पुर्खाका रगतले जोडी ठुलो भयो नेपाल सारा
शान्ति, सम्झौता, काया र कानुन संविधान धारा ।
उघारी दैलो मन मस्तिष्कको,
सबको दुःख कष्ट उखेल्दै जरो भ्रष्टको ।
दुश्मन र बैरी सब काँप्दै भागे,
यै देशसँग शान्ति र वार्ता गरी ठाउँ मागे ।
अखण्डको देशमा आज किन भो विखण्ड,
शहिदले देख्न नसक्ने जन्मेछन् पाखण्ड ।
हुतेल शान्ति आज अशान्तिको दीयो,
कस्तो थियो यो देश आज के भइदियो ।
मेची- महाकाली रुँदै साहारा माग्छ,
राष्ट्रियता र अखण्डताले पनि पानी माग्छ ।
कौतुहल जनको मन भाँडिदैछ,
के हुन्छ कसो हुन्छले दिन माडिदैछ ।
भाग र बण्ड अंशको नेपाल बाँडी,
टुक्र्याएर जातित्वमा जनलाई भाँडी ।
नेपाल सिंगो नरहे के हुन्छ भोलि,
हान्नेछन् दुश्मनले बारुद गोली ।
समेटी सारा एक सुत्र भित्र,
मिलेर बसौं भाइचारा अनि बन्दै मित्र ।
तोड्न हुन्न अण्डतालाई विखण्ड पारी,
लड्न हुन्न आपसमा स्वमित्वलाई मारी ।
समाप्त
