Skip to content
BhanwanaSubba-02


१. कोशीको जस्तै बाँध फुट्यो यो नयनको
शिशा झैं सपना टुट्यो यो नयनको
ऋण लागे हुन्थ्यो दिनै लाग्यो हजुर
सुन्दर ती छवि नि लुट्यो यो नयनको ।

२. अन्धकार छाडेर प्रकाश खोज्दैछु
दुर्गम अनि बिकटमा बिकास खोज्दैछु
भुमरीमा रुमलिई कति बसौं त्यसैले
मात्र एउटा नयाँ निकास खोज्दैछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *