Skip to content


तिम्रो आगमन कर्णप्रिय वचन
नम्रता, धैर्य साथै अन्याय बिरुद्ध
उठने आवाज देख्दा
ओखर जस्ती तिम्रो उपस्थितीमा
बेली चमेली सम्झी भमरा भुनभुनाउँछ,
गुनगुनाउँछ मन, पवन अनि वादल, चट्टान अनि धुलो
आकाश अनि धर्ती, पानी अनि आगो
सबै सबै आ–आफ्नै तरिकाले नाँची हरन्छ, रमाई रहन्छ
मौनताको कालो बादल आकाशमा ढाकिदा
हाँसो थुपार्दै मेला लगाउँछ
बिस्मात हुत्याउँदै मनको बाटीका भरी
पारिजातको सुवाससँग रहर भर्दै
आँखा भरी सपना बोकी
प्रत्येक दिनको रातको असिमित इच्छाका
सिमित खेतका गरा अनि आली आलीका डिलहरु
सबै सबै गगन संगै
गगन चुम्बी छितिज भेटन
हृदयभरी सप्तरंगी इन्दे्रणी लागि
संकेत गर्छ, साहुती मार्छ
गन्तब्य अंगाल्न सगरमाथा पुग्न त्यसरी
जसरी थोपा थोपा मिलेर
खेला, नदी अनि समुन्द्र बनेको हुन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *