सक्रियता देखाउँदा देखाउँदै जानुभयो शारदाजी

  • by


उमेरले केही गरौँ र सक्दो गरौँ भन्ने भावनाले शारदा अधिकारी -ढकाल) को सक्रियता साहित्यिक क्षेत्रमा यता केही वर्षदेखि बढ्न थालेको थियो । लेखन, सम्पादन, साहित्यिक सङ्घ संस्थामा संलग्नता आदि माध्यमबाट नेपाली भाषा र साहित्यमा सक्रिय शारदा अधिकारीको पेशा पनि नेपाली भाषा प्राध्यापनमै थियो । उमेरले साथ दिए पनि, रोगले नगाँजे पनि दुर्घटनामा परेर उहाँले आˆनो जीवन अल्पायुमै गुमाउनु पर्‍यो । उहाँको ४३ वर्षको उमेरमै मोटरसाइकल दुर्घटनामा परेर काठमाडौँमा निधन भयो । नेपाल बाल साहित्य समाजको नजिकिएको निर्वाचनमा महासचिव पदका प्रत्यासी शारदा अधिकारी चुनावी दौडकै क्रममा काठमाडौँको चाबहिलमा कात्तिक २४ गते आइतबारको बिहान मोटर साइकल दुर्घटनामा परेर जानुभयो । उहाँको निधन सँगसँगै एउटा सक्रिय स्रष्टाको सक्रियतामा पूर्णविराम लाग्न पुग्यो । यसै दिन नेपाली साहित्य क्षेत्रमा एउटा नरमाइलो दिनको रूपमा अङ्कति हुनपुग्यो ।

साहित्य क्षेत्रमा लागिपर्नेहरूका लागि सुखभन्दा दुःख नै धेरै छ । रोगले-शोकले गाँजेर धेरैले अल्पायुमै ज्यान गुमाउनु परेको छ । दुर्घटनामा परेर दुःखद मृत्यु वरण गर्नेहरूको सङ्ख्या पनि त्यत्तिकै छ । केही वर्षअघि मात्र कवि, निबन्धकार एवं पत्रकार विनय रावलको मोटर दुर्घटनामा परी भएको निधनबाट पीडित साहित्यिक क्षेत्रले फेरि अर्को स्रष्टालाई दुर्घटनाकै कारण गुमाउनु परेको छ । एक दशकको अवधिमा बाबु सुदीप र आमा शारदालाई गुमाउनु पर्दाको पीडा यतिखेर उहाँहरूकी छोरी सुयशा भोग्दै छिन् । मृत्युको कारणबाट परिवारले, इष्टमित्रले, आफन्तले भोग्ने पीडा जत्तिकै पीडा साहित्यिक जगत् अहिले भोगिरहेको छ । एउटा कहालिलाग्दो दुर्घटनाले अल्पायुमै एउटा स्रष्टालाई लागेको तीतो यथार्थ स्वीकार्न धेरैको मनले नमाने पनि स्वीकार्नै परेको छ । वि. सं. २०२२ सालमा काठमाडौँमा जन्मिनुभएको शारदा अधिकारी -ढकाल) साहित्यिक क्षेत्रमा विशेषगरी बालसाहित्य, कथा, कविता, समालोचना क्षेत्रमा कलम चलाउनु हुन्थ्यो । संयुक्त सम्पादनमा २०५५ मा प्रकाशित ‘वाङ्मय समालोचना’ पछि २०६४ सम्मको एक दशकमा उहाँका कथाको किताब -२०५८), हराएकी छोरी -२०६१), ओहो मैले त भन्नै बिर्सेछु -२०६३) कथा सङ्ग्रह, जीवन जे जसरी पनि बग्दो रहेछ, -२०६३)- यात्रा संस्मरण, चिन-जान हामीलाई-२०५३, कविता सङ्ग्रह, केही अमर मानिस-जीवनी पारख-प्रयत्न -समालोचना सङग्रह), बाइस पाटन त्रिपन्न ताल, सहलेन, जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् ।

साझा प्रकाशन सञ्चालक समितिका सदस्य, नेपाल बाल साहित्य समाजमा सचिव, नेपाली वाङ्मय प्रतिष्ठानका सचिव, रमेश विकल साहित्यिक प्रतिष्ठानको सचिव भएर भाषा र साहित्यको क्षेत्रमा सक्रिय रहने शारदा अधिकारी पद्मकन्या कलेजमा उप-प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्थ्यो । बाल साहित्यको क्षेत्रमा उहाँले कविताराम बालसाहित्य पुरस्कार, नेपाल बालसाहित्य समाजद्वारा प्रदान गरिने बालसाहित्य पुरस्कार पाउनुभएको छ । भाषा र साहित्यको क्षेत्रमा गर्नुपर्ने काम थुप्रै रहेको बताउने शारदा अधिकारी साहित्यिक सभा-समारोहमा अनावश्यक रूपमा कुर्नुपर्ने र लम्बेतान कार्यक्रमले गर्दा समय खेर गइरहेको बताउनुहुन्थ्यो । गएको भानुजयन्तीको अवसरमा एउटा निजी कलेजमा आयोजना गरिएको कार्यक्रम धेरै ढिलोसम्म पनि सुरु नभएपछि कार्यक्रम छाडेर हिँड्दै उहाँले भन्नुभएको थियो- “पढ्ने-पढाउने, लेख्ने समय त यस्तै कार्यक्रममा सहभागी भएर बित्ने भयो ।” लेखनमा कथा र सभा-समारोहमा समीक्षा प्रस्तुत गर्न बढी रुचाउने शारदा अधिकारीले १० वर्षअघि आफैँले प्रस्तुत गरेको चिनारीमा उल्लेख गर्नुभएको छ “नेपाली विषयको प्राध्यापन गर्दै आएकी शारदा अधिकारी नेपाली समालोचना तथा नेपाली बालसाहित्यका क्षेत्रमा बामे सर्दै छिन् ।…”

-वाङ्मय समालोचना-२०५५) दस वर्षअघि वामेसर्न खोज्ने शारदा अधिकारी २०६५ सम्म आइपुग्दा साहित्यिक क्षेत्रमा अघि बढीसक्नु भएको थियो । उहाँको परिचय, उहाँको चिनारी भनेकै ‘साहित्यकार’ हो, त्यसैले साहित्यकार शारदाका छरिएका रचना, अप्रकाशित कृतिलाई प्रकाशित मात्र गर्न सक्यौँ भने पनि उहाँप्रति साँचो श्रद्धा ठहर्ला ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *