Skip to content

तिमी बिना


यो छातीमा भएको तिम्रो तस्बीर पनि
बिस्तारै मेटिदै छ ..
बादल लागेको संसारमा घाम को झुल्को पनि
बिस्तारै देखिदै छ

आयौ, बस्यौ, रमायौ, विथोल्यौ,अनि गयौ ….
रमाउने साथि हैन बुझ्ने साथि खोजेको थिए …. त्यो पनि
बिस्तारै भेटिदै छ

भाग्य को खेल रैछ भने पनि ठिकै छ ..
सायद मेरो भाग्य पनि फेरि ….
बिस्तारै लेखिदै छ

सुख पछि दुख, दुख पछि फेरि सुख …
सायद यस्तै नै रीत होला
यो जिन्दगी पनि अब ..
बिस्तारै फेरिदै छ ..

यो छातीमा भएको तिम्रो तस्बीर पनि
बिस्तारै मेटिदै छ ..
बादल लागेको संसारमा घाम को झुल्को पनि
बिस्तारै देखिदै छ
@ňőőÞ

Leave a Reply

Your email address will not be published. Required fields are marked *