ढुङ्गा आफ्नै कुरुपता दर्शाएर
बाँचिरहेछ स्वाभिमानले
हामीले ढुङ्गालाई कठोर भन्यौ र मान्यौ पनि
नौनी झैँ नपग्लेकै कारण ऊ ढुङ्गा भयो
इतिहास छैन ढुङ्गा पग्लेको
कथा लेखिएन ढुङ्गा गलेको
धुलो झैँ उडेको
असिना झैँ बिलेको
खनारी झैँ अस्तित्वहिन भएको
सायद भन्नेले ठिकै भन्यो
साँच्चै ठिकै भन्यो
ढुङ्गा भएको मन पग्लदैन
म भन्छु पग्लनु पनि हुदैन
ढुङ्गा टुसाउँदैन
हत्तपत्त आँधी-हुरीले उडाउन सक्दैन
असिना झरी पानीले चुटे पनि अस्तित्वहिन हुदैन
यथार्थ कुरा
एउटा मूर्तिकारको हातमा पर्यो भने ढुङ्गा
सत्य सत्य सुन्दर मूर्ति बन्दछ
देखेकी हेरेकी छु
संसार बदल्नेका अनुहार बन्यो ढुङ्गामा
भन्छन ईश्वर छैनन तर
मान्छेको आस्था मरेको छैन
देउता मानी पुज्छन
देउरालीमा फुलपाती चढाउँछन् ढुङ्गा माथि
ढुङ्गाको विशेषता अनि सुन्दरता नै कठोर हुनुमा छ
हेर्नेको आँखामा र छुट्याउनेको मन मस्तिष्कमा भए पर्छ ।
इटहरी, सुनसरी ।

lageko kura
एउटा मूर्तिकारको हातमा पर्यो भने ढुङ्गा
सत्य सत्य सुन्दर मूर्ति बन्दछ
mitho bhawana………