पेशल आचार्य
पुसको सिरेटोमा साहित्यमय मन्थली
मन्थली । जगदीश घिमिरे प्रतिष्ठान, रामेछापको आयोजनामा गएको पुस २५ गते मन्थलीमा ‘जगदीश घिमिरे स्मृति साहित्यिक समारोह’ विविध कार्यक्रमका साथ सम्पन्न भयो । राजधानीमा रहनु भएका एक दर्जन जति स्थापित स्रष्टा र करिब चालिसजना स्थानीय सर्जकको उपस्थितिमा भएको सो कार्यक्रममा विभिन्न स्तर र हाँचका लेखक, कवि, गजलकार र मुक्तककारहरूले आआफ्ना पृथक् धारका कलात्मक सिर्जनाहरू वाचन गर्दै साहित्यकार जगदीश घिमिरेलाई स्मरण गरेका थिए ।
साहित्यकार अशोक सुवेदीसँगको साहित्यिक छलफल
जीवन बुझ्ने र गुजार्ने मात्र होइन, चुनौतीपूर्ण यात्राका साथ सार्थक ढङ्गले जिउने कला पनि हो । चुनौतीरहित जीवन गनाउने आहालजस्तो मात्र हो, चुनौतीसहितको जीवन छङ्छङ बग्ने खोला वा झरनाजस्तो हो । छङ्छङाउँदै बग्ने जीवन नै यत्रतत्र थुप्रिएका फोहोरका डङ्गुरहरूलाई बगाउने र रूपान्तरित गर्ने क्षमता राख्छ । निरन्तर र अविरल प्रवाहमा बग्ने जीवन नै सफा, स्वच्छ र उपयोगी हुन्छ ।

‘जीवन बुझिरहने हो’ –दामोदर पुडासैनी ‘किशोर’
दामोदर पुडासैनी ‘किशोर’ चर्चित साहित्यकार हुनुहुन्छ । सं. २०१९ जेष्ठ १८ गते काठमाडौँको जितपुरफेदीमा जन्मिएका पुडासैनी पेसाले महालेखा परीक्षकको कार्यालय, बबरमहलका निर्देशक हुनुहुन्छ । कथा, कविता, निबन्ध, नियात्रा, गजल, हाइकुजस्ता विधाहरूमा सिद्धहस्त दामोदर पुडासैनीका ‘आफन्तका अनुहारहरू’, ‘आँखाको खोजीमा’, ‘आकारको खोजीमा’, ‘आलोकित आयाम’, र ‘समयको सहीछाप’ जस्ता कविता सङ्ग्रहहरू अत्यन्त चर्चित रहे । अँझ सं. २०६५ सालमा प्रकाशित उहाँको नियात्रा सङ्ग्रह —‘यात्राका प्रेमिल तरङ्गहरू’ र सं. २०७० सालमा रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको अर्को नियात्रा संग्रह —‘नमेटिएका चित्रहरू’ले नेपाली नियात्रा लेखनमा बिल्कुलै नयाँपन ल्याएका छन् तथा दिनानुदिन चर्चाको शिखर चढिरहेछन् ।

दुई र द्वन्द्व
संसार नै द्वन्द्वको उपज हो । द्वन्द्वबिना यस संसारमा केही कुरा संभव छैन । आफ्नो पक्षमा एउटा मानिसले जसरी अर्को पक्षलाई ल्याउन जोरजुलुम गरिरहेको हुन्छ अर्को पक्षको मानिसले पनि उसलाई उसको पक्षमा तान्न त्यसरी नै जोरजुलुम गरिरहेको पाइन्छ । सबैका आआफ्ना मूल्य र मान्यताहरू छन् । सबैलाई आफ्ना विचार र मूल्यमान्यताको हिसाबकिताब गर्ने स्वतन्त्रता छ । प्रत्येकले आफूलाई आफ्नो तवरले चित्त बुझाउन पाउनुपर्छ । आज व्यक्तिगत स्वतन्त्रताको पक्षमा ठूल्ठूलो स्वरमा सहरबजारमा नाराजुलुसको सेरगुल भैरहेको हुन्छ ।
नाइँ भनौं
संसारै विचित्रको छ । सभ्यता यतिबिघ्न विकसित भैसक्यो कि मानिसहरू पुनः नाङ्गिने स्थितिमा आइपुगे । कोही फेसनलाई घटाउँदै नाङ्गिदै छन् भने कोहीचाहिँ जनावरका भुत्लाको व्यापारिक फेसनमा भएको कार्य प्रयोगका विरुद्धमा नाङ्गिदै गएका छन् । समाचारको दुनियाँलाई अपडेट गर्ने क्रममा मैले हालसालैको नयाँ पत्रिकाभन्ने अखबारमा बेलायतमा एकहुल मानिसहरू साइकलमा नाङ्गै सवार भएको देखेँ ।
साला ! दाल, भात, डुकु
भाषाको चिरहरण भैरहेका बेला म भनेँ परिभाषाको खोजीमा छु ।
परिभाषाको निख्खर मौलिक परिभाषा कस्तो हुन्छ ? अहिले तलासमा छु ।
जीवनका कैंयौं परिभाषाहरू मैले अँझै थाहा पाएको छैन । हिजोआज सर्वाधिक चल्तीको विषय नै परिभाषा हो । नयाँले पुरानालाई विस्थापन गर्छ । पुरानाले नयाँका लागि स्थान छोड्दैन । पुरानाहरू आफ्ना परिचय फालेर नयाँ हुन नसक्ने ।
किस्ताको कम्प्युटर (बालकथा)
गाउँघरमा जताततै कम्प्युटर किन्ने एक प्रकारको फेसनै जस्तो भएको थियो । हुनेखानेले त असल जातकै ब्राण्डेड कम्प्युटर किन्थे । सक नभएकाहरू चाहिँ छिमेकीका घरमा ल्याएको कम्प्युटर हेरी चित्त बुझाउँथे ।
लिपिका घरमा ऊ र उसका भाइहरू पनि बाआमालाई कम्प्युटर किनिदिनु भनी करकर गर्न थालेका थिए । निकै वर्षदेखि थातिरहेको थियो उनीहरूको कम्प्युटर सिक्ने रहर । स्कुलमा कक्षा ९बाट कम्प्युटरको कक्षा सुरू भएको थियो । लिपि यसपालि कक्षा ८मा गएकी थिई । उसको ठूलो भाइ शब्द कक्षा ५मा र सानो भाइ वाक्य चाहिँ कक्षा ३मा पढ्थ्यो ।
थप्पड रोग (बालकथा)
रोगको संसारमा अर्को एउटा नयाँ रोग थपियो– थप्पड रोग ।
एकादेशमा एउटा अत्यन्त फोहरैफोहरले भरिएको ठूलो सहर थियो । त्यस सहरमा मानिसहरू मात्रै थुप्रिएका थिएनन् ससाना परजीवीहरू पनि राम्रैसँग सहजाएर बसेका थिए । त्यस्ता परजीवीहरूमा झिँगा, लामखुट्टे, उडुस र उपियाँको संख्या धेरै थियो । गाईभैँसी पालेर दूधदही खाने संस्कार क्रमशः कम हुँदै गएको त्यस फोहर नगरीमा रहेका सबैखाले मानिसका घरघरमा कुकुर र बिरालाहरू पाल्ने संस्कृति बढोत्तरी हुँदै गएको थियो ।
जगदीश घिमिरे: फूलजस्ता नरम र बज्रभन्दा कठोर
‘कसैको जीवनको टुङ्गो छैन तर मेरो जीवनको टुङ्गो छ । औसत दुई चार वर्ष हो –आगे उपरवालाको मर्जी । भविष्य चिन्ता व्यर्थ हो – आफ्नो नियन्त्रणमा छैन, सोच्नै नपाई आइसक्छ, मेरोजस्तो रोग । अनि चिन्ताले केही थेगिने पनि होइन । चिन्ता जानेलाई होइन नजानेलाई हुन्छ । मेरो जाने टिकट र भ्रमण आदेश आइसकेपछि अब केको चिन्ता ? सबैको जन्मँदै दुईतर्फी टिकट बनेको हुन्छ । फर्कने मितिमात्रै गोप्य हुने हो ।’ (‘अन्तर्मनको यात्रा’, शीर्षक अस्पतालमा स्वजन, पहिलो संस्करण, २०६४, पृष्ठ १६७)
लाहुरेको दूरबिनबाट ‘मलाया एक्सप्रेस’लाई चिहाउँदा
सबैभन्दा पहिलो सन्दर्भचाहिँ नेपाली उपन्यास साहित्यमा रोचक, घोचक, सरल, सरस र समसामयिक यथार्थपरक शैलीमा विदेश जाने लाहुरेहरू र उनीहरूका आफन्तको अति करुण तथा मार्मिक कथामा आधारित मलाया एक्सप्रेस नामको सफल सामाजिक उपन्यास लेख्नुभएकोमा युवा उपन्यासकार अखण्ड भण्डारीलाई गाउँका सामान्य पाठकको हैसियतले म धेरैधेरै धन्यवाद् दिन चाहन्छु । अनि चाहन्छु म उनको कलमको नमन गर्न पनि । हामीजस्ता ‘घरकै लागि घरदेखि बाहिर बसेको छु’ भन्दै देशमै बस्ने सानु पेसामा पन्पिएका जन सामान्यलाई त उनको यो उपन्यासले यति गहिराइमा गएर छुन्छ भने विदेश जानुअघि घरपरिवारका करकापमा परेर अनिच्छुक भई बिहे गरेको पन्ध्रदिन पनि बित्न नपाई अँगालाभरिकी स्वास्नी, ससाना चिलिला भाइबहिनीहरू र डाँडामाथिका जून भैसकेका बाआमालाई धरधर्ती रुवाएर परदेशका बन्जर धर्तीमा आफ्नो सीप र ऊर्जालाई खन्याउन जाने ती तमाम आधुनिक मदनरूपि जितबहादुरहरू जसको रेमिट्यान्सले नेपाली अर्थतन्त्रको धुकधुकी धानिरहेको छ । उनीहरूलाई पनि सम्मान गर्दै यो आलेखको आरम्भ गर्न चाहन्छु ।
पूजा गर्ने छाउरो
‘लुलुलु यस्ले यहाँ फोहर गरिहाल्यो नि !’– तबिल्दारनी हजुरआमाले तबिल्दार हजुरबा पूजागरिरहेका बेला पूजाकोठामा गएर पिसाब गर्ने बेलायती कुकुरको छाउरोलाई कानमा समात्दै उचालेर काइँकाइँ गराउँदै बाहिर ल्याउनुभयो ।
‘एकाबिहानै फेरि जिमराजले मलाई अशुद्ध बनाइदियो बा’ –पूजा चौकाबाटै तबिल्दार हजुरबा कराउनुभयो । बूढा फेरि उठेर इनारमा गई नुहाएर दोस्रोपटक पूजामा बसे फत्फताउँदै, ‘श्रीकृष्ण गोविन्द हरे मुरारे ! हे नाथ नारायण वाशुदेव ।’
