Skip to content

मुस्कान बेग्लै पाएँ


मुस्कान बेग्लै पाएँ मैले तर ओठ उही छ
प्रहार फरक भयो अहिले तर चोट उही छ ।

उम्रिएँ, बढेँ, फूलेँ, फलेँ तर बोट उही छ
बैगुनीलाई गुनले मारेँ तर खोट उही छ ।
सयौँ चोटी धोएको छु तर कोट उही छ
सम्झनाको फेरियो रुमाल तर बुनोट उही छ ।

दुनियाँलाई थाहा छैन पुरानो भाये भन्छ घाउ
कचल्टिलो भै’रहेको आफ्नो त चोट उही छ ।
तिमीलाई पाऊँन मैले ढाटेँ हजारबार
उदासी भो आज किन लेखोट उही छ ।

(रचनाः २०६५ चैत १९)

Leave a Reply

Your email address will not be published. Required fields are marked *