Skip to content

पेशल आचार्य

मेरो माया चौरस्तामा

मेरो माया चौरस्तामा लिलामी भो जबदेखि
मैले आशा गर्न छोडेँ तिमीबाट तबदेखि ।

धरधर्ती मेरा आँसु धरतीमा खसिबस्दा
तिमी चाहिँ धार्नी पुर्याई माया बेच्न जोखी बस्दा ।
मेरो छाँया लखेटेर टाढाटाढा धपाउँदा
मैले मन मार्न थालेँ तिमीलाई नपाउँदा ।

पुसको सिरेटोमा साहित्यमय मन्थली

मन्थली । जगदीश घिमिरे प्रतिष्ठान, रामेछापको आयोजनामा गएको पुस २५ गते मन्थलीमा ‘जगदीश घिमिरे स्मृति साहित्यिक समारोह’ विविध कार्यक्रमका साथ सम्पन्न भयो । राजधानीमा रहनु भएका एक दर्जन जति स्थापित स्रष्टा र करिब चालिसजना स्थानीय सर्जकको उपस्थितिमा भएको सो कार्यक्रममा विभिन्न स्तर र हाँचका लेखक, कवि, गजलकार र मुक्तककारहरूले आआफ्ना पृथक् धारका कलात्मक सिर्जनाहरू वाचन गर्दै साहित्यकार जगदीश घिमिरेलाई स्मरण गरेका थिए ।

बास

यतिखेर
रहरहरू दाएर
प्राप्तिमा समस्याका शिखरहरू
स्वागत् गर्दै छौं हामी,

प्रेमको पूर्णाङ्की नाटक
पटाक्षेप भइरहेछन्
क्षणक्षणमा
आकाश गंगा

20160103_PeshalAcharya-AshokSubediChhalfal

साहित्यकार अशोक सुवेदीसँगको साहित्यिक छलफल

जीवन बुझ्ने र गुजार्ने मात्र होइन, चुनौतीपूर्ण यात्राका साथ सार्थक ढङ्गले जिउने कला पनि हो । चुनौतीरहित जीवन गनाउने आहालजस्तो मात्र हो, चुनौतीसहितको जीवन छङ्छङ बग्ने खोला वा झरनाजस्तो हो । छङ्छङाउँदै बग्ने जीवन नै यत्रतत्र थुप्रिएका फोहोरका डङ्गुरहरूलाई बगाउने र रूपान्तरित गर्ने क्षमता राख्छ । निरन्तर र अविरल प्रवाहमा बग्ने जीवन नै सफा, स्वच्छ र उपयोगी हुन्छ ।

20151226_PeshalAcharya-DamodarPudasainiInternview

‘जीवन बुझिरहने हो’ –दामोदर पुडासैनी ‘किशोर’

दामोदर पुडासैनी ‘किशोर’ चर्चित साहित्यकार हुनुहुन्छ । सं. २०१९ जेष्ठ १८ गते काठमाडौँको जितपुरफेदीमा जन्मिएका पुडासैनी पेसाले महालेखा परीक्षकको कार्यालय, बबरमहलका निर्देशक हुनुहुन्छ । कथा, कविता, निबन्ध, नियात्रा, गजल, हाइकुजस्ता विधाहरूमा सिद्धहस्त दामोदर पुडासैनीका ‘आफन्तका अनुहारहरू’, ‘आँखाको खोजीमा’, ‘आकारको खोजीमा’, ‘आलोकित आयाम’, र ‘समयको सहीछाप’ जस्ता कविता सङ्ग्रहहरू अत्यन्त चर्चित रहे । अँझ सं. २०६५ सालमा प्रकाशित उहाँको नियात्रा सङ्ग्रह —‘यात्राका प्रेमिल तरङ्गहरू’ र सं. २०७० सालमा रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको अर्को नियात्रा संग्रह —‘नमेटिएका चित्रहरू’ले नेपाली नियात्रा लेखनमा बिल्कुलै नयाँपन ल्याएका छन् तथा दिनानुदिन चर्चाको शिखर चढिरहेछन् ।

रगतले ल्याप्चे लाउँला

रगतले ल्याप्चे लाउँला किन बैरी भाकी तिमी
चाहना सब पूरा गर्छु किन टाढिएकी तिमी ?

