको बीचमा झाङ्गएिर बसेको पीपलबोट र यसले समय, मन र इतिहासमा उजागर गरेका केही बिम्ब अनि अभिव्यञ्जनाको विषयमा केही लेख्न लागेको छु । यो पीपलको रूख वरिपरि अल्झेका सम्झना छन् मेरा पनि । पीपलबोटमुनि सबैले बुद्धकै जस्तो ज्ञान पाउँदैनन् तर सानातिना झल्यास्स ज्ञानहरू सबैले पाएकै हुन्छन् यस्ता रूखका छहारीमुनि ।

निजत्त्व पाठ र महाकवि

  • by

महाकवि लक्ष्म्ाीप्रसाद देवकोटाको शतवाषिर्कीमा विशेषाङ्क निकाल्न धेरै पत्रिका जुर्मुराएका स्पन्दन मोबाइलमा बज्छन् अनि बिजुलीपत्रमा निस्किन्छन् आजकल । सुखद अनुभव हो । कताकता लाग्छ अब फेरि देवक

लिम्बू, लहरा र देश

  • by

तिमीलाई यो अस्ताउन लागेको कलिलो घाममा भेटेँछु । तिमी मेरो सिकुवा र सङ्घारमा बिहानको घाम भई खस्छ्यौ । लुङ्गा, तिम्रो र मेरो प्रेम खोलाको त्यो नभाँचिने लहराजस्तो अजरअमर छ । सबै संसार निदायो । परस्पर समुद्रहरू पनि निदाए, पर्बत पनि निदाए ।

गुरु, भावना र दाडिम

  • by

अठ्तीस वर्ष पढाएको शिक्षकले शब्द र समयका किनाराबाट अनेकौँ उथलपुथल देखेको हुन्छ । विद्यार्थीहरूका अनेकौँ समय-रचना देखेको हुन्छ । गुरुपूर्णिमाको धार्मिक चलनको कुरा म मान्दिनँ । त्यसो त नवऐतिहासिकतावादीहरू भन्छन्- इतिहासको एकल आयाम हुँदैन । त्यो बर्लिनको पर्खालजस्तो हुन्छ जसलाई भत्काएर यताउता गर्नुपर्छ । यस दिन गुरुलाई सम्झिनु भनेको पटकपटक लेखेको एउटा कागतमाथि फेरि लेखेको ‘प्यालिम्पसेस्ट’ पाठ पढ्नुजस्तै हो ।

इतिहास, स्पेस र परेवा

  • by

साहित्य लेख्ने अनि पढाउने मानिस भएकोले नेपालको राजनीतिक डढेलोभित्र पनि मुना र पात खोज्दै हिँड्ने प्रवृत्ति मेरो पनि रहेछ । म डढेलोपछिको समयमा पनि पातहरूको कल्पना गर्छु । लहलह जङ्गलको चिन्ता गर्छु । सपना देख्ने सबैको अधिकार छ । अनि निकै महिनादेखि साहित्यकार, कलाकार र रङ्गमञ्चकर्मीले केही खोजिरहेको देखेँ । उनीहरूले सबैभन्दा धेरै खोजेको कुरा स्थान ‘स्पेस’ रहेछ । समय परिवर्तन भयो । त्यसभित्र साहित्यकार, कलाकारले स्पेस खोज्नैपर्छ, मनमनै भन्छु । उनीहरूले स्पेसको नाउँमा रूपकहरूका खोजी गरेका छन् । एउटा परिचित रूपक एकेडेमी वा प्रज्ञा-प्रतिष्ठान रहेछ । हिजो पनि थियो, आज पनि रहेछ र भोलि पनि हुनेछ । यो एकेडेमी भन्ने वस्तु महेन्द्रले सोचेर चौध सालमा सुरु गरेका थिए । यसको संरचनाकै धारणा परिवर्तन नहुने देखेर एक निरञ्जन, निर्विकार र शाश्वत रचना पो गरेछन् यो त भन्ने लागेर झस्किन्छु ।

आजकल मलाई

लाग्छ आजकल म
सधैंजसो एउटा छायाँ बोकेर हिंड्छु
अरूका मनहरू कालो बादलजस्तो
पहाडको अर्न्तर्तरङ्ग बुझन
बिस्तारै वरिपरि घुमेजस्तै
मेरो वरिपरि घुम्छन्
अनेकौं आकृतिहरूमा
आफ्नै मन बोकेर हिंड्छु

तीन कविता

निचरेर सुकाएको आकाश

आकाशबाट
धर्धरी
भक्कानो फोरेर रोएको
कानमा खसेपछि
वेगले भेट्न दौडेँ,
पृथ्वी मेरो मोटरसाइकलको चक्कामा
पहिरन अल्झाएर
झन्डै नाङ्गिइन्,
पानी जस्तै थ्याच्च बसिन्
म भिजेको सरि
मायाले टाँगिएँ र
एक निचरेर सुकाएको हलुका आकाश भएँ ।