आजको संसारमा माया र प्रेमलाई सरल तरिकाले रुपान्तरित गरी भनिन्छ कि- प्रेम पूजा हो, प्रेम नै संसारको यथार्थ हो, प्रेमले मानिसलाई जिउन सिकाउँछ, प्रेम नै मासिनको अमूल्य रत्न धन हो र प्रेमले नै जीवनको यथार्थलाई सक्षम तुल्याउँछ न जाने यस्तै के के हो के के होले हामीलाई प्रेमको परिभाषा सुन्दर लाग्दै गएको छ । कसैले पनि यसलाई उल्टो परिभाषित गर्न चाहेनन् ।
तर मेरो विचारमा प्रेमलाई सुन्दर शब्द मात्रै नभएर विकृति र विसंगतिको शब्द भित्र राखेर एकपटक हेर्यौं भने यसको फाइदा जति छ त्यो भन्दा पनि कैंयौं गुणा वेफाइदा पनि छ भन्ने लाग्नेछ । मानिसको जीवनको शुरुआँत देखि जीवनको समाप्तसम्म यसले पारेको नकारात्मक प्रभावलाई विर्सेर क्षणिक सन्तुष्टि र क्षणिक आत्मरताको साइनोलाई ओगटेर यसले गर्ने सकारात्मक पक्षलाई मात्रै प्रेमको पल्लुभित्र राखेर त्यसैमा लुटुपुटु हुँदै जीवनलाई कुन मोडमा लगेर दुर्दशा र दुर्गतिको गहिरो खाडल भित्र पसाल्दैछ भन्ने कुरालाई आत्मसाथ गर्न सकेका छैनौं । मेरो भन्नाको तत्पर्य प्रेम गर्नु वा प्रेम भन्नु राम्रो र शान्त शब्द होइन भन्न खोजेको होइन कि यसभित्र लुकेको त्यस्तो भयावह क्षणको बारेमा केलाउन खोजेको छु । म केही बुँदागत यसका वेफाइदाहरूलाई यस लेख मार्फत पाठकहरू सामु पस्कन चाहन्छु ।
१. जीवनलाई ओझेल पार्दै जान्छ ।
व्यक्तिगत रुपमा कसैसँग गरिने प्रेमको संजाल भित्र परिसकेपछि जीव वा मानवले आफ्नो जीवनको लक्ष्य र ध्येयलाई प्रेम भित्र गाभिदिंदै जाँदा उस्को लक्ष्य नै समाप्त भै एकोहोरो प्रेमको अनुरागमा लोभमग्न भै आफूलाई नै भुलिदिन्छ जसको कारण भोलिको भविष्यलाई उसले यत्तिमै सिमित बनाइदिन्छ र भविष्यलाई अन्धकारमय बनाइदिन्छ । यसको उपलब्धी के त भन्दा जीवन विस्तारै विस्तारै ओझेलतिर उन्मुख हुदै जानु हो ।
२. मानिसलाई जालमा फसाउँने चलखेल शुरु हुन्छ ।
यो आजको राजनीतिक माहौललाई बुझ्यौं भने पनि हामीले अनुभव गर्न सक्दछौ । नेताहरूले हामीलाई गरेको प्रेम अर्थहिन छ र हामीले नेताहरूलाई पार्टिगत रुपमा प्रेम गर्छौ त्यो पनि अर्थहिन छ जसले गर्दा भाइ-भाइबीच फुट र असमजस्वताले घेरिदिन्छ । यो त एउटा मौखिक प्रेम हो जुन नेताहरूले स्वार्थवस जनतासँग गरिरहेका हुन्छन् । यस्तै मानिसको व्यक्तिगत जीवनमा पनि आजको सन्दर्भमा संसारको सबै ठाउँबाट हर कसैलाई पनि प्रेमको प्रस्ताव राख्न सक्ने माध्याम भनेको फोन, इन्टरनेट अनि इमेल हुन् । कसले कस्लाई कुन कारण वस प्रेम गरिरहेको हुन्छ त्यो कसैलाई पनि थाहा हुँदैन । कसैले धन बटुल्नको लागि, कसैले एकछिनको मनको डाहा मार्नको लागि, कसैले मौकामा चौका हान्न पाइने आशाले गर्दा एक आपसमा तानीने जमर्को गरिरहेका हुन्छन् । यसै पनि अनुमान गर्न सकिन्छ कि १०० जनामा सर्वेक्षण गर्ने हो भने ५ जना पनि सच्चा हृदयले प्रेम गर्नेे प्रेमजोडी पाउन गाह्रो पर्दछ । त्यसैले मेरो अर्थमा यस्तो प्रेम भनेको मानिसलाई जालमा फसाउँने प्रेम हो ।
३. संगमको सीमालाई देख्न नसक्ने सीमाङ्कन कोरिदिन्छ ।
प्रेमीले प्रेम गरेको प्रेमीका होस् या प्रेमीकाले प्रेम गरेको प्रेमी होस् । नचाहँदा नचाहँदै पनि आँखाको बाटो हुँदै मनभित्रको कोठीमा दस्तक दिएपछि मानिसलाई एक अर्कासँग माया बढ्दै जान्छ । मुखले भन्न नसकेको खण्डमा यसले तड्पाएरै मानिसलाई एकोहोरो पनि बनाइदिन्छ । कहिं कसैले भनिहालेको खण्डमा पनि यो प्रेमको सीमा कहाँ पुर्याएर टुङ्ग्याउने त? के विवाहको बन्धनमा बाँधीए पछि समाप्त हुने हो त? तर यो सत्य नै हो अन्तिम लक्ष्य प्रेम र प्रेमीकाबीचको हुन्छ वैवाहिक बन्धन । त्यसपछि परिवारमा आउने दरारलाई सोच्न पनि सक्दैनौं । अघिदेखि नै बुझ्दै र भोग्दै आइरहेको प्रेम र मायामा मग्न भएको व्यक्ति आज उही तरिकाले पेश आउँदा एक अर्कालाई नराम्रो लाग्न थाल्दछ । केटाले आफूलाई ठूलो मान्नु पर्ने धारणा व्यक्त गर्छ भने प्रेमीकाले बराबरको हिस्सेदारको रुपमा लिनु पर्ने धारणा पोख्दछे । आजसम्म बोल्दै आएको कुरालाई बोल्दा नराम्रो अर्थ लाग्छ ।
सन्तानोपत्ति भएपछि पतिको दृष्टिकोणमा देखापर्ने फरकपनलाई अनदेखि गर्न पनि मिल्दैन । सानु यो ल्याउन, आज मिठो खाना पाकेन, आज घुम्न जाने चाहना छैन । म कामले थाकेको छु तिमीले नै गर जस्ता शब्दहरू वर्षन थालेपछि यसलाई धोकाको दृष्टिकोणले हेर्नु कुतै मुर्खता होइन ।
४. जीवनलाई एउटा बन्द इनारको पानी जस्तै गराउँछ ।
सम्पुर्ण स्वतन्त्रतालाई समेटेर एउटै बोटको ओतमा बस्नु पर्ने वाध्यता, दायाँ बायाँ साथी संगीसँग बोल्दा वा हाँस्दा पनि शंकाको दृष्टिले हेर्नु अनि आफ्नो बग्नखोज्ने चाहनालाई धुत्र्याइँ प्रेमको फन्दामा परि एकै ठाउँमा सिमित भएर कुरिबस्नु जस्तो अकल्पनिय क्षणहरूको भोग गर्न पर्दाको घडीमा कस्ले प्रेमलाई पूजा भन्दछ र ? एकछिन कुनै अफिसमा काम गर्ने कामदारको कुरालाई पनि प्रेमको पल्लामा राखेर विचार गरौं । विहान १० बजे आउँछ अफिसमा र ४ बजेसम्म एउटै अफिसको कोठाभित्र बसेर काम गर्छ । किन, उसले त्यो समयमा दायाँ दायाँ अरु ठाउँमा एकछिन समय बिताउँन सक्दैन ? किन, ऊ स्वतन्त्र भएर काम गर्न सक्दैन ? सायद उसले सम्बन्धित निकायमा गरेको कामसँग प्रेम गरेको हुन्छ जसको फलस्वरुप आफ्नो तलब बढाउने स्वार्थ पनि ताकेको हुन्छ । गृहिणीको व्यथा हेरौं- विहानदेखि बेलुकासम्म एउटा घरको परिधिभित्र सिमित भएर काम गर्नुपर्ने वाध्यता छ । किनभने उनले घरपरिवार र बालबच्चा अनि आफ्नो पतिसँग प्रेम गरेकी छिन् । के यस्तो पनि प्रेम र माया हुन्छ र ? बाँकी तपाई आफै खोज्नुस् यस्ता धेरै कुराहरूको उदाहरणहरू तपाईँको अगाडि तेर्सिएर आउँछन् ।
५. सुखशान्ति भरिएको परिवारमा फुट ल्याउन पनि सक्छ ।
यो पनि सत्य हो कि प्रेमले सुखशान्ति पारिएको परिवारमा फुट पनि ल्याउन सक्दछ । त्यो कसरी भने- कोही पराइलाई आफ्नो दुःखको क्षणमा वा पति विदेश गएको बेलामा उसले गरेको मदतको फलस्वरुप उनले आफ्नो माइती वा अन्य साथीको रुपमा मानेर नजिकिएकी हुन्छे तर गाउँघरकाले हुने र नहुने कुराहरूको पोल लगाएर पतिलाई नरबाघ बनाइदिंदा उसको जिन्दगीमा आउने चट्याङ्गलाई विचार गर्नै नसकिने हुन्छ । सायद यो पनि मायाको प्रतिफल हो किनभने पतिले आफ्नी पत्नीलाई धेरै माया गर्दथ्यो र उसले आफू सिवाय अरुसँग बोलेको कुरा सहन गर्न सकेन । यो कस्तो प्रेम हो । विवाहित युवक देश विदेश हिंड्ने क्रममा कुनै युवतीसँग केही समय बोलचाल वा नजिकिँदा थोरै भएपनि उसको मनले समीप ल्याएको हुन्छ जुन समयलाई कसै कसैले यथार्थ जीवनमा लाद्न खोज्दा पनि परिवारमा दरार पर्न जाने हुन्छ । यो कस्तो प्रेम जतापायो उतै बग्ने ।
प्रेम हरेकसँग गरिन्छ । दिदी बहिनी (विवाह गरेर पराइघर पठाउँछ), आमा बुबा (आफ्नी धर्मपत्नीको प्रवेश भएपछि आमा बुबामा गर्नुपर्ने कर्तव्य भुल्छ), दाजु भाइ (अंश बण्डाको किचलो झिकी झगडाको साथै ज्यान लिन पनि पछि पर्दैन), छरछिमेकी (अलिकति पैसा कमाए बोल्न छोड्छ भने, आफू कमजोर स्थितिमा परेको बेला त्यही समाजले धिक्कार्छ), दुःखी गरीब (उसको लागि केही गर्नुस् ऊ खुस छ एकदिन दिनु भएन भने उसले तपाईँलाई सराप्न थाल्छ), देश (आफ्नो माटोबाट हामीलाई सिंचित गरेर विदेशको भूमिमा काम गर्न पठाउँछ) यस्तै यस्तै हरेक क्षेत्रमा गरिने प्रेमले धोखा नै धोखा दिइरहेको हुन्छ तर तपाईँले त्यसको मनन् गर्न जान्नुपर्छ ।
खैर प्रेमको परिभाषालाई सुन्दर तरिकाले परिभाषित गर्दा त्यो मिठो नै लाग्छ तर त्यसभित्रको नकारात्मक कुराहरूलाई गहिर्याइबाट तपाईले विचार गरेर हेर्नुस् त्यसबाट तपाईँलाई कहीं न कहीं प्रेमले धोखा दिइरहेको महशुस हुनेछ र भोलिदेखि तपाईँले पनि भन्नु हुनेछ प्रेम भन्नु धोखा हो ।
त्यसैले प्रेम गर्नुभन्दा पूर्व तपाईँको हृदयलाई सफा शिसाको स्फस्टिक जस्तै माझ्नुस् र भविष्यको अन्तिमक्षण सम्म पनि त्यसलाई पालना गर्ने मनसाय दरिलो पार्नुस । आफ्नो कर्तव्य, अठोट अनि लक्ष्यलाई पनि सँगै लिएर जानुस् र प्रेमलाई अँगालेर हिंड्नु होला नत्र तपाईँले गर्न खोजेको प्रेम पनि मैले भने झैं धोखामा गनिने छ ।

rachana ramro lagyo
suraj ji yahako rachana ramro lagyo .farak swadko rachana ko lagi dhanyabad.
Ho manish haruko farad frk
Ho manish haruko farad frk chahana hunchha,Tara yesto chahana hune tapai ek jana matra hunuhunchha,parampara dekhinai Maya Prem le sansaar chaldai aayeko chha,pasupangchhi ma pani Maya Prem dekhnu hunchha,chhoto sabdama bhannu parda,shristi kartalenai yestai sansaarko rachana garnu bhayo bhane hajurko bichar chahi kna fark