श्रावणको महिनासँगै सुरु हुने यो शुद्ध र शान्त मनले विशेष पर्वको रुपमा मनाइने “बोल बम बोल बम”ले हिन्दु राष्ट्रहरूलाई एकसुत्रमा बाँधी भाइचारा र धर्म संरक्षणको विशेष ज्ञान दिएको छ । यो श्रावण महिनाको सोमबारलाई विशेष गरी शिवजीको पूजा आराधना गरेर महिला तथा पुरुषहरूले आफ्ना पति तथा पत्नी अनि घरपरिवारमा सुख शान्तिको लागि बरदान मागेर वेलपत्र अनि अरु पुष्प गुच्छाहरूले पूजा गर्ने चलन छ ।
यो हामी हिन्दुहरूको लागि खुसीको कुरा हो कि यस पर्वको माध्यमले नेपालका विभिन्न ठाउँमा छरिएर रहेका नेपालीहरू भेट भई मित्रत्व र वन्धुत्वको संदेशहरू आदान प्रदान गरेर एकसुत्रमा बाँध्ने काम गरेको पाइन्छ । तर विस्तारै विस्तारै यो पावन पर्वलाई कतिपयले फेशन, रवाफ, धाक, धन र ठूल्याँई प्रस्तुति गर्ने माध्यम पनि बनाउन थालेकोले यसलाई रोक्नको लागि हिन्दु धर्मावलम्बीका प्रमुख पण्डित तथा संचालकहरूबाट कुनै ठोस नीति अपनाउनु पर्ने र अनैतीक तरिकाबाट पूजापाठको नाममा भिडभाड मात्रै गराउन आउनेहरू, फेशन तथा अन्य कुनै पनि आफ्नोपनलाई ठूल्याँई देखाउनेहरूलाई र गरिब, दीन, दुःखी र सच्चा हृदयले पूजा गर्न आउनेहरूको एउटै भेषभुषा अनि साधारण तरिकाले हृदयदेखीनै भगवान शिवको पूजा गर्नुपर्ने मान्यताहरूलाई सर्वसाधारण माझ राखेर जानकारी गराउनु पर्ने कुराहरू पनि यथाशिघ्र लागु गरिनु पर्ने देखिएको छ ।