मुटु खोली मुटु भेटेँ मैले आज तिमी भित्र
भेटिएको मुटुभित्र साँचेकी’थ्यौ मेरै चित्र ।
हद म्याद सकिसक्यो भन्न अब पाइएन
हृदय नै धरौटी भो अन्त माया लाइएन ।

दुई र द्वन्द्व

संसार नै द्वन्द्वको उपज हो । द्वन्द्वबिना यस संसारमा केही कुरा संभव छैन । आफ्नो पक्षमा एउटा मानिसले जसरी अर्को पक्षलाई ल्याउन जोरजुलुम गरिरहेको हुन्छ अर्को पक्षको मानिसले पनि उसलाई उसको पक्षमा तान्न त्यसरी नै जोरजुलुम गरिरहेको पाइन्छ । सबैका आआफ्ना मूल्य र मान्यताहरू छन् । सबैलाई आफ्ना विचार र मूल्यमान्यताको हिसाबकिताब गर्ने स्वतन्त्रता छ । प्रत्येकले आफूलाई आफ्नो तवरले चित्त बुझाउन पाउनुपर्छ । आज व्यक्तिगत स्वतन्त्रताको पक्षमा ठूल्ठूलो स्वरमा सहरबजारमा नाराजुलुसको सेरगुल भैरहेको हुन्छ ।

नाइँ भनौं

संसारै विचित्रको छ । सभ्यता यतिबिघ्न विकसित भैसक्यो कि मानिसहरू पुनः नाङ्गिने स्थितिमा आइपुगे । कोही फेसनलाई घटाउँदै नाङ्गिदै छन् भने कोहीचाहिँ जनावरका भुत्लाको व्यापारिक फेसनमा भएको कार्य प्रयोगका विरुद्धमा नाङ्गिदै गएका छन् । समाचारको दुनियाँलाई अपडेट गर्ने क्रममा मैले हालसालैको नयाँ पत्रिकाभन्ने अखबारमा बेलायतमा एकहुल मानिसहरू साइकलमा नाङ्गै सवार भएको देखेँ ।

तिम्रा संविधानले

एकातिर धान अर्कातिर संविधान
असरल्ल दाइँ
फरक मुद्रा र मुद्दामा
कुदेका कुद्यै
दयाँरूहरू/सभाषद्हरू,
एकातिर पानी नपरेर
वर्षे धानका पाँजामा पवटा
अर्कातिर बानी नसप्रेर
संविधानका दफादफामा बाझो

साला ! दाल, भात, डुकु

भाषाको चिरहरण भैरहेका बेला म भनेँ परिभाषाको खोजीमा छु ।

परिभाषाको निख्खर मौलिक परिभाषा कस्तो हुन्छ ? अहिले तलासमा छु ।

जीवनका कैंयौं परिभाषाहरू मैले अँझै थाहा पाएको छैन । हिजोआज सर्वाधिक चल्तीको विषय नै परिभाषा हो । नयाँले पुरानालाई विस्थापन गर्छ । पुरानाले नयाँका लागि स्थान छोड्दैन । पुरानाहरू आफ्ना परिचय फालेर नयाँ हुन नसक्ने ।

एउटा कथा भन्छु

एउटा कथा भन्छु अब गीत तिम्रो लुकेको छ
जिन्दगीका सत्येसत्ये वाचा कसम लुकेको छ ।

बालकैमा हामी दुई कतिकति सँगै खेल्थ्यौ ?
धूलामाटाँ लडीबुडी खोला हुँदी पौरी खेल्थयौ ।
हाँच मिलाई हामी साथी खेल्दा कति हाँसेका छौँ
जिन्दगी यो रङ्गीन पार्न आकाश धर्ती नाँचेका छौँ ।

किस्ताको कम्प्युटर (बालकथा)

गाउँघरमा जताततै कम्प्युटर किन्ने एक प्रकारको फेसनै जस्तो भएको थियो । हुनेखानेले त असल जातकै ब्राण्डेड कम्प्युटर किन्थे । सक नभएकाहरू चाहिँ छिमेकीका घरमा ल्याएको कम्प्युटर हेरी चित्त बुझाउँथे ।

लिपिका घरमा ऊ र उसका भाइहरू पनि बाआमालाई कम्प्युटर किनिदिनु भनी करकर गर्न थालेका थिए । निकै वर्षदेखि थातिरहेको थियो उनीहरूको कम्प्युटर सिक्ने रहर । स्कुलमा कक्षा ९बाट कम्प्युटरको कक्षा सुरू भएको थियो । लिपि यसपालि कक्षा ८मा गएकी थिई । उसको ठूलो भाइ शब्द कक्षा ५मा र सानो भाइ वाक्य चाहिँ कक्षा ३मा पढ्थ्यो ।

थप्पड रोग (बालकथा)

रोगको संसारमा अर्को एउटा नयाँ रोग थपियो– थप्पड रोग ।

एकादेशमा एउटा अत्यन्त फोहरैफोहरले भरिएको ठूलो सहर थियो । त्यस सहरमा मानिसहरू मात्रै थुप्रिएका थिएनन् ससाना परजीवीहरू पनि राम्रैसँग सहजाएर बसेका थिए । त्यस्ता परजीवीहरूमा झिँगा, लामखुट्टे, उडुस र उपियाँको संख्या धेरै थियो । गाईभैँसी पालेर दूधदही खाने संस्कार क्रमशः कम हुँदै गएको त्यस फोहर नगरीमा रहेका सबैखाले मानिसका घरघरमा कुकुर र बिरालाहरू पाल्ने संस्कृति बढोत्तरी हुँदै गएको थियो ।

जगदीश घिमिरे: फूलजस्ता नरम र बज्रभन्दा कठोर

‘कसैको जीवनको टुङ्गो छैन तर मेरो जीवनको टुङ्गो छ । औसत दुई चार वर्ष हो –आगे उपरवालाको मर्जी । भविष्य चिन्ता व्यर्थ हो – आफ्नो नियन्त्रणमा छैन, सोच्नै नपाई आइसक्छ, मेरोजस्तो रोग । अनि चिन्ताले केही थेगिने पनि होइन । चिन्ता जानेलाई होइन नजानेलाई हुन्छ । मेरो जाने टिकट र भ्रमण आदेश आइसकेपछि अब केको चिन्ता ? सबैको जन्मँदै दुईतर्फी टिकट बनेको हुन्छ । फर्कने मितिमात्रै गोप्य हुने हो ।’ (‘अन्तर्मनको यात्रा’, शीर्षक अस्पतालमा स्वजन, पहिलो संस्करण, २०६४, पृष्ठ १६७)

पसिनाले देश बनाऊ

धेरै कुरा गर्यौ तिम्ले
अब नयाँ काम गर ।
जनजनका हृदयमा
विश्वासका वीउ छर ।

दीगो संविधान बनाएर
लोकतन्त्रलाई उपहार देऊ ।
ह्रास भएको आफ्नो पुरानो
बाँकी इज्जत अब फिर्ता लेऊ ।

लाहुरेको दूरबिनबाट ‘मलाया एक्सप्रेस’लाई चिहाउँदा

सबैभन्दा पहिलो सन्दर्भचाहिँ नेपाली उपन्यास साहित्यमा रोचक, घोचक, सरल, सरस र समसामयिक यथार्थपरक शैलीमा विदेश जाने लाहुरेहरू र उनीहरूका आफन्तको अति करुण तथा मार्मिक कथामा आधारित मलाया एक्सप्रेस नामको सफल सामाजिक उपन्यास लेख्नुभएकोमा युवा उपन्यासकार अखण्ड भण्डारीलाई गाउँका सामान्य पाठकको हैसियतले म धेरैधेरै धन्यवाद् दिन चाहन्छु । अनि चाहन्छु म उनको कलमको नमन गर्न पनि । हामीजस्ता ‘घरकै लागि घरदेखि बाहिर बसेको छु’ भन्दै देशमै बस्ने सानु पेसामा पन्पिएका जन सामान्यलाई त उनको यो उपन्यासले यति गहिराइमा गएर छुन्छ भने विदेश जानुअघि घरपरिवारका करकापमा परेर अनिच्छुक भई बिहे गरेको पन्ध्रदिन पनि बित्न नपाई अँगालाभरिकी स्वास्नी, ससाना चिलिला भाइबहिनीहरू र डाँडामाथिका जून भैसकेका बाआमालाई धरधर्ती रुवाएर परदेशका बन्जर धर्तीमा आफ्नो सीप र ऊर्जालाई खन्याउन जाने ती तमाम आधुनिक मदनरूपि जितबहादुरहरू जसको रेमिट्यान्सले नेपाली अर्थतन्त्रको धुकधुकी धानिरहेको छ । उनीहरूलाई पनि सम्मान गर्दै यो आलेखको आरम्भ गर्न चाहन्छु ।

घरखेत साहूलाई छाडी

घरखेत साहूलाई छाडी अरबैमा आएको छु
मरुभूमि मेरो भागमा विरह गीत गाएको छु ।

नानीबाबु भन्न मैले वर्ष दुएक कुर्नु पर्छ
पराईको देशमा मेरो आफ्नै भावी जुर्नु पर्छ ।
साँबाब्याज लगातारै सगरमाथा चढ्दै होलान्
सरसापट, तिरोभरो अक्कासेर बढ्दै होलान् ।

माघी आयो भन्छन् राजै

माघी आयो भन्छन् राजै, सिरेटोले हानेको छ
घर छाडी बसेको छु नि राजै, कुहिरोले छेकेको छ ।

लालाबाला पखिँदा छन् हाम्रो बाबा आउँछ भनी
लोसार बित्यो, उभौँली नि बाटो हेरी दिन गनी ।
दसैँतिहार रमाएरै हामी सबै साथै बस्दा
चिहिलबिहील पार्यो होला नि विछोडमा आँसु खस्दा ।

पूजा गर्ने छाउरो

‘लुलुलु यस्ले यहाँ फोहर गरिहाल्यो नि !’– तबिल्दारनी हजुरआमाले तबिल्दार हजुरबा पूजागरिरहेका बेला पूजाकोठामा गएर पिसाब गर्ने बेलायती कुकुरको छाउरोलाई कानमा समात्दै उचालेर काइँकाइँ गराउँदै बाहिर ल्याउनुभयो ।

‘एकाबिहानै फेरि जिमराजले मलाई अशुद्ध बनाइदियो बा’ –पूजा चौकाबाटै तबिल्दार हजुरबा कराउनुभयो । बूढा फेरि उठेर इनारमा गई नुहाएर दोस्रोपटक पूजामा बसे फत्फताउँदै, ‘श्रीकृष्ण गोविन्द हरे मुरारे ! हे नाथ नारायण वाशुदेव ।’

आँखामा जुको

सोमबारे हाटनेर ठूलो नहर पर्थ्यो । तराईमा पानी ल्याउने लैजाने मानव निर्मित पानी बग्ने माध्यमलाई नहर भनिन्छ । सप्तकोसी नदीबाट ल्याइएको नहर हुनाले त्यहाँ निकै पानी बग्थ्यो । त्यो नहर गहिरो थियो ।

अहिलेजस्ता यतिविधि टिभि च्यानलहरू घरघरमा थिएनन् ।