Skip to content

हे पिता आज तिम्रो सम्झना आयो

  • by


जन्म दियौं आमाको गर्भद्वारा, तिम्रो उपकारको प्रतिफल थियो
जिन्दगीको दुःख सुखमा साहारा बनी, ओत लगायौ तिम्रो माया थियो
अवहेलना गरे अरुले कही भने रिसाइ उसलाई हर्कान पछि परेनौ
मुख हेर्ने दिन हो आज बुबा तिमी किन स्वर्गबाट तल झरेनौ ।।

याद आउँछ आज अति विभोर हृदय पटलमा सम्झेर मुहार तिम्रो
सन्तती म रोइरहेछु यहाँ दर्शनको अभिलासामा संधै झैं आज तिम्रो
सपना मै सहि आई मलाई मुहार देखाइजाउ, म ढुक्क हुन्छु
मनका सन्ताप अनी पिर व्याथालाई तिम्रो पवित्र दर्शनले धुन्छु ।।

विहानीको किरणसँगै रुँदै जल तर्पन गर्दा मुटु छिचोली रोएँ आज
जस्तै परेपनि हे बुबा तिमी एकपटक दर्शन दिनलाई आउ है साँझ
तिम्रो चरणको स्पर्श गरि आँसुले पाउ धुन्छु अनी आनन्दको सास लिन्छु
मुख हेर्ने दिन हो बुबा आज तिम्रो, तिम्रो मुख मिठाउन फलफूल दिन्छु ।।

छाडी गयौ छोडी तिमीले मलाई टुहुरो तुल्याइ यस संसारभित्र
तिमी जस्तै करुण हृदय र सहपाठी कहीँ कतै भेटीन कोही मित्र
पुज्य बनेर सिकायौ सार, साथी बनेर हसायौं, आज गयौ कहाँ खोइ
आउ न आउ आज स्वर्गबाट तिमी म पुज्छु चरण तिम्रो आसुले धोइ ।।

सुरज गिरी (शिवमन्दिर–२, नवलपरासी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *