Skip to content

रुपै मन पराएँ

  • by
SurajGiri-02


सुन्दर रुप मोहीनीको, रुपै मन पराएँ,
रुप भित्रको बानी अझै खुपै मन पराएँ ।

अरुलाई लुकी लुकी हेर्ने तिम्रो बानी,
तिम्रो साथको शितल हैन धुपै मन पराएँ ।

———————————–

हिरनी जस्तै लच्की हिंड्ने चाल मन पराएँ
सुन्दर सुनको जस्तो जिउ डाल मन पराएँ ।

संगीतको धुन जस्तो मधुर तिम्रो बोली
तिम्रो मिठो कल्पनाको छाल मन पराएँ ।

———————————–

प्रेमरसले भरिएको मिठो बहार मन पराएँ
जिन्दगीको छाउ अनि पहार मन पराएँ ।

छुँदा पनि अमृत बग्छ तिम्रो स्पर्शमा
तिमी अनि तिमी बस्ने शहर मन पराएँ ।

———————————–

कविज्यूको कविताको छन्द मन पराएँ
तिम्रो मिठो अनि हाँसो मन्द मन पराएँ

जिन्दगीको सानो संसार अनि तिम्रो साथ,
तिमीसँगै विताउने उमंग मन पराएँ ।

———————————–

खोज्दै हिंड्दा हिरा भेटें माया मन पराएँ,
सोचाईको बोट मुनीको छायाँ मन पराएँ ।

तिम्रो मनको माया पाउन नसके पनि
हाँसी हाँसी बोलीदिने तिम्रो काया मन पराएँ ।

सुरज गिरी (नवलपरासी, कावासोती)

Leave a Reply

Your email address will not be published. Required fields are marked *