१.आँखाको माया
आफ्नै मूल्य विर्संन्छ
छचल्किएसि ।
२. पीरको भारी
बाटोभरि पोखिन्छ
पानी जवानी ।
३. तिम्रो अगाडि
फुल्नै छाड्छ असारे
कुरुप फूल ।
४. मृदु मुस्कान
काफि हुन्छ सम्झना
आँसु पुछौनी ।
५. स्वप्नील स्मृति
प्रेमको प्रतिरुप
दर्पण छाया ।
