Skip to content

छ मुक्तक (युवा पुस्ता)


युवा पुस्ता

युवा पुस्ता जाग्नै पर्छ
विकासमा लाग्नै पर्छ
विकृति र विसङ्गति
युवकले दाग्नै पर्छ

कोही बुझे र हाँस्छन्

कोही बुझे र हाँस्छन्
कोही वहानामा काँस्छन्
तत्वहीन सङ्गतमा
श्रीवृद्धिलाई नास्छन्

उनी आए कै हुन्

उनी आए कै हुन्
ज्योति ल्याए कै हुन्
जून तारा खोज्दा
दिल सजाए कै हुन्

बेली, चमेली

बेली, चमेली अनि रातकी रानी
यी सबै चेलीमा आउँछ जवानी
सुवासमा हुन्छ पवनको बास
परीक्षाको घडी बस बैंस धानी

बन्धन हो प्रेम

बन्धन