Skip to content

सदानन्द अभागी

शीला

  • by

राम, प्रेम र शीलाको जन्म प्रकृतिक सौन्दर्यताले भरिएको जैविक विविधता छरिएको कोटथरमा भएको थियो । राम र प्रेम पैतृक सम्पत्तिले सम्पन्नशाली थिए । शीलाको बाल्यजीवन भने दयनीय थियो । उनी कष्टै कष्टको पोखरीमा डुबेकी थिइन् । उनी पढ्न पनि सकिनन् । घाँस- दाउरामा नै उनको जीवन बित्तै गयो ।

शीलाकी आमाको विवाह एउटा सम्पन्नशाली मुखिया बाका छोरासँग भएको थियो । धनीको छोरा भएर नै होला उसमा अहम्ता र कामुकताले भरिएको थियो । गाउँघरका राम्री-राम्री युवतीहरूमा उसका नजर परेकै हुन्थे । छोराको यसप्रकारको क्रियाकलाप र स्वभावबाट मुखियाबा परिचित थिए । चोर डाँका किन नहोस् मानिसले आफ्नो सन्ततिलाई कुलतबाट जोगाउनु पर्दछ र राम्रो, असल, ज्ञानी र ठूलो मानिस बनाउनु पर्छ भन्ने धारणा राखेको हुन्छ । मुखियाबाले पनि छोरा असल बनोस् भन्ने ठान्दथे ।

जुरेलो बेपत्ता

कता गयौ जुरेली चरी तिम्लाई सम्झी बचरा रुदैछन्
ऊ जुनीको त्यो कर्म भोगी सारा जीवन आँसुले धुँदैछन्

काठमाण्डौको व्यस्त सहरले मानव जीवनमा ल्याएको विविधता, साथै प्रदुषणयुक्त वातारणले निम्त्याएको गन्दगी, रोग(व्याधीले सताइएका जीव जन्तु, एक घुड्की पिउनको लागि शुद्धजलको अभावले गर्दा काकाकुल भएका जनता, वागमती र विष्णुमतिमा मिसिएको गन्दगीले गर्दा पवित्र स्थल र पवित्र जलको उपभोगमा कमी, देशमा रोजगारी नपाउँदा उत्पादनशील जनशक्तिको पलायन, आजको विकासको गतिले निम्त्याएको विविध क्षेत्रमा ह्रास आदिले गर्दा काठमाण्डौ यो देशको राजधानी भएर पनि स्वच्छ गास बास कपास दिन सकेको छैन सहरवासीलाई्, तव पनि थलचर जलचर नभचर सबै प्रकारका जातिहरूले आफ्नो निरन्तरतामा अगाडि बढिरहेका छन् ।

दुई मुक्तक (कालो बादल मडराउँछ)

१)
कालो बादल मडराउँछ सूर्य देवलाई डस्छ
चारैतिर कालो छर्छ सबमा कालो रूप घस्छ
क्षणिक हुन्छ ग्रहण त हट्नै पर्छ हट्छ
पुनः सूर्य उदाउँछन् यिनमा देह सिच्ने रस छ

नेपाली साहित्यिक गतिविधिको सङ्क्षिप्त विवेचना

  • by

साहित्य समाजको दपर्ण हो । जुन देशको साहित्यले अग्रस्थान लिन्छ त्यस देशको विकासको गति पनि तीव्र हुन्छ तर नेपालको परिस्थितिमा साहित्यलाई एउटा अनुत्पादक क्षेत्रको रूपमा हेरिन्छ र साहित्यकारलाई उत्पादन योग्य काम नपाए र साहित्यमा लागेको ठानिन्छ । सरकारको नजरमा पनि साहित्य र साहित्यकारहरू पर्न सकेका छैनन् ।

जति उपेक्षितरूपमा हेरिए पनि साहित्यकारहरूले साहित्य सिर्जना गर्न भने छाडेका छैनन् । साहित्यकारहरूको लेखनकार्य तीव्रगतिमा अघि बढेको पाइन्छ । आज पुस्तकहरूको प्रकाशन पनि बढिरहेको देखिन्छ ।

आज नेपालमा राष्ट्रवादका नारा

  • by

आज नेपालमा राष्ट्रवादका नारा धन्किदै छन्
चुनाव चाहिने र नचाहिनेमा स्वार्थी भाषण सन्किदै छन्
केही गर्छु भन्नेहरूले देशलाई के नै दिए खोई
प्रकृतिको बज्र हामी माथि पर्दा छिमेकीको सीमा तन्किदै छन्

सदानन्द अभागी

लक्ष्मीदत्त ‘सत्यप्रेमी’को आमाको स्मृतिमा शोककाव्य एक झलक

  • by

परिचय

लक्ष्मीदत्त ‘सत्यप्रेमी’कोजन्म २०२९साल आश्विन २० गते आमचौरा -५, तल्लो स्वराड, सैलोडा, बैतडीमा बुबा रामदत्त भट्ट र आमा स्व. रत्नादेवी भट्टका पुत्ररत्नको रूपमा भएको थियो । हाल उहाँ चाँदनी -५, विष्णुनगर, कञ्चनपुरमा स्थायीरूपमा बसोबास गर्नुहुन्छ ।

वहाँको ‘हाम्रो कर्तव्य र गन्तव्य’ (खण्डकाव्य, २०६३), चाँदनीको व्यथा (गजल सङ्ग्रह,२०६८), प्रकाशन भैसकेको छ । यो शोक काव्य उनको तेस्रो कृति हो । यसको प्रकाशन पल्लव साहित्य प्रतिष्ठानले गरेको छ र यस कृतिलाई www.pallwa.com.npमा पढ्न पाउने व्यवस्था पनि मिलाइएको छ ।

डी. आर शर्माको ‘पहाडको झर्ना’ गजलसंग्रह नियाल्दा

  • by

आरथर डाँडाखर्क –९ काउले पर्वतमा, पिता भवानीप्रसाद शर्मा र माता रञ्जतादेवी शर्माका सुपुत्र डी. आर. शर्मा (प्रचलित नाम डिल्लिराम शर्मा) को जन्म २०२३/१०/१९मा भएको थियो । डी आर शर्माको पहाडको झर्ना पहिलो कृति २०६७/७/१५मा सायद उहाँसँग कुश्मा पर्वतमा भेट भएको बेला मेरो हातमा परेको थियो । पढ्ने काम त तत्कालै भएको थियो तर यसमा विवेचना गर्ने काम भने आज मात्रै थालनी गरेको छु, । डी आर शर्माले साहित्यकार इन्द्रकुमार विकल्पलाई साहित्यिक गुरू मानेर साहित्यको थालनी गर्दै, पर्वत, बाग्लुङ्ग र कास्कीका साहित्यकारहरूको साहित्यिक गतिविधिमा प्रभावित भएर आठ महिनामै यो कृति पर्वत साहित्य संगमबाट प्रकाशन गर्न सफल हुनु भएकोमा, उहाँ धन्यवादको पात्र हुनुहुन्छ ।

युगीन साहित्य समाज, रुपन्देहीको मुखपत्र ‘युगीन’भित्र घोत्लिंदा

  • by

यही २०७०साल जेष्ठ २५ गते युगिन साहित्य समाज, रूपन्देहीले बृहत साहित्य गोष्ठीको आयोजना गर्यो । युगीनले सञ्चालन गरेको उक्त कार्यक्रममा ‘युगीन’ पत्रिकाको विमोचन, स्रष्टा सम्मान तथा बृहत साहित्यिक गोष्ठीमा म पनि आमन्त्रित भएको हुँदा, सहभागी हुने सौभाग्य मिल्यो र सहभागी भएँ । बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा सञ्चालन भएको त्यो कार्यक्रममा बरिष्ठ साहित्यकार कृष्णदेवी शर्मा श्रेष्ठ, सदानन्द अभागी, तुलसी घिमिरे “पुष्प”, वनमाली निराकार, विजय सागर, रुद्र ज्ञावली, महेश पाल्पाली, लगायत करिब ३ दर्जन जति साहित्यकारहरूले कविता वाचन गरेका थिए । उक्त कानर्यक्रममा महेश पाल्पालीलाई सम्मान गरिएको थियो र युगीन साहित्य समाज रुपन्देहीले सामुहिक सृजनाको सङ्गालो ‘युगीन’को विमोचन समेत गरिएको थियो । उक्त कार्यक्रमको सभापतित्व विनोद उदयले गर्नु भएको थियो ।

जीवन हुन्छ पीडादायी

  • by

जीवन हुन्छ पीडादायी हिड्दा बाटो छोड्यो भने
सफल हुन्छ खेतीपाती झारपात गोड्यो भने

हो उद्देश्यको पहिचान गर्नु पर्छ यात्रा गर्दा
कठीन हुन्छ फलप्राप्ति बीचमा नै मोड्यो भने

आनन्द हो प्रेम विहार शुद्धताको रोजाइमा
तीतो हुन्छ यो जिन्दगी स्वार्थमा नै तोड्यो भने

पुष्प अधिकारी अञ्जलिको ‘म कवितामा देश खोजी रहेको छु’ संक्षिप्त विवेचना

  • by

स्रष्टा जन्माउने स्रष्टाप्रति भावपूर्ण अभिवादन
गजलबाट माथि उठी कविताले पायो छादन
पश्चिम काली पूर्व मेची पुष्पजीको फूलबारी
कविताले खोजेको छ शान्ति-स्वस्ति वाद्यवादन

परिचय

स्व. पिता झपन बहादुर अधिकारी र माता देवकुमारी अधिकारीको पुत्ररत्न हुन पुष्प अधिकारी अञ्जलि । उनी एक यस्ता स्रष्टा हुन् जो आफै गजलकार, सम्पादक, हाइकुकार, मुक्तककार, निवन्धकार र कवि पनि तर यो भन्दा पनि माथी उनले साहित्य साधनमात्र गर्दैनन् नयाँ र युवा पुस्ताका युवायुवतीलाई साहित्य साधनमा सहभागी गराएर अभिपेरित गर्दछन् ।

निरासा

  • by

विश्वमान चित्रमा
एउटा सुन्दर बाटिका
जैविक विविधताले पूर्ण
तर दुर्भाग्य के भने
यसका मालीहरू हूँ भन्नेहरूका
काण्डहरू फाटिसकेका छन्
आज बाटिकाका पुष्पहरू
यिनीहरू बटै सशंङ्कित छन्
त्रसित छन्

हीनताबोध

  • by

हीनता बोध गर्दै जाँदा सफल जीवन मोडिदैन
आलस्यता अङ्गालेमा सुन्दर वाग गोडिदैन

जीवन ज्योति प्रकाशिलो तव हुन सक्छ
सवल पथ अवलम्वन जब हामी छोडिदैन

प्रेमीजीवन सफलता तब प्राप्त हुन सक्छ
गरिएका बाचा बन्धन कसै गरी तोडिदैन

20130518_SadaNandaAbhagi_Lekh_KrishnaDeviSharmaShrestha

महाकाव्य क्रान्तिकारी विश्वेश्वरको सङ्क्षिप्त अध्ययन

  • by

नेपाली राजनीतिका युगपुरुष, प्रजातान्त्रिक समाजवादका अग्रणी एवम नेपाली साहित्यका मूर्धन्य व्यक्तिको बारेमा लेखिएको यो महाकाव्यले नेपाल तथा अन्तर्राष्ट्रिय राजनीति प्रजातान्त्रिक समाजवाद दलगत तथा निर्दलीयता आदि विविधतालाई समेट्दै नवलपरासीको नारी हस्ताक्षरको प्रथम महाकाव्य र प्रथम महाकवयित्री, नेपाली साहित्यमा संलग्न महाकवयित्रीमध्येमा पञ्चम स्थान ओगट्न सफल हुनुहुन्छ कृष्णाजी ।

जुठा भाँडा मजाई

  • by

कामना यो धेरै गर्यौं प्रेमी दिल सजाई
स्वागत पनि धेरै गर्यौ प्रेमी बाजा बजाई

एकोहोरो रोटी कहाँ पाक्न सक्छ साथी
दिल फाटे मल्हम छ बस रजाई रजाई

रात सधैं रहदैन हेरौं दिन पलाउँछ
जीवनले प्रकाश पाउँछ चन्द्र सूर्य कज्याई

भ्रष्टचार

  • by

भ्रष्टहरू जन्मेपछि भ्रष्टचार हुन्छ
बेलगामी घोडालाई कस्ले कहाँ थुन्छ

निर्मल जल सलल पार्छ सबै सफा
मूलै गन्दा भयो भने कस्ले तन धुन्छ

नरोपौं भो विष वृक्ष सञ्जीवनी रोजौंं
भ्रष्टवृक्ष रोप्दै गए भावी पुस्ता रुन्छ

कल्पना पौडेल ‘जिज्ञासु’को ‘भावनाका भेलहरू’ गजलसङ्ग्रहको सरसर्ती अध्ययन

  • by

कल्पना पौडेल ‘जिज्ञासु’ पिता टीकाराम पौडेल र माता मनिकर्ण पौडेलकी सुपुत्री हुनुहुन्छ । उहाँको जन्म वि.सं.२०३२ वैशाख २९ गते वाग्लुङ्ग जिल्ला छिस्ती गा.वि.स.मा भै हाल गैडाकोट –४ नवलपरासीमा बसोबास गर्ने भए पनि कार्यक्षेत्र इजरायलमा भएको देखिन्छ । उहाँका ‘भावनाका भेलहरू’ गजलसङ्ग्रह यही २०६९साल फागुन २६ गते हाम्रो मझेरी साहित्य प्रतिष्ठान, मझेरी पत्रिकको स्वर्णाङ्क समारोहमा विमोचित भएको थियो । सोही अवसरमा मलाई प्राप्त भएको थियो । अध्ययन गर्दा केही प्रतिकृया लेख्ने जिज्ञासा जागेकोले भावनाका भेलहरूमा मेरा पनि भावानाका भेलहरू बगाइदिएको छु । कल्पना पौडेल विश्व नेपाली साहित्य महासङ्घ इजरायल शाखाकी कार्यकारी सदस्य हुनुहुन्छ साथै गजल लेखनमा आफ्नो सकृयता दर्शाउने सकृय गजलकार हुनुहुन्छ । उहाँका अभिव्यक्तिहरू फेसबुकमा पनि धेरै पढ्न पाइन्छन् ।

राधिका कुइँकेल (खनाल)को मौन आकाश नियाल्दा

परिचय

मौन आकाशकी गजलकार हुनुहुन्छ राधिका कुँइकेल (खनाल) । राधिका कुँइकेलको जन्म २०३३ साल अश्विन १६ गते समुद्रटार –४, नुवाकोटमा, पिता शिवप्रसाद कुँइकेल र माता दमयन्ती कुँइकेलकी सुपुत्रीको रूपमा भएको थियो । उहाँका श्रीमान, पिता शर्मानाथ खनाल र माता इन्द्रकुमारी खनालका सुपुत्र, उत्तमराज खनाल हुनुहुन्छ । राधिका राजघाट स्वास्थ केन्द्र गौशाला, काठमाण्डौमा कार्यरत हुनुहुन्छ । साहित्यिक अवद्धता हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवनमा विशिष्ट सदस्यमा छ भने संलग्नतालाई हेर्दा ट्रेड युनियन काँग्रेसको अध्यक्ष, नेपाली काँग्रेसको महाधिवेशन प्रतिनीधि, विभिन्न गैरसरकारी संघ–संस्थाको सदस्य हुनुहुन्छ । प्रकाशित कृति मौन आकाश गजलसङ्ग्रहको साथै फेसबुक र विभिन्न पत्रपत्रिकामा गजल प्रकाशन भएको अध्ययन गर्न पाइन्छ ।

नवलपरासीको कथाकारितामा इन्द्रेणी शर्माका कथाहरू एक विवेचना

  • by

नेपाली साहित्यमा नवलपरासी जिल्लाको योगदानलाई केलाएर हेर्दा, महाकाव्य, खण्डकाव्य, कथासङ्ग्रह, कविता, उपन्यास, निवन्ध, गजल, क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ ।

साहित्यिक विधामा कथा पनि एक महत्वपूर्ण विधा हो तर कथा लेखनमा नवलपरासीको इतिहासलाई केलाउँदा त्यति पुरानो देखिदैन । २०५१ सालमा रामहरि अधिकारीले ‘अपशोच’ लिएर कृतिकारको रूपमा देखा पर्नु भयो । पुनः २०५५ सालमा उहाँ ‘बाबुको चेला’मा देखा पर्नु भयो ।

निर्मोही व्यासको ‘बोधिवृक्षको छायामा’ कवितासङ्ग्रह पढ्दापढ्दै

  • by

बेधिबृक्षको छायामा यो तृषित आत्माले शान्तिको प्यालामा शितलता पिउन पाउँदा कस्लाईपो आनन्द लाग्दैन होला ? निर्मोही व्यासले पिएर नै छाड्नु भयो । यस्ता बोधिवृक्षको छायालाई मायागर्ने व्यक्तित्व हुनुहुन्छ –निर्मोहीव्यास । उहाँको जन्म बारा जिल्लाको कलैया भवानीपुरमा २००९साल भदौ ४ गते कुसे औँसीका दिन भएको थियो । निर्मोही व्यासको खास नाम वेदव्यास उपाध्याय भएतापनि साहित्यमा उहाँ निर्मोही व्यासका रूपमा सुपरिचित हुनुहुन्छ ।