Skip to content

पेशल आचार्य

धेरै वर्ष आँखा जुधे

धेरै वर्ष आँखा जुधे बल्ल पाहोर हाँस्यौ तिमी
पोको पारेँ हाँसो मैले, पराई माया गाँस्यौ तिमी ।

अति सोझो भनी मलाई यस्तो आरोप लागेको छ कि ?
भेट गर्न तिमीसँग भित्री आँत जागेको छ ।
मेरो फिराद कहाँ हालौँ ? कस्को त्यो अदालतमा ?
बयान मैले कसलाई दिऊ ? कस्को त्यो अदालतमा ?

विदित/अविदित

‘खोदा पहाड निक्ला चुहा’पोष्टाचार्य (विद्यावारिधि)ले पनि त्यति ज्ञान प्राप्त गर्छ कि गर्दैन आफ्नो थेसिस् पास भएपछि र डाक्टर लेख्न थालेपछिको खुसीयालीमा । समग्र पहाड खनेपछि मुसो निस्कियो । कति निराश भयो होला त्यो अविश्रान्त र अविदित अभियन्ता ? तर जीवनको सोपानमा निराशाले कबै स्थान पाउन सक्दैन । खोज्नेलाई थाहा नै हुँदैन । म के खोजिरहेको छु । मैले पाउने के हो ?

सिन्दुर मैले बोकी राखेँ

सिन्दुर मैले बोकी राखेँ छर्न पाइनँ सिउँदोमा
होला मिलन पर्खिरा’छु भेट हुन्छ कि जीउँदोमा ।

परिस्थिति हिउँदको कुहिरो बनी छेक्दो रै’छ
आफैँ भित्र ग्लानि हुँदा त्यसैले नै रोक्दो रै’छ ।
हत्केलामा फिँजाएको सिन्दुर अब रातै भयो
तिम्रो नाम जप्दाजप्दा सास मेरो तातै भयो ।

मुस्कान बेग्लै पाएँ

मुस्कान बेग्लै पाएँ मैले तर ओठ उही छ
प्रहार फरक भयो अहिले तर चोट उही छ ।

उम्रिएँ, बढेँ, फूलेँ, फलेँ तर बोट उही छ
बैगुनीलाई गुनले मारेँ तर खोट उही छ ।
सयौँ चोटी धोएको छु तर कोट उही छ
सम्झनाको फेरियो रुमाल तर बुनोट उही छ ।

हल्लाको देश र विदुषक नेताहरू

कृपया म मेरो देशलाई सहस्रपटक नमन गर्दै माथिको शीर्षकमा लेख लेख्ने अनुमति मातृभूमिसँग माग्न चाहन्छु ।

अन्तर्मनको आवाजलाई निकाल्नै यो शीर्षकमा लेख लेख्नु पर्ने भयो । मेरा आदरणीय पाठकहरू ! मेरा सम्पादकहरू अहिले हामी चाहेर होस् या नचाहेर होस् इतिहासको त्यो संगीन घडीमा उभिएका छौं । जहाँबाट हामीले सम्पूर्णमा मनहरूको सकारात्मक र सही सम्मिलन गरेर सहमति गर्न सक्यौं भने हामी यो शताब्दीकै उच्च राजनीतिक फड्को मार्ने तयारीमा छौं । मेरो मनले भन्छ त्यो हुन सक्दैन किनकि मेरो देशका नेताहरूलाई मैले नेमुनि कै पालादेखि फेहरिस्त लगाएर पढ्दा त्यस्तो पाएको छैन ।

ताप्लेजुङ्लाई घाउ लाग्दा

ताप्लेजुङ्लाई घाउ लाग्दा दार्चुलालाई दुख्नु पर्छ
खहरे ती आँसु सबै देशबाटै सुक्नु पर्छ ।

चितवनको चेतनाले माटो रम्छ यहाँ भने
फाटो ल्याउने बैरीलाई सबै मिली थुक्नु पर्छ ।
कर्म गर्ने अबल विचार जो सुकैका हुन् त
झापा अनि कञ्चनपुर त दुवै उठ्नु पर्छ ।

आधुनिक शैली : भानुको सम्झना

नेपालीभाषी हुनुको नाताले म यतिखेर भानुभक्तका बारेमा नकारात्मक कुरा लेख्ने या कथ्ने मुडमा छैन । मैले जुन भाषामा आफ्नो पहिलो रचना जानी जनानी लेखेँ अनि छपाएँ । मलाई जुन भाव र शैलीमा लेखनका विषयवस्तुहरू कथा, कविता र आख्यानका रूपमा पहिलेपहिले पनि आउँथे अहिले पनि आउँछन् ती विषयवस्तुलाई मैले जुन भाषामा आजपर्यन्त न्याय गरेको छु त्यही भाषाका आदिकवि भनेर चिनिएका भानुलाई म कथ म कदाचित् अनादर गर्ने पक्षमा छैन । अनि म उनको वकालत विपक्षमा पनि गर्न सक्दिनँ । नेपाली वाङ्मयिक क्षेत्रको पाठक र भावक अनि लेखक भएको नाताले कम्तीमा मबाट त्यो सम्भव छैन ।

नेपाल

जब तिम्रो हातमा भिसा लागेको पासपोर्ट हुन्छ
जब तिम्रो हातमा विदेशको कामको
नियुक्तिको कागज हुन्छ
तिमी आफ्नो सँघार नाघेर
अरबका ताता कुनै नैऋत्यिक मुलुकतर्फ
रङ्गीन सपनाहरू गोडमेल गर्ने

आनन्द

मौलिक शैलीमा
नढाँटी भन्नुस् त
जीवनमा कतिपटक
श्रीमतीभन्दा
टाढा बस्नुभएको छ ?
कृपया प्रष्ट्याइदिनुहोस्
आफ्नो श्रीमान् टाढा राखेर
कुनचाहिँ स्त्री उत्ताल तरङ्गले
अनवरत खिल्खिलाउन सक्छे ?

जिल्ला सम्वाददाता

त्यसबेला अहिलेको जस्तो कम्प्युटर पत्रकारिताको जमाना थिएन । लेटर प्रेसमा समाचार बनाउँन कहिले साता दिन त कहिले पन्ध्रौं दिन लाग्थ्यो । उसले विचरा किशोरवयदेखि नै दुःख गर्यो । पत्रकारितालाई उसले रोजेको थियो –आफ्नै गाउँका एकजना सम्पादकको प्रेरणाले । तिनी स्थानीय जागरण नामक साप्ताहिक पत्रिकाका सम्पादक थिए । सफा सेता पतलुनका कमेजसुरुवाल अनि अनुहारै देखिने गरी पालिस दलेका छालाका जुत्तालगाएर फ्रेन्चकट दारी चट्ट मिलाएर काटेपछि तिनी सन् सतरीको दसकका हिन्दी सिनेमाका विनोद मेहराजस्ता देखिन्थे । हो, तिनै सम्पादकको व्यक्तित्वको रोलमोडल देखेर उसले नौ कक्षा पढ्दादेखि नै ऊ एउटा स्थानीय पत्रिकाको सम्वाददाता भएर काम सिकेको थियो ।

विकृत राजनीतिलाई झापड : ‘सीमान्त विचलन’ उपन्यासबाट

आजपर्यन्त उपलब्ध भएका नेपाली उपन्यासको गति र प्रगतिलाई सूक्ष्मरूपले सिँहावलोकन गरेको खण्डमा नेपाली साहित्यमा आख्यान विधाको परम्परा निकै लामो भैसकेको छ । उपन्यासकार शक्तिवल्लभ अर्यालको महाभारत विराटपर्वदेखि वर्तमान समयमा प्राप्तभएका थुप्रै नेपाली शैली, ढप, बान्की, विषयवस्तु र प्रयोगोन्मुख उपन्यासमा अनेकानेक प्रवृत्ति र प्रतिभाहरूको लामलस्कर नै लागेको छ । आजको नेपाली उपन्यासलाई यस पृष्ठभूमिमा लेराउन विभिन्न कालखण्डका कलमविरहरूको अनेकौं बुद्धितत्व र लगनले उत्साहपूर्वक काम गरेको छ भनेर हामी सहजै भन्न सक्ने अवस्थामा छौं ।

भागवत गीताको सुख

‘संसारमा सबै चिज खोजे मिल्छ घरीघरी
तर जन्मदिने आमा, पाइँदैन कसैगरी ।’

माथिको दुई हरफ श्लोक ‘आमा’ शीर्षकको कविताबाट लिइएको हो । यस कविताका कवि कृष्णप्रसाद भट्टराई हुन् । उनको यो कविता पुरानो माध्यमिक विद्यालयको पाठ्यक्रममा समेत समावेश गरिएको थियो । जहाँ यसको अति नै उच्चत म तवरले अध्यापन हुने गर्दथ्यो । आमाको महिमाका लागि योजस्तो शक्तिशाली कविता अहिलेसम्म नेपाली भाषामा अर्को प्रकाशित भएका छैनन् ।

जीवन एक सङ्घर्ष अनेक मोड

अमेरिकामा एकताका १६ पेजको कमन सेन्स नामक किताबले देशै हल्लाएको थियो । त्यही किताबका कारण अमेरिकीहरू बेलायतीहरूको उपनिवेशबाट सदासदाका लागि मुक्त भएका थिए । कुन चिज कतिखेर हिट हुन्छ ? अनि कुन चिज कतिखेर फ्लप हुन्छ ? त्यो यो संसारमा कसैले जान्दैन । भनिन्छ नि –वैद्यका छोराछोरी गलगाँड । अनि ज्योतिषीकी छोरी राँडी (?) हुन्छे भनेर ।

मलाई याद् आउँछ –राजा वीरेन्द्रको पारिवारिक रूपमै कत्लेयाम हुँदा शोकको बजारलाई क्यास गर्ने गरी लेखिएको कृष्ण अविरलको रक्तवीज नामक रिपोर्टपरक उपन्यास नेपाली उपन्यासका पाठकमाझमा भाइरल भएको थियो । त्यो पुस्तक बेचेरै उनले त्यसताका कपनमा घर किने रे भन्ने सुनिएको हो । यथार्थ के हो ? त्यो रामजाने ।

वसन्तको जयगान गर्दै उदाएको ‘वसन्त–पल्लव’

सिकारु र स्थानीय कवि कवयित्रीहरूलाई राजधानीले हेला गरे पनि मोफसलले कहिले खिसीट्यूरी गरेको थाहा छैन ।

मनको भैँचालो

यसपाली मनको धरहरा नि ढल्यो
यसपाली धनको हरहरा नि ढल्यो
भलिभाँती देखाएर
हामी सान जोगाउँथ्यौँ
हामी मान कमाउँथ्यौँ
वसन्त ऋतुमै
वसन्तपुर दरबार नि ढल्यो
कान्तिपुरको सान काष्ठमण्डप पनि लड्यो ।

हराएका गीत र कविताहरू

हराएँ
यसपटक थुप्रै मैले
प्रेमका कविताहरू हराएँ
प्रेमका गीतहरू पनि हराएँ
कतिपय
सुकोमल भाव भएका गीतहरू
सुन्दर सन्देश रहेका कविताहरू
हराए
बाहिरिए,