शीला
राम, प्रेम र शीलाको जन्म प्रकृतिक सौन्दर्यताले भरिएको जैविक विविधता छरिएको कोटथरमा भएको थियो । राम र प्रेम पैतृक सम्पत्तिले सम्पन्नशाली थिए । शीलाको बाल्यजीवन भने दयनीय थियो । उनी कष्टै कष्टको पोखरीमा डुबेकी थिइन् । उनी पढ्न पनि सकिनन् । घाँस- दाउरामा नै उनको जीवन बित्तै गयो ।
शीलाकी आमाको विवाह एउटा सम्पन्नशाली मुखिया बाका छोरासँग भएको थियो । धनीको छोरा भएर नै होला उसमा अहम्ता र कामुकताले भरिएको थियो । गाउँघरका राम्री-राम्री युवतीहरूमा उसका नजर परेकै हुन्थे । छोराको यसप्रकारको क्रियाकलाप र स्वभावबाट मुखियाबा परिचित थिए । चोर डाँका किन नहोस् मानिसले आफ्नो सन्ततिलाई कुलतबाट जोगाउनु पर्दछ र राम्रो, असल, ज्ञानी र ठूलो मानिस बनाउनु पर्छ भन्ने धारणा राखेको हुन्छ । मुखियाबाले पनि छोरा असल बनोस् भन्ने ठान्दथे ।

नेपाली राजनीतिका युगपुरुष, प्रजातान्त्रिक समाजवादका अग्रणी एवम नेपाली साहित्यका मूर्धन्य व्यक्तिको बारेमा लेखिएको यो महाकाव्यले नेपाल तथा अन्तर्राष्ट्रिय राजनीति प्रजातान्त्रिक समाजवाद दलगत तथा निर्दलीयता आदि विविधतालाई समेट्दै नवलपरासीको नारी हस्ताक्षरको प्रथम महाकाव्य र प्रथम महाकवयित्री, नेपाली साहित्यमा संलग्न महाकवयित्रीमध्येमा पञ्चम स्थान ओगट्न सफल हुनुहुन्छ कृष्णाजी ।