पेशल आचार्य
विदित/अविदित
‘खोदा पहाड निक्ला चुहा’पोष्टाचार्य (विद्यावारिधि)ले पनि त्यति ज्ञान प्राप्त गर्छ कि गर्दैन आफ्नो थेसिस् पास भएपछि र डाक्टर लेख्न थालेपछिको खुसीयालीमा । समग्र पहाड खनेपछि मुसो निस्कियो । कति निराश भयो होला त्यो अविश्रान्त र अविदित अभियन्ता ? तर जीवनको सोपानमा निराशाले कबै स्थान पाउन सक्दैन । खोज्नेलाई थाहा नै हुँदैन । म के खोजिरहेको छु । मैले पाउने के हो ?
हल्लाको देश र विदुषक नेताहरू
कृपया म मेरो देशलाई सहस्रपटक नमन गर्दै माथिको शीर्षकमा लेख लेख्ने अनुमति मातृभूमिसँग माग्न चाहन्छु ।
अन्तर्मनको आवाजलाई निकाल्नै यो शीर्षकमा लेख लेख्नु पर्ने भयो । मेरा आदरणीय पाठकहरू ! मेरा सम्पादकहरू अहिले हामी चाहेर होस् या नचाहेर होस् इतिहासको त्यो संगीन घडीमा उभिएका छौं । जहाँबाट हामीले सम्पूर्णमा मनहरूको सकारात्मक र सही सम्मिलन गरेर सहमति गर्न सक्यौं भने हामी यो शताब्दीकै उच्च राजनीतिक फड्को मार्ने तयारीमा छौं । मेरो मनले भन्छ त्यो हुन सक्दैन किनकि मेरो देशका नेताहरूलाई मैले नेमुनि कै पालादेखि फेहरिस्त लगाएर पढ्दा त्यस्तो पाएको छैन ।
आधुनिक शैली : भानुको सम्झना
नेपालीभाषी हुनुको नाताले म यतिखेर भानुभक्तका बारेमा नकारात्मक कुरा लेख्ने या कथ्ने मुडमा छैन । मैले जुन भाषामा आफ्नो पहिलो रचना जानी जनानी लेखेँ अनि छपाएँ । मलाई जुन भाव र शैलीमा लेखनका विषयवस्तुहरू कथा, कविता र आख्यानका रूपमा पहिलेपहिले पनि आउँथे अहिले पनि आउँछन् ती विषयवस्तुलाई मैले जुन भाषामा आजपर्यन्त न्याय गरेको छु त्यही भाषाका आदिकवि भनेर चिनिएका भानुलाई म कथ म कदाचित् अनादर गर्ने पक्षमा छैन । अनि म उनको वकालत विपक्षमा पनि गर्न सक्दिनँ । नेपाली वाङ्मयिक क्षेत्रको पाठक र भावक अनि लेखक भएको नाताले कम्तीमा मबाट त्यो सम्भव छैन ।
जिल्ला सम्वाददाता
त्यसबेला अहिलेको जस्तो कम्प्युटर पत्रकारिताको जमाना थिएन । लेटर प्रेसमा समाचार बनाउँन कहिले साता दिन त कहिले पन्ध्रौं दिन लाग्थ्यो । उसले विचरा किशोरवयदेखि नै दुःख गर्यो । पत्रकारितालाई उसले रोजेको थियो –आफ्नै गाउँका एकजना सम्पादकको प्रेरणाले । तिनी स्थानीय जागरण नामक साप्ताहिक पत्रिकाका सम्पादक थिए । सफा सेता पतलुनका कमेजसुरुवाल अनि अनुहारै देखिने गरी पालिस दलेका छालाका जुत्तालगाएर फ्रेन्चकट दारी चट्ट मिलाएर काटेपछि तिनी सन् सतरीको दसकका हिन्दी सिनेमाका विनोद मेहराजस्ता देखिन्थे । हो, तिनै सम्पादकको व्यक्तित्वको रोलमोडल देखेर उसले नौ कक्षा पढ्दादेखि नै ऊ एउटा स्थानीय पत्रिकाको सम्वाददाता भएर काम सिकेको थियो ।
विकृत राजनीतिलाई झापड : ‘सीमान्त विचलन’ उपन्यासबाट
आजपर्यन्त उपलब्ध भएका नेपाली उपन्यासको गति र प्रगतिलाई सूक्ष्मरूपले सिँहावलोकन गरेको खण्डमा नेपाली साहित्यमा आख्यान विधाको परम्परा निकै लामो भैसकेको छ । उपन्यासकार शक्तिवल्लभ अर्यालको महाभारत विराटपर्वदेखि वर्तमान समयमा प्राप्तभएका थुप्रै नेपाली शैली, ढप, बान्की, विषयवस्तु र प्रयोगोन्मुख उपन्यासमा अनेकानेक प्रवृत्ति र प्रतिभाहरूको लामलस्कर नै लागेको छ । आजको नेपाली उपन्यासलाई यस पृष्ठभूमिमा लेराउन विभिन्न कालखण्डका कलमविरहरूको अनेकौं बुद्धितत्व र लगनले उत्साहपूर्वक काम गरेको छ भनेर हामी सहजै भन्न सक्ने अवस्थामा छौं ।
भागवत गीताको सुख
‘संसारमा सबै चिज खोजे मिल्छ घरीघरी
तर जन्मदिने आमा, पाइँदैन कसैगरी ।’
माथिको दुई हरफ श्लोक ‘आमा’ शीर्षकको कविताबाट लिइएको हो । यस कविताका कवि कृष्णप्रसाद भट्टराई हुन् । उनको यो कविता पुरानो माध्यमिक विद्यालयको पाठ्यक्रममा समेत समावेश गरिएको थियो । जहाँ यसको अति नै उच्चत म तवरले अध्यापन हुने गर्दथ्यो । आमाको महिमाका लागि योजस्तो शक्तिशाली कविता अहिलेसम्म नेपाली भाषामा अर्को प्रकाशित भएका छैनन् ।
जीवन एक सङ्घर्ष अनेक मोड
अमेरिकामा एकताका १६ पेजको कमन सेन्स नामक किताबले देशै हल्लाएको थियो । त्यही किताबका कारण अमेरिकीहरू बेलायतीहरूको उपनिवेशबाट सदासदाका लागि मुक्त भएका थिए । कुन चिज कतिखेर हिट हुन्छ ? अनि कुन चिज कतिखेर फ्लप हुन्छ ? त्यो यो संसारमा कसैले जान्दैन । भनिन्छ नि –वैद्यका छोराछोरी गलगाँड । अनि ज्योतिषीकी छोरी राँडी (?) हुन्छे भनेर ।
मलाई याद् आउँछ –राजा वीरेन्द्रको पारिवारिक रूपमै कत्लेयाम हुँदा शोकको बजारलाई क्यास गर्ने गरी लेखिएको कृष्ण अविरलको रक्तवीज नामक रिपोर्टपरक उपन्यास नेपाली उपन्यासका पाठकमाझमा भाइरल भएको थियो । त्यो पुस्तक बेचेरै उनले त्यसताका कपनमा घर किने रे भन्ने सुनिएको हो । यथार्थ के हो ? त्यो रामजाने ।
