Skip to content

आज फेरि दोबाटोमा उभिरहेँ


आज फेरि दोबाटोमा उभिरहेँ
तिमीले बोलाए झैँ लाग्यो तर मुटु धड्केको रहेँछ
सायद मुटुको कुनै कुनामा अझै तिम्रो नाम गुन्जिएर होला
कतै तिमीलाई आजदेखि फो हाल्छु कि भनी
आज फेरि दोबाटोमा उभिरहेँ ।

आज फेरि एकान्तमा रोई हेरे
मनमा भएका आगोका राफहरू निभ्छन् कि
छातीमा जमेर बसेका तिम्रा सागहरू पग्लन्छन् कि भनी
आज फेरि एकान्तमा रोई हेरे ।

आज फेरि तिम्रो तस्बिर हेरी टोलाइरहेँ
तिमी मुस्कुराई रहयौ मलाई एकनास हेरी
म स्तब्ध भै तिम्रो मुस्कानमा डुबे फेरि
आज फेरि तिम्रो तस्बिर हेरी टोलाइरहेँ ।

म भन्न सक्दिन कति माया गर्छु भनी
त्यसैले आज पनि झस्किन्छु घरि घरि
निद्रामा पनि तिम्रै नाम लिएछु क्यारे
त्यसैले आज फेरि दोबाटोमा उभिरहेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *