Skip to content

आजभोलि उधारोमा चल्दैछ जिन्दगी


आजभोलि उधारोमा चल्दैछ जिन्दगी
एक्लै भएर होला सायद
निकै अफ्ट्यारोमा चल्दैछ जिन्दगी

तिम्रो चेहेराको उज्यालो हेर्दा बल्ने मेरो मुहार
आजभोलि किन ढल्दै छ जिन्दगी
साँच्चै तिमी बिना
निकै अफ्ट्यारोमा चल्दैछ जिन्दगी

लड्न खोज्दा तिमी, सहारा दिने मेरा पाखुरा
अब हेर्दा हेर्दै गल्दै छ जिन्दगी
एक्लै बस्ने बानी छैन त्यसैले
निकै अफ्ट्यारोमा चल्दैछ जिन्दगी

लक्ष्मी छैनन घरको, त्यसैले
आज भोलि उधारोमा चल्दैछ जिन्दगी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *