Skip to content

दुबैको वेदना उही हो


बेला बेलाको कुरा हो,
कहिले तिमी रिसाउँछ्यौ,
कहिले म रिसाउँछु ।
पर्खाइको बोझ हो,
कहिले तिमी बिसाउँछ्यौ,
कहिले म बिसाउँछु ।।

तिमीलाई सम्हाल्ने मनको धोको,
कहिले तिम्रो मनमा हुन्छ,
कहिले मेरो मनमा हुन्छ ।
धोखा दिउँ भन्ने थिएन मनमा,
कहिले तिमीबाट हुन्छ,
कहिले मबाट हुन्छ ।।

प्रेम प्रतिज्ञामा निरासापन,
कहिले तिमी सहन्छ्यौ
कहिले म सहन्छु ।
प्रेम यस्तै एउटा कल्पना पनि हो,
कहिले तिमी बहन्छ्यौ,
कहिले म बहन्छु ।।

वेदनामा मुटु थिचेर एक्लोपनमा,
कहिले तिमी टोलाउँछ्यौ
कहिले म टोलाउँछु ।
सपनाबाट झस्केर विपना मै,
कहिले तिमी बोलाउँछ्यौ
कहिले म बोलाउँछु ।।

सुरज गिरी (कावासोती, न.प.)

1 thought on “दुबैको वेदना उही हो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *