ट्रयाक सुट लगाएर दौड्ने हो भने ८९ वर्ष टेक्न लाग्नुभएका यी वयोवृद्ध साधक कुनै खेलाडीभन्दा कम फुर्तिलो देखिनु हुन्न । ललितपुरको बखुम्बहालदेखि काठमाडौँको इटुमबहालसम्म म्याराथन गर्ने हो र उहाँलाई सहभागी गराउने हो भने पक्कै पनि उहाँले दौड पूरा गर्नुहुन्छ । साधा जीवन उच्च विचारको उदाहरण खोज्नुपर्‍यो भने उहाँलाई अघि सर्दा नि हुन्छ । अध्ययन, लेखनमा मात्र संस्कृतिलाई बोक्ने होइनकी पहिरन, बसाइका समेत संस्कृतिलाई उत्तिकै ख्याल राख्ने सत्यमोहन जोशी यतिखेर ८९ वर्षको शिखर आरोहण गर्ने क्रममा हुनुुहुन्छ ।

१९९९ सालमा ‘गोरखापत्र’ मा ‘कर्तव्य’ शीर्षकको निबन्ध छपाएर साहित्यमा पाइला टेक्ने सत्यमोहन जोशीले तीन दशकमै तीन पटक मदन पुरस्कार जितेर साहित्य र संस्कृतिको क्षेत्रमा आफूलाई दरो रूपमा उभ्याउनु भयो । २०६५ सालको माघ महिनासम्म आइपुग्दा तेस्रो पटकको बुढो पास्नी -महारथारोहण) गर्न भ्याइसक्नु भयो । गएको सोमबार -२०६५ माघ १३) ललितपुरस्थित बखुम्बहालको आˆनै घरमा अनि मङ्गलबार अशोक पार्टी पालेस -पाटनढोका) मा सत्यमोहन जोशी उही जोश, उही फुर्ति र उही उत्साहका साथ आˆना परिवार इष्टमित्र, आफन्त, साहित्यप्रेमी, संस्कृतिप्रेमी आदिमाझ रमाइरहनु भएको थियो आˆनी पत्नी रााधादेवीका साथ ।

आफूलाई जन्मदिने बाबु-आमाप्रति जीवितै अवस्थामा सम्मान गर्ने नेवारी संस्कृतिको यो परम्परा निकै प्रशंसनीय छ । सत्यमोहन जोशी जस्ता स्रष्टा-साधकप्रति उहाँका परिवारजन, इष्टमित्र, आफन्तले मात्र होइन भाषा-साहित्यप्रेमी, संस्कृतिप्रेमी सबैले उत्तिकै श्रद्धा र आदरका साथ उहाँको सम्झना गर्छन् । ८८ वर्ष आठमहिना आठ दिन पूरा गरिसक्नुभएको छ उहाँले । यो उमेरमा पनि सिर्जना र साधनामा, अध्ययन र प्रवचनमा उत्तिकै सक्रिय हुनुहुन्छ उहाँ । संस्कृतिको अध्ययन र लेखनमा निकै लामो यात्रा तय गरिसक्नुभएका सत्यमोहन जोशीलाई संस्कृतिको दौडमा जित्न अरूलाई हम्मै नै पर्ला । जीवन बाँच्नु त यसरी भन्ने उदाहरण प्रस्तुत गरेझैँ सत्यमोहन जोशी दौडधूप गरिरहनु भएको छ, न उमेरले सताउँछ, न रोगले सताउँछ न त झरी बादलले नै । पाटनदेखि काठमाडौँसम्म लमलम लम्केर अनेकौँ कार्यक्रम, सभा समारोहमा सहभागिता जनाउने काममा उहाँ अल्छीसमेत मान्नुहुन्न ।

नेपाल भाषामा पनि त्यत्तिकै सक्रिय भएर लाग्नु भएको छ । यी विविध क्षेत्रमा हात हाल्ने उहाँले सफलता चाहिँ केमा पाउनु भएको छ ? उहाँको पि्रय विधा कुन हो ?

“मैले लोकसंस्कृतिमै सफलता पाएँ जस्तो लाग्छ र यो मेरो पि्रय विधा हो । लोकसंस्कृति, साहित्यको वैज्ञानिक आधारमा अनुसन्धान हुन आवश्यक छ, हामी कहाँ भएको अनुसन्धान केवल लोकगीत, कथा आदि मात्र प्रकाशमा ल्याउने गरेको तर तिनको समग्र पक्षको अनुसन्धान भने हुनसकेको छैन । लोकगीत होस् वा कथा वा जेसुकै तिनलाई प्रकाशमा ल्याएर मात्र पुग्दैन, ती गाउने, भन्नेहरूको सामाजिक, आर्थिक अवस्था कस्तो छ तीबारे पनि अनुसन्धान अध्ययन आवश्यक छ ।

१९७७ सालको वैशाखसम्म ललितपुरको बखुंबहालमा जन्मिनु भएका सत्यमोहन जोशीको पाँच वर्षका उमेरसम्म पनि बोली नफुटेपछि उहाँका पिता शंकरराज र आमा नोगलदेवीलाई पर्नु परिपर्‍यो । आˆनै आस्था र आˆनै संस्कृतिमा रम्ने परिवारले सूर्य विनायकमा माकल पूजा गरेपछि बोल्न थाल्नु भएको हो उहाँ । त्यसपछि ६ वर्षको उमेरमा अक्षराम्म गर्ने जोशीले बी. ए. सम्मको पढाइ पूरा गर्न नपाउँदै २००१ सालमा जागिरे जीवन थाल्नु भयो । जागिरे जीवनले लोक साहित्यमा खोजी अनुसन्धानमा सघाउ पुर्‍यायो भने २०२६ सालमै प्रज्ञा प्रतिष्ठानमा सह-सदस्य, २०३१-०३५ सदस्य सचिव भएर उहाँले आˆनो कार्यकालमा उलेख कामहरू गरेर बिताउनुभयो । तीनपटक मदन पुरस्कार, सुप्रबल गोदवा, २०५३ मा त्रिभुवन प्रज्ञा पुरस्कार, २०५९ मा भानुभक्त पुरस्कार, २०६१ मा भूपालमान सिंह कार्की प्रज्ञा पुरस्कार, विख्यात त्रिशाक्ति पट्ट, श्रेष्ठ सिरपा आदिबाट सम्मानित सत्यमोहन जोशी सम्मानसाथ लिइने नाम बनिसक्नु भयो ।

झण्डै नौ दशकको उमेर, करिब सात दशकको साधना, जागिरे जीवन, प्राध्यापकीय जीवन, चीनमा भाषा गुरु, फुर्तिलो र निरोगी शरीर, दीर्ध जीवन, सरल र साधा जीवन, साहित्य र संस्कृति, नेपाली र नेवारी -नेपाल) भाषामा उत्तिकै सक्रिय साधनारत आदि जस्ता विशेषताले सत्यमोहन जोशीको समग्र परिचय बनेको छ । न उमेरको हदबन्दीले अवकास पाउनुपर्ने न चाकडी र चाप्लुसी गरेर कुनै पदमा पुग्नुपर्ने मोह आˆनै सुरमा, आˆनै गतिमा अविच्छिन्न लागिरहनु भएको सत्यमोहन जोशी साहित्य र लोकसाहित्यको क्षेत्रमा संस्कृति र इतिहासको क्षेत्रमा उहाँको उत्साह, जाँगर, फुर्ति देख्दा लाग्छ सत्यमोहन जोशी उमेरले मात्र बुढो हुनु भयो सिर्जना र साधनाले, सक्रियता र समर्पणले बुढो हुनुभएको छैन, पटक्कै हुनु भएको छैन । ८९ वर्षको उमेरमा पनि बुढो हुनु भएको छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *