Skip to content

अब मदेखि उनको मन पनि भरे जस्तो छ
त्यसैले होला हिजो आज आँखा पनि तरे जस्तो छ
साथ दिने भीडबाट अब
मेरो माया अलि पर सरे जस्तो छ
दिन सकिन उनले चाहे जति, त्यसैले
अब उनलाई अरु नै कोही मन परे जस्तो छ
रमाउन अर्कै साथी पाएर होला सायद
मेरो माया बदनाम गरे जस्तो छ
अब मदेखि उनको मन पनि भरे भरे जस्तो छ
त्यसैले होला हिजो आज आँखा पनि तरे तरे जस्तो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *