Skip to content

सदानन्द अभागी

हाम्रो मझेरी साहित्यिक प्रतिष्ठानको साहित्यिक कार्यक्रम एक झलक

आज आश्विन ९ गते, २०७१ घटस्थापनाको दिन नवदुर्गा भवानीको पूजाको थालनी, शुभकामना आदान पदान गर्ने अवसर पारेर हाम्रो मझेरी साहित्य प्रतिष्ठानले कथाकार सानु शीतलको कथासङ्ग्रह ‘परिबन्ध’ कृतिमाथि चर्चा –परिचर्चा कार्यक्रम –२०७१, राखेर भरतपुर नगरपालिकको भवनमा, निकै आकर्षक कार्यक्रम सञ्चालन गर्यो । यस कार्यक्रमको सभापति हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलिले गर्नुभएकोथियो भने प्रमुख अतिथिमा प्रा. धनराज गिरी हुनुहुन्थ्यो ।

गेडी (लघु कथा)

म सानो छँदा मेरो हजूर आमाले कुराकानीको सिलसिलामा दुई चारओटा उखान टुक्काहरू सुनाउनु हुन्थ्यो । एउटा उखान त ‘छन् गेडी, सबै मेरी, छैनन् गेडी सबै टेढी’ थियो । अर्को पनि उखान यहाँ सम्झन मन लाग्यो । त्यो उखान हो ‘कोही न कोही पाखुरो पोइ’ । उहाँले यी शब्द बोल्दा थोरै बलको प्रयोग गर्नु हुन्थ्यो अनि कोही चुप लागेर सुन्थे भने कोही जोडले हाँस्थे, म भने ट्वाल्ल परेर हेरिरहन्थे ।

यसै सन्दर्भमा एक दिन म घरको पटाहामा बसेको थिएँ । एक जना अपरिचित करिब २५/२६ वर्षकी सुन्दर कली मेरो अघिल्तिर आएर ‘मामा नमस्कार’ भनिन् । म अलमल्ल परे, को भान्जी, को भान्जी, मैले चिनेकै छैन, तापनि बस्नको लागि अनुरोध गरें उनी बसिन् । यतिवेला सम्ममा मेरी श्रीमती पनि आइपुगिन् । ती सुन्दरीले माइज्यू भनेर बोलाइन् र नमस्कार पनि गरिन् । मेरो श्रीमतीले पनि चिनिनन् । धेरै घोरिएर उनले अन्दाज लगाइन् र सोधनी गरिन् ।

दुई मुक्तक (देश बनाउने कोही छैनन्)

देश बनाउने कोही छैनन्
देश बनाउने कोही छैनन् स्वार्थ लिप्सा अति बढी
नेताजीले भाषण गर्छन् मञ्चमा नभै छाना चढी
अजिङ्गर बन्दै गए जनताका सारा पीर मर्का
उनलाई कुनै कमी छैन, मनोरञ्जन् छ पला–घडी

लाज सरम
लाज–सरम पचाइसके सारा हाम्रा नेताजीले
नेताबाट सावधान हुनु भन्नु हुन्थ्यो पिताजीले
छोडे सत्यकर्म अनि धर्म पार्न थाले ठूलै मर्म
नारी अस्मिता बचाउनु छ भन्नुहुन्थ्यो माताजीले

अनेसास गजलगङ्गा

परिचय

यही २०७१, भाद्र १०गते नारायणगढमा पल्लव साहित्य प्रतिष्ठानको भव्य साहित्यिक कार्यक्रम भएको अवसरमा साहित्यकार गोवद्र्धन पूजासँग भेट भयो । उहाँको हातबाट अनेसास गजलगङ्गा प्राप्त गर्ने सुअवसर पाएँ । गजल गङ्गाजस्तो महत्वपूर्ण गजलसङ्ग्रहमा सहभागी हुने सौभाग्य नमिले पनि कृति अध्ययन गर्न पाउँदा मैले आँफूलाई सौभाग्यशाली नै ठानेको छु । आज देश विदेश जहाँ पनि गजल लेखन र सामूहिक कृति प्रकाशनका लहर चलेका छन् ।

तीन मुक्तक (दोधार)

१) दोधार
दोधारका कुरा नगर प्रिया
मुस्कानमा राख अधर प्रिया
प्रेमको ज्योति समर्पण गर्दा
कदापि नहौ धरमर प्रिया

२) दशा
के दशाले डोर्याए छ तिम्रो नाडी छाम्न पुगें
धारा बग्यो सारा तनमा त्यसैले त काम्न पुगें
आगो जल्यो तनभरी खरो उठ्यो मनभरी
जब्बर थिए इन्द्रीय त एनकेन थाम्न पुगें

तीन मुक्तक (सुनमा सुगन्ध)

१) सुनमा सुगन्ध
सुनमा सुगन्ध छरेर कहाँ पाइन बस्छ साथी
जीवनको उतार चढाऊ हुँदे जान्छ सबै माथि
हेरौं प्रकृति–प्रदत्त मार्ग नै संसारको सुयात्रा हो
चल्नै पर्छ यसैसँग थल जल सबै जात जाति ।

२) मुस्कान तिम्रो
मुस्कान तिम्रो दन्तको सुहार
दर्शन–मुर्छित मागेनी गुहार
विजुली चम्क्यो चड्कनी पर्यो
अति दरविलो रहेछ भूभार ।

कृष्णादेवी शर्मा श्रेष्ठको जूनमा चुहेको त्रास बहर बद्ध गजलसङ्ग्रह विवेचना

परिचय

महाकवियत्री कृष्णादेवी शर्मा श्रेष्ठको जीवनी, पुरस्कार/सम्मान, आवद्धताजस्ता महत्वपूर्ण पक्षमा मैले उहाँको कृतिहरूको समीक्षामा धेरै पटक लेखिसकेको हुँदा ती सत्यतथ्यमा जानुभन्दा सिधै कृति प्रकाशनहरू र हालको ‘जूनमा चुहेको त्रास’ बहर बद्ध गजलसङ्ग्रहमा प्रवेश गर्न अनुमति चाहन्छु ।

हालसम्म उहाँका फुटकर लेख रचना बाहेक कृतिको रूपमा हामीले पढ्न पाएका कृतिहरूमा सुनाखरी र लालीगुँरासको देश (कवितासङ्ग्रह, २०५७) नारायणहिटी पर्व (तीजगित सँगालो, २०५८), अत्याचारी घर (तीजगित सँगालो, २०५९), घरभेटी भाउजू (कथासङ्ग्रह, २०५९), प्रजातन्त्रमा प्रश्नचिह्न (तीजगित सँगालो, २०६०), स्मृतिको एक झिल्को (खण्डकाव्य, २०६२), निर्झरिणी (गजलसङ्ग्रह, २०६३), सृष्टि सौगात (छन्दोबद्ध कविता सङ्ग्रह, २०६५), क्रान्तिकारी विश्वेश्वर (महाकाव्य, २०६९) र जूनमा चुहेको त्रास (बहरबद्ध गजलसङ्ग्रह, २०७१) हुन् ।

हैसियतका हस्तीहरूलाई नियाल्दा

हैसियतभन्दा सामाजिक, आर्थिक, शक्ति, क्षमता, सामार्थ्य, योग्यता, इज्जत, धनसम्पत्ति, मानमर्यदा आदिको सकरात्मक वा नकरात्मक स्थितिलाई अर्थ्याउँछ तर यहाँँ मैले एक सामर्थवान गजलकार, पुष्प अधिकारी अञ्जलिद्वारा सम्पादित दुई ओटा हैसियत संयुक्त गजलसङ्ग्रह २०७१ भाग १ र २लाई हातमा लिएर अध्ययनमा लागिरहेछु र यी गजलसङ्ग्रहको हैसियत केलाउनुभन्दा पहिला पुष्प अधिकारी अञ्जलिले नेपाली साहित्यको क्षेत्रमा खासगरेर गजलकार जन्माउने र गजलका कृतिहरूलाई संयुक्तरूपमा प्रकाशन गरेर पाठकसम्म पुर्याउने अथक प्रयासका धावक भएर आफूलाई समर्पित गरेका छन्, तिनको यो गहन कामको म हृदय देखि नै प्रशंसा गर्दछु र उनको यस प्रकारको काममा कलम कहिल्यै नथाकोस् भन्दै उनले एकल र संयुक्तरूपमा प्रकाशमा ल्याएका कृतिहरूको विवरण यहाँ प्रस्तुत गर्दछु –

आदिकवि भानुभक्तको वधुशिक्षालाई नियाल्दा

आदिकवि भानुभक्त आचार्य (१८७१–१९२५)को द्विशतबार्षिकीका अवशरमा यही २४ गते शनिबारका दिन बुटवलमा आदिकवि भानुभक्त आचार्य द्विशतबार्षिक लुम्बिनी अञ्चल समारोह समितिले आयोजना गरेको कार्यक्रममा म पनि सहभागी हुन पाएको थिए । बालकृष्ण भट्टराईको सभापतित्व र मोदनाथ प्रश्रितको प्रमूख आतिथ्यमा सञ्चालित कार्यक्रमा लुम्बिनी अञ्चलका पुराना र नयाँ पिढीका करिब ९० जनाको हारारीमा साहित्यकाररूको उपस्थितिमा दुईवटा महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिएको थियो ।

डा. मुरारी पराजुलीजीले ‘भानुभक्त आचार्यको कवितामा मुक्तककारिताको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले यस कार्यपत्रमा मुक्तको परिभाषा सहित मुक्तको प्रकारमा आदिकवि भानुका कवितामा मुक्तक बारे प्रस्तुति गर्नुभएको थियो । अर्को कार्यपत्र प्रस्तोता प्रा. डा. कपिलदेव लामिछाने हुनुहुन्छ । उहाँको कार्यपत्रको शीर्षक थियो ‘भानुभक्त आचार्यका रचनामा लोक जीवन’ ।

प्रेमराजेश्वरी थापाको तिम्रो यादमा बर्षा पढ्दा पढ्दै

यो प्रेमले भरिएको कृति मैले नइ प्रकाशनको वितरणको लागि राखिएको कक्षबाट प्राप्त गरेको थिएँ । त्यहाँबाट प्राप्त धेरै कितापहरूमा यो कृतिलाई आज पढ्ने अवसर प्राप्त भयो र पढ्न थाले र केही कुराहरू पनि लेख्न थालें । प्रेमराजेश्वरी थापाको जन्म संवत् १९७२ फागुन १७ गते सोमबारको दिन काठमाण्डौको हात्तीसारमा भएको थियो । उहाँको पिताको नाम कमाण्डिङ कर्नेल डम्बरशमशेर थापा र माताको नाम भीमकुमारी थापा थियो । प्रेमराजेश्वरीको कवियत्री जीवनको थालनी सम्वत १९९७ को शारदा पत्रिकको चैत्र महिनामा प्रकाशित कविता ‘किन ’बाट भएको देखिन्छ ।

तीन मुक्तक (अर्धाङ्गिनी भनिन्छ)


अर्धाङ्गिनी भनिन्छ, अधिकारमा कहाँ छ र
चक्रव्यूह रच्नेसँग पर्न हुन्न कही भर
त्यसैलेत घर घर अन्तर्बिरोध चलेको छ
अविवेकी छन् भने घरमा हुन्छ करकर


पानी पर्यो झमझम तमसुक लेख्यो घरले
आज–भोलि चलेको छु तमसुक कै भरले
ठूलो खेत पोहोर बेचें बारी आघुँ साललाई
बाँचेको छु इष्टमित्र बाध्यता कै भरले

विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक तथा साहित्यिक व्यक्तित्वको संक्षिप्त विवेचना

वी.पीको जन्म र वाल्यकालको अवस्था
विश्वका महान व्यक्तिहरूको जीवन भोगाईलाई हेर्यो भने संघर्षमय नै देखिन्छ । विश्वेश्वरप्रसाद कोईरालको जीवन गाथालाई हेर्दा पनि हामीले संघर्षमय नै पाउँछौं । उहाँको जन्म नै शैल्यक्रियाबाट भएको थियो । वि.सं.१९७१सालको भाद्र महिनामा कृष्णप्रसाद कोईरालाकी कान्छी श्रीमती दिव्या कोइरालाबाट विश्वेश्वरप्रसाद कोइरालाको (शैल्यकृयाबाट) वनारसमा जन्म भयो । न्वारन्मा पण्डितले उनको नाम चुडामणि राखेका थिए । यो नाममा कालीदासलाई चित्त बुझेन र उनले बोलाउने नाम विश्वेश्वरप्रसाद कोइराला नामाकरण गरे । यही नाम संसार भरिनै प्रख्यात भयो । विश्वेश्वरको बाल्यकालको बसाई चन्द्रगञ्जमा भयो । तर चन्द्रगञ्जको बसाइ पनि लामो हुन सकेन किनकि कृष्णप्रसाद कोइरालाले ढाक्रेको नाजुक अवस्था देखेर उनमा दया आयो ।

ई प्रतिनिधि गजल नियाल्दा

आजको नेपाली साहित्य गजलमय भएको पाइन्छ । जुन साहित्यिक कार्यक्रममा गए पनि के युवायुवती के बृद्धबृद्धा सबैको प्रस्तुति गजल नै पाइन्छ । गजल कविताको एक अङ्ग भए पनि यसले आजको नेपाली साहित्यमा आफ्नो अलग्गै अस्तित्व/पहिचान गराउन सङ्घर्षशील छ । आशा छ यसले आफ्नो यात्रालाई पुरा गरेर नै छाड्ने छ ।

यसै क्रममा चितवनका स्रष्टाहरूले चितवनलाई गजलको राजधानी भनेर घोषणा गरिसकेका छन् र यसको लागि प्रयत्नशील पनि छन् । चितवनमा गजल सम्बन्धी लेखन र प्रकाशनका तथा विमोचनका कार्यक्रम भै नै रहन्छन् । यस्ता कार्यक्रम सञ्चालन तथा गजल सम्पादनमा लागिपर्ने स्रष्टाहरू मध्ये एक हुनुहुन्छ पुष्प अधिकारी अञ्जली ।

रामगीतालाई अवलोकन गर्दा (आदिकवि भानुभक्त आचार्यको द्विशतबार्षिकी सन्दर्भ)

परिचय
भानुभक्त आचार्यले रामायण, बधूशिक्षा, भक्तमाला, प्रश्नोत्तरी, रामगीताको साथै केही फुटकर कविताहरू पनि लेखे । भानुभक्तका कृतिहरूमा मैले रामगीतालाई अध्ययन गरेंर समीक्षकीय रूपमा केही सारतत्त्वहरूलाई यहाँ लेख्ने प्रयास गरेको छु । भानुभक्त कालजराले थलिएको र मरणासन्न अवस्थामा भएको बेला रामगीतालाई आफूले अनुवाद गरेर आफूले लेख्न नसकी छोरा रामनाथलाई टिपाएका हुन् भनिन्छ । जे होस् रामगीता आज हामीले पढ्न पाएका र्छौं यसको देन भनेको भानुभक्तको नै हो ।

कावासोतीदेखि दार्जिलिङसम्मको शैक्षिकभ्रमणको अनुभूति तथा विवेचना

परिचय

कावासोती भरखरै नगरपालिका घोषणा भएकोमा खुसीयालीको रमझममा कावासोती कृषि बजारले कृषक, सञ्चालक समिति, कृषि विकास कार्यालय र उद्यमी व्यपारी सबैलाई समेटेर बजार तथा उत्पादनक्षेत्रहरूको अवलोकन गराउने र कुन ठाउँमा बजारको सञ्चालन कसरी भएको छ बजारको अवस्था कस्तो छ र कावासोती कृषि बजारले कावासोतीमा कस्तो व्यवस्थापन गरेर बजारलाई नमुना बजारमा परिणत गर्न सकिन्छ भन्ने उदेश्य अनुरूप, यो शैक्षिक भ्रमणको आयोजना गरिएको थियो ।

बाबुको बूढ्यौलीसँग जवानी साट्ने छोरा

अगेनाको अगाडि घिऊ राख्यो भने पग्लिन्छ भने जस्तै मानव जाति जतिनै विद्वान हओस् ऊ भोग विलासबाट टाढा हुन सक्दैन । काम/वासनामा ग्रस्त मानिसहरू यतिसम्म ग्रस्त हुन्छन् कि तिनीहरूको कामनालाई पुरा गर्न नत धन, दौलत या स्त्रीले सक्दैनन् । हामीले हाम्रा ठूला ठूला धर्म ग्रन्थहरुको अध्ययन गर्न सक्छौ । महाभारत र रामायणका ती अहम् लीला पढन सक्छौं । ती सबैका कारणहरूमा एउटा कारण भनेको स्त्री नै हो भन्न सकिन्छ । त्यसो हुँदा हाम्रा धर्म ग्रन्थबाट के जानकारी प्राप्त गर्न सकिन्छ कि हाम्रा इन्द्रिय यति बलवान छन् । ठूला ठूला ऋषि–मुनि तथा विद्वानहरुलाई पनि विचलित पार्दछन् र सहजै बसमा ल्याउँछन् । त्यसो हुँदा जुनसुकै स्त्रीबाट टाढा रहनु पर्दछ भन्ने धारणालाई बिलासी संसारबाट मानिसले मुक्ति पाउन साह्रै कठिन छ ।

प्रदिप भट्टराईको ‘शौचालयमा ईश्वर’लाई नियाल्दा

‘शौचालयमा ईश्वर’ शीर्षकमा तार्किकता

नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखामा म प्रवेश गर्न लाग्दानलाग्दा त्यो संस्थाका अध्यक्ष योगप्रसाद रिजालले दुईवटा कृतिहरू मेरो हातमा थमाइ दिनु भयो । मैले ‘शौचालयमा ईश्वर’ हेर्न थाले अर्को मित्रले अर्को कृतिको शीर्षक हेर्न नपाउँदै लगि दिनु भयो । ‘शौचालयमा ईश्वर’ शीर्षकले नै मलाई सोचमा डुवायो । म कितावको आवरणमै सीमित रहेर मेरो मनमा तरङ्ग उठ्न थाले । आस्तिक र नास्तिक शब्दले मनमा अड्डा जमायो । यो शीर्षकलाई पढ्दैमा नास्तिक भन्न मिल्दैन भन्ने तरङ्ग मनमा उठयो ।

समर प्रकाशको पर्खाललाई नियाल्दा

परिचय

युगीन साहित्य समाज रुपन्देहीले नववर्ष २०७१ को १ गतेको दिन भव्य साहित्यिक कार्यक्र गर्ने भनेर मलाई सहभागी हुनको लागि निम्ता पठाएको थियो तर यस्तो महत्वपूर्ण कार्यक्रममा म सहभागी हुन सकिन । विमोचित कृति प्राप्त भएमा मैले गहिरो अध्ययन गर्नेछु र त्यसप्रति मैले जानेका र लागेका भावनालाई अवश्य पनि पोख्ने छु भन्ने बचनबद्धता, युगीन साहित्य समाजका पदाधिकारीहरू (अध्यक्ष बिनोद उदय लगायत यज्ञप्रसाद न्यौपाने, सुरज पाण्डेय, सुशील सापकोटा, युवराज लामिछाने)लाई, प्रकट गरेको थिएँ । कार्यक्रम निकै प्रभावकारिरहेको जानकारी पाएँ । खुसी लाग्यो उक्त दिन समर प्रकाशको, वमोचित भएको कृति, ‘पर्खाल’ युगीनका मित्रहरूले साहित्यकार दीपक सोती मार्फत पठाएको, कृति प्राप्त गरें । समर प्रकाशसँग मेरो भेटघाट भएको हो या होइन मलाई एकिन भएन । उहाँले आफ्नो कृतिमा राखेको तस्विरलाई हेर्दा नवयुवक देखिनुहुन्छ तर उहाँको जीवनी तथा पारिवारिक विवरण कृतिमा समावेश गर्नुभएको छैन । भन्न मन लाग्यो, कृतिकारले आफ्नो जीवनी, साहित्यिक आवद्धता तथा छोटो परिचय दिनु राम्रै हुने हो तापनि समरजीले आफ्नो रचनाले नै परिचित गराओस् भन्ने धारणा लिए जस्तो लाग्यो ।