Skip to content

सिन्दुर मैले बोकी राखेँ


सिन्दुर मैले बोकी राखेँ छर्न पाइनँ सिउँदोमा
होला मिलन पर्खिरा’छु भेट हुन्छ कि जीउँदोमा ।

परिस्थिति हिउँदको कुहिरो बनी छेक्दो रै’छ
आफैँ भित्र ग्लानि हुँदा त्यसैले नै रोक्दो रै’छ ।
हत्केलामा फिँजाएको सिन्दुर अब रातै भयो
तिम्रो नाम जप्दाजप्दा सास मेरो तातै भयो ।

मैले उस्को पछ्यौरीमा बास मागी आएको हूँ
एक चिम्टी माया खोज्दै उनकै गीत गाएको हूँ ।
अब मैले सिन्दुर छर्न कति बैशाख कुर्नु पर्ला ?
धूलो सिन्दुर बटुलेर बजानेरै रुनु पर्ला ।

(रचनाः २०६५ चैत २९)

Leave a Reply

Your email address will not be published. Required fields are marked *