तिम्रो रंगीन संसारमा तिमीलाई मेरो शुभकामना
तिमी हाँस्नु खेल्नु रमाउनु … अनि सजाउनु सपना
मेरो भूमिका केही छैन तिम्रो जिन्दगीमा
एउटा BLACK N WHITE दुनियाको एउटा BLACK N WHITE पात्र
एक छिन रमाउन खोज्यौ मेरो अन्धकार दुनियाँमा
उज्यालो दिने कोसिस गर्यो .. .. अनि आफैँ अलमलियौ
म अँध्यारोमा रमाउने मान्छे … तिमी रंगीन संसारमा
व्यथा तिम्रो नि उस्तै अनि मेरो पनि उस्तै
अलि अलि भिन्न छ मात्र
तिम्रो बाटो खोलिदिए … सायद खुशी छ्यौ होला
म त एक्लै नै ठिक छु … चाहिन्न रंगीन संसार
हुन त तिमी बिना छैन कुनै आधार …
जितेको सबै तिमीलाई कोसेली … छोडिदेऊ हार मात्र

thanks
thank you guys for liking my posts