हाम्रो मझेरी साहित्यिक प्रतिष्ठानको साहित्यिक कार्यक्रम एक झलक
आज आश्विन ९ गते, २०७१ घटस्थापनाको दिन नवदुर्गा भवानीको पूजाको थालनी, शुभकामना आदान पदान गर्ने अवसर पारेर हाम्रो मझेरी साहित्य प्रतिष्ठानले कथाकार सानु शीतलको कथासङ्ग्रह ‘परिबन्ध’ कृतिमाथि चर्चा –परिचर्चा कार्यक्रम –२०७१, राखेर भरतपुर नगरपालिकको भवनमा, निकै आकर्षक कार्यक्रम सञ्चालन गर्यो । यस कार्यक्रमको सभापति हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलिले गर्नुभएकोथियो भने प्रमुख अतिथिमा प्रा. धनराज गिरी हुनुहुन्थ्यो ।
