Skip to content


साथी !
तिमी अध्यारोमा
लगनशील भएर
उज्यालो खोजिरहेछौ
आँखाभरि सपना पालेर
साकार पार्ने जमर्कोमा जुटेको छौ
चुनौती कुल्चन
अठोट लिएकी तिमी
शुभकामना छ
मैले साथ दिने बाचा गरें
साथी !
यो पुरुष प्रधान समाज
फोस्रो आदर्श
सामन्ती संस्कार
दुष्टले बुनेको जाल
निरंकुश शासन
षडयन्त्रकारीको षडयन्त्र
रटिरह्यौ पराई मन्त्र सुगाले झै
भन्छन “बिष बिनाको सर्प र ईख बिनाको मान्छे काम लाग्दैन”
त्यसैले साथी अव दृढ संकल्प बोकेर पहाड नाघ्नु पर्छ
आँधि हुरीसंग जुध्नु पर्छ
डटि रहन सकौ चुनौति कुल्चन
सृष्टिमा फूल्न, साकार पार्न हाम्रो सपना
साक्षि राखेर फक्ताङलुङमा
आशिर्वाद मागेर आमा संग
प्रार्थना गरौ
पुकारौ सुम्निमा र पारुहाङ
गरौ बाचा तागेरा निङवाभूमाङ संग
पुन बिगत नफर्कियोस अनि नदोहोरियोस
ताजा भएर
नविन आयाम ल्याउन सकौ
सगरमाथाको उचाई बनेर
अग्ली रहोस गन्तब्य
मलाई बिश्वास छ साथी
हाम्रो आस्थाको दीप जली रहने छ
सचेतता अपनाऔं
गन्तब्यमा पाईला सारौं
बिचार कहिल्यै मर्दैन
मर्छ भौतिक शरिर
बिग्रन्छ नासिन्छ भौतिक धन
गर्नु हुन्न आत्मसमर्पण
खानु हुँदैन हरेस
बरु आऊ साथी जुटौं
अस्तित्व रक्षार्थ
हाम्रो गन्तब्य निस्चित छ
च्यातिने छ यो कालरात्री
एउटा बिहानी उदाउने छ
जसमा म हुनेछु
हामी हुनेछौ
सम्पुर्ण आधा आकाश खुल्ने छ
अनि सँगसँगै गाउनेछौं
उन्मुक्तिको गीत ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *