Skip to content

सदानन्द अभागी

जनमत साहित्य मासिक सिक्किम साहित्य विशेष–१ सरसर्ती पढ्दा

परिचय

सर्बप्रथम जनमतका प्रधान सम्पादक मोहन दुवालज्यूलाई धन्यवाद दिंदै, जनमतको यो सिक्किम साहित्य विशेष –१ भित्र प्रवेश गर्न चाहान्छु । मोहन दुवाल एक यस्ता साहित्यकार तथा प्रधान सम्पादक हुनुहुन्छ जस्ले देशकामात्र नभएर प्रदेशका कुनाकाप्चामा रहेर निरन्तर साहित्य सिर्जना गर्ने व्यक्तिहरू जो ओझेलमा परेका छन्, लाई खोजी खोजी त्यस्ता व्यक्तिको बारेमा जनमतमा विशेष स्थान दिएर सबैका सामु साक्षात्कार पारिदिनुहुन्छ । जनमतलाई कहिले व्यक्ति विशेष, कहिले जिल्ला विशेष प्रकाशन गर्दै आउनु भएकोमा यसपटक (२०७०, श्रावण अङ्क) भने सिक्किम साहित्य विशेष लिएर दुवालजी हामी सामु उभिनु भएको छ । यस विशेषले हामी नेपालका साहित्यकारहरूलाई केही सिक्किमका साहित्यकार र साहित्यिक गतिविधिको जानकारी पाउने सुवर्ण मौका मिलेको छ । प्रधान सम्पादक मोहन दुवालजीले यो विशेषलाई सिक्किमप्रतिको सद्भावको रूपमा लिनु भएको छ ।

तनभित्र मन (सात मुक्तकहरू)

तनभित्र मन

तनभित्र मन छ अनि मन भित्र तर्क
कुतर्कको बाढी आए जीवन बन्छ नर्क
यी तन, मन, धन सबै कर्तव्यमा जुट्दा
यही धर्ती नै स्वर्ग बन्छ, कर्तव्यमा फर्क

नदीका कुरा

नदी भनी कुरा गर्छौ त्यसलाई पनि सुख छैन
गन्तव्यको मार्ग खन्दै अघिबढ्दा कहाँ हुन्छ चैन
नदीसरि मानव जीवन संघर्षमा अघि बढ्छ
गन्तव्य–मार्ग कठीन हुन्छ संघर्षरत नभै भैन

लक्ष्मीदत्त ‘सत्यप्रेमी’को “बहर सागर” नियाल्दा

परिचय

लक्ष्मीदत्त ‘सत्यप्रेमी’कोजन्म २०२९साल आश्विन २० गते आमचौरा –५, तल्लो स्वराड, सैलोडा, बैतडीमा बुबा रामदत्त भट्ट र आमा स्व. रत्नादेवी भट्टका पुत्ररत्नको रूपमा भएको थियो । हाल उहाँ चाँदनी –५, विष्णुनगर, कञ्चनपुरमा स्थायीरूपमा बसोबास गर्नुहुन्छ । उहाँको ‘हाम्रो कर्तव्य र गन्तव्य’ खण्डकाव्य (२०६३), चाँदनीको व्यथा (गजल सङ्ग्रह,२०६८), आमाको स्मृतिमा (२०६९) र “बहर सागर” (२०६९), प्रकाशन भैसकेको छन् । यो “बहर सागर” उनको र्चौथो कृति हो । यसको प्रकाशन पल्लव साहित्य प्रतिष्ठानले गरेको छ र यस कृतिलाई www.pallwa.com.npमा पढ्न पाउने व्यवस्था पनि मिलाइएको छ । हरेक विद्यामा उहाँको कलम चल्दछ । उहाँ थाइल्याण्ड र जापानको भ्रमण गरिसक्नु भएको छ भने उहाँमा निकै लामो प्रशिक्षण क्षेत्रको अनुभव पनि छ । नेपाली साहित्य जगतमा उहाँले आफूलाई छन्द र बहरमा कविता र गजल लेखकको रूपमा स्थापित गरी सक्नु भएको छ । गजलमा चलेको बहरयुक्त गजल र बहरमुक्त गजलको बहसमा बहरको पक्षमा उभ्याउन सफल हुनु भएको छ ।

साहित्य सर्जक–माला (एक जमर्कौ) नियालदा

परिचय

वीरबहादुर चन्द ‘विश्राम’जीको जन्म रोडीदेवल–६, तितावै(हिउन्या) बैतडीमा भएको र हाल उहाँ स्वर्ण(भीम टोल) भी.न.पा. ऐंठपुर, कञ्चनपुरमा स्थायीरूपमा बसोवास गर्नुहुन्छ । उहाँका माताको नाम स्व् डुनी(दुर्गा चन्द) र पिताको नाम स्व. लच्छु चन्द हो । शिक्षण सेवामा उहाँको लामो अनुभव(४४बर्ष ६महिना ४ दिन) छ र उहाँ महाकाली साहित्य सङ्गम केन्द्रीय समितिका अध्यक्ष, डोटेली भाषा, साहित्यका सर्जक एबं गुगुल्डी साहित्यिक मासिक पत्रिकाका प्रधान सम्पादक हुनुहुन्छ । वीरवहादुरजीले नेपाली साहित्यलाई मात्र नभएर आफ्नो मातृभाषा (डोटेली भाषा), साहित्यमा समेत उहाँले ठूलो योगदान पुर्याउँदै आउनु भएको छ ।

नेपालको भौगोलिक वितरण, माटोको बनौट र खेती व्यवस्था सङ्क्षिप्त विवेचना

माटो केहो भन्दा, यसको परिभाषा उपयोगको आधारमा फरक फरक किसिमले गरेको पाइन्छ । कृषकले उपयोग गर्ने माटो भनेको जहाँ कृषकले जोत्न सक्छ खेती लगाउन सक्छ र उत्पादन लिनसक्छ त्यही नै माटो हो । यदि खेती लगाउन सकिदैन भने त्यसलाई कृषकले माटोको रूपमा परिभाषित गर्दैन ।

बास्तवमा माटो पृथ्वीको उपल्लो खुकुलो त्यो सतहको त्यो पदार्थहो, जो चट्टानहरू खिइएर अथवा टुक्रिएर वनस्पति तथा जीवजन्तुका अवशेषहरू मिलेर बनेको हुन्छ । यहाँ हामीले बिरुवा उमार्न सक्दछौं । माटोले बिरुवाको लागि उम्रन र बढ्न आधार दिन्छ ।

शान्ति अधिकारीको ‘शान्ति बाटिका’ नियाल्दा

परिचय

तार्कु खहरे, लमजुङमा पुर्खौली घर भै तनारागाउँ डोल्पामा आमा अम्बिका र बुबा पदमहरि अधिकारीकी पुत्रीरत्नको रूपमा जन्मेकी शान्ति अधिकारी (पोख्रेल)को वैवाहिक घर इनरुवा, सुनसरी भै हाल उहाँ स्थायी रूपमा कोहलपुर, बाँकेमा बसोबास गर्दै आउनु भएको छ । उहाँको शिक्षा प्रमाण–पत्र तहसम्म भएको र नेपालगञ्ज नर्सिङ्ग क्याम्पस कोहलपुरमा सम्प्रतिरहेको उहाँको व्याक्तिगत विवरणबाट पत्ता लाग्दछ । पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर र पल्लव साहित्य प्रतिष्ठान चितवनमा उहाँ सम्लग्न रहनु भएको छ । शान्ति वाटिका शान्तिजीको पहिलो गजलसङ्ग्रह हो । यो गजलसङ्ग्रहको प्रकाशन पल्लव साहित्य प्रतिष्ठान नारायणगढ चितवनले गरेको र यसको विमोचन पनि २०७०/५/१० गते पल्लव साहित्य प्रष्ठिानको बार्षिक साहित्यिक सम्मेलनमा भएको थियो । यो कृति मलाई उक्त भव्य साहित्यिक जमघटमा वितरणको रूपमा प्राप्त भएको थियो ।

एघार मुक्तक (झटपट गरी विवाह)

१) झटपट गरी विवाह

भन्छन्, झटपट गरी विवाह ग्र्दा पछि पर्छ पछुताउनु
भन्छन् सबै, दीगो बिचार गरेर नै माया प्रीति छ लाउनु
भन्छन् प्रेम गर्दा चाहिन्छ नै समभाव समकर्म आदि सम
तत्त्ववोध गरीहीन प्रेमगर्दा जोकोहीले धोका नै हो पाउनु

दश मुक्तक (सृष्टिकर्म)

पिरतीको पथ
प्यास मेट्नुमात्र हैन पिरतीको पथ
नरनारी सहयात्री बोकेका छन् रथ
संसारमा सौहाद्र्रता सृष्टिकर्म थाम्न
सबै मिल्नुपर्छ भन्छु भित्रैबाट म त

दश मुक्तक (कहिलेकाँही यस्तै हुन्छ)

मुक्तक – १

कहिलेकाँही यस्तै हुन्छ, आफूले खनेको खाडलमा आफै परिन्छ
पहिला नै बिचार पुर्याउनु थियो, विवेकको प्रयोग कहाँ गरिन्छ
मानिस मानिस नै हो, पराकर्मी हुनसक्छ, ईश्वरीय शक्ति होइन
कर्मकर्तु, दुर्वल चच्छु, झटपट गर्दा मानव विवेक त्यहाँ हरिन्छ

दश मुक्तक (कति लाउनु माया)

मुक्तक-१

कति लाउनु माया पिरती आगाको कौलासँग
असल कर्म गर्छु भन्ने हस्त-बूढी औंलासँग
एकताको खाँचो टार्न जीवन-गीत गाउँभन्दा
को नै बन्ला प्रिय मित्र पोखरीको त्यो मौलासँग

शैक्षिक भ्रमण एक संक्षिप्त विवेचना

नेपाली बृहत शब्दकोषले शिक्षालाई यसरी परिभाषित गरेको पाइन्छ – पहिलो परिभाषामा‘ विद्यालय, महाविद्यालय आदिमा र घरैैमा पनि नियमित रूपले अध्ययनगर्नेगराउने वा पढाइको चाँजोपाँजो मिलाउने काम ज्ञान दिने वा लिने काम, विद्या’ । दोस्रो परिभाषामा -‘ शिकेर, सुनेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्वारा ग्रहण गरिने सैधान्तिक तथा व्यवहारिक विषयको बोध । तेस्रो परिभाषा-‘ कुनै कुराको उचित तालिम तथा अर्तिउपदेश । माथिका परिभाषाले शिक्षाका औपचारिक तथा अनौपचारिक दुवै पक्षलाई समेटेको देखिन्छ । औपचारिक शिक्षामा शिक्षण संस्थामा गएर अध्ययन गरेर प्राप्त हुने ज्ञान हो । यस प्रकारको ज्ञान पाठशालामा दिइन्छ/हुन्छ । अनौपचरिक शिक्षामा कस्तो प्रकारको ज्ञान दिने हो त्यही उदेश्य अनुरूप सञ्चालन गरिन्छ र यसको लागि पाठशाला भवन चाँहिदैन ज्ञान प्रदान गरिने स्थल नै पाठशालाको रूपमा लिइन्छ ।

भो चुनाव म लडिदन (व्यंग्य)

भो चुनाव म लडिदन, दुई तिहाई बहमत आउँछ
सर्बहित बिधान लेखी संसद भवन को धाउँछ
साथीहरू संसद पसी केही स्वद चाखिसके
मधुमख्खी प्यारी छन् भन्दै मोहनी मन्त्र को लाउँछ

सदानन्द अभागी

शारदा पाठक ‘केवल’को टिपन-टापन नियाल्दा

परिचय

शारदा पाठक ‘केवल’ को जन्म लाङ्दी, गोरखामा बुबा स्व. लोकनाथ पाठक र आमा स्व.टुल्ककुमारी पाठकको सुपुत्रीको रूपमा भएको थियो । हाल उहाँको बसोबास रवि भवन, कठमाण्डौंमा छ । उहाँ, जनप्रशासन, त्रिभुवन युनिभर्सिटी, नेपालबाट एम्.पि.ए. र MA Gender Women and Development ISS, Netherlandsबाट डिग्री हाँसिल गरिसक्नुभएकी एक विदुषी नारीहस्ताक्षर हुनुहुन्छ । बालबालिका तथा महिला उत्थान क्षेत्रमा उहाँको सेवा पुगिरहेको छ । उहाँले हालसम्म तस्वीरभित्रको मन (गीत, कविता र गजल, २०६९), लरबरिएका आवाजहरू (गजलसङ्ग्रह, २०६९) र टिपन-टापन (लेख-रचनासङ्ग्रह, २०७०) प्रकाशित गरिसक्नु भएको छ । उहाँको लेखरचना हामीले मेचीकाली, नेपालभूमि र विविध पत्रपत्रिकामा अध्ययन गर्न पनि पाउँछौं । उहाँको केवलका गजलहरू (गजलसङ्ग्रह) प्रकाशोन्मुख कृतिको रूपमा तयार रहेको छ । उहाँ पल्लव साहित्य प्रतिष्ठान, चितवनको आजीवन सदस्यमा आवद्ध हुनुहुन्छ ।

नेपालमा कृषिकर्मको थालनी र कृषि शिक्षाको महत्व

हामी सबैले नेपाललाई कृषि प्रधान देशकोरूपमा लिएका छौं । नेपालमा माटो व्यवस्थापनको तथा कृषि विकास कार्यक्रमको इतिहासलाई खोतल्न थाल्यो भने पौराणिक कालबाट सुरुगर्नु पर्दछ । नेपालको माटोको व्यवस्थापनलाई हेर्दा नेपाल उपत्याका नागदह नामक सरोवरको पेटमा थियो । हिन्दु अनुश्रुति अनुसार विष्णु र बुद्ध अनुश्रुति अनुसार मञ्जुश्रीले बागद्वारबाट पानीको प्रवाहमार्ग खोलेर काठमाण्डूको जमिनको व्यवस्थापन कार्यको थालनी भएको मान्न सकिन्छ । नेपालमा गोपाल वंशी राजाहरूले राज्य गर्दा बस्तीको आवाद तथा पशुपालनले अग्रसरता लिएको पाइन्छ ।

शिवहरि पण्डितको पुष्पोद्यान नियाल्दा

परिचय

बुबा स्व.रामचन्द्र पण्डित तथा आमा भागीरथा पण्डितका सुपुत्र शिवहरि पण्डितको जन्म बि.सं२००९ साल भाद्र २५गते तनहूँ जिल्लाको रतनपुरमा भएको र हाल उहाँ त्रिभूवनबस्ती-२ कञ्चनपुरमा बस्नुहुन्छ । सी.एडसम्मको अध्ययन गरेका शिवहरिका पुकार (कवितासङ्ग्रह, २०६३), पुष्पमाला (कवितासङ्ग्रह, २०६४) र पुष्पोद्यान (कवितासङ्ग्रह, २०७०) गरी तीनवटा कवितासङ्रग्रह प्रकाशन भएका छन् । आफूलाई कविमा नाम दर्ज गराउन सफल शिवहरिजी पल्लव साहित्य प्रतिष्ठान चितवनको आजीवन सदस्य र महाकाली साहित्य सङ्गम कञ्चनपुरको सदस्य हुनुहुन्छ ।

गङ्गा पौडेलको दशैंको दक्षिणा नियाल्दा

परिचय

बि.सं. २०११ भदौ २० गते दाङसिङ, दहथुम गा. वि. स. श्याङ्जामा जन्मनु भएकी श्रीमती गंगा पौडेलको ‘दशैको दक्षिणा’ बाल उपन्यास लक्ष्मीस्मृति साहित्य समाज नवलपरासीलाई उपहार स्वरूप प्रंदान गर्नु भएकोमा यस पंक्तिकार तथा लक्ष्मीस्मृति साहित्य समाजको तर्फबाट धन्यवाद दिन्छु । श्रीमती गंगा पौडेलको ओजु र डाँफे काव्य पढ्न र केही शब्द कोर्ने अवसर प्राप्त भएको थियो । त्यो काव्यको अध्ययनले मलाई गङ्गाजीको बाल साहित्यप्रतिको लेखनशैलीमा निकै आकर्षित पारेको थियो । आज मेरो हातमा ‘दशैको दक्षिणा ’ (बाल उपन्यास) छ र यसलाई मैले रमाई रमाई पढिरहेको छु । यो बाल उपन्यास ३० पृष्ठको छ । शब्दार्थ प्रकाशन काठमाण्डौले प्रकाशन गरेको यो कृतिको मूल्य रु ४०/- राखिएको छ । आज एक पटक ओजु र डाँफे बालकाव्यलाई सम्झन मन लाग्यो र त्यसमा साहित्यकार दैवज्ञराज नौपानेज्यूले -श्याबास कवियित्री गंगा पौडयालज्यू भन्दै लेख्नुहुन्छ -‘बाल साहित्य त्यसै लेखेर मात्रै हुँदैन, बाल मनोविज्ञान, बालभाव पनि जान्नु आवश्यक छ ।

प्राध्याक डा. नारायणप्रसाद खनालको ‘नागपञ्चमी’ नियाल्दा

परिचय

प्राध्यापक, साहित्यकार, स्रष्टा द्रष्टा एव म सम्पादक डा. नारायणप्रसाद खनालको जन्म २००९ पूजा-४, बिनति, प्यूठान, रा.अ.मा भएको थियो । हालको स्थायी ठेगाना अग्यौली-९ डण्डा नवलपरासी, लु.अ.मा भएता पनि हाल उहाँ भ.न.पा. -५, चितवन ना.अ.मा अस्थायीरूपमा बस्दै आउनु भएको छ । उहाँ त्रि.वि. वीरेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत हुनुहुन्छ । उहाँको वर्तमान पद प्राध्यापक तथा विभागीय प्रमुख हो । उहाँको शैक्षिक योग्यता एम.ए.(नेपाली) र विद्यावारिधि साहित्याचार्य हो । उहाँ निबन्धकार, समीक्षक, खोज-अनुसन्धान कर्ता र कुशल सम्पादकको रूपमा पनि परिचित हुनुहुन्छ । डा. नारायण प्रसाद खनाल लक्ष्मीस्मृति साहित्य समाज नवलपरासी लगायत दर्जनौ साहित्यिक संस्थाहरूबाट पुरस्कृत, सम्मानित, अभिनन्दितका साथै कदरपत्र प्राप्त गर्ने एक सकृय एव म उच्च साहित्यिक व्याक्तित्व हुनुहुन्छ ।