सपनाको संसारमा रमेर ब्युझदा
खुकुरीको तेज धारमा उभिएको रहेछु
मधुमस्त भई संसार भुलाउन खोज्दा
अन्धकारमा उभिएको रहेछु
तरेर पारि पुगे जस्तो लाग्थ्यो मलाई
तर मझधारमा उभिएको रहेछु
पर्खनु है भन्दै सब लागे आ-अफ्नो बाटो तिर
म त त्यहाँ बेक्कारमा उभिएको रहेछु
