Skip to content

अन्तिमेथ्य म


झर्छन्
हतार नगर तिमी
प्रुफ बर्बरी झर्न सक्छन्
झर्छन्
हतार नगर तिमी
आँसु तर्तरी झर्न सक्छन्,

एउटा भन्छ
दुःखले भ्वाङ पारेको छाती
टाल्ने ओखती खोज्दैछु
अर्को भन्छ
सुख कत्ति भएन यो जीवनमा
सुख पो खोज्दै छु
पावर
मनी
र सेक्सले पुगेको
मनिस सायद् मुर्दा मात्र हुन्छ जीवनमा
संसारमा
ब्रह्मा पावर हो
विष्णुलाई मनी पनि भन्दिए हुन्छ
र महेश भनेको सेक्स हो
इतिवृत्त म
र अन्तिमेत्थ म
एउटै हो,

पर्यायवाची
खोज्नेहरू हो
लु देखाओ त
पावर
मनी
र सेक्सको
पर्यायवाचकता
भो, सँकिदैन
जीवनमा कति कुराहरू
पढेर
रूख चढेर
र बाटो हिँडेर
एउटा मानिसले कहिले सक्छ ?
अन्तिमेथ्य म
र इतिवृत्त म
एउटा आदि हो
अर्को अन्त्य हो ।

पेशल आचार्य
सहायक प्राचार्य, मन्थली उमावि, मन्थली

Leave a Reply

Your email address will not be published. Required fields are marked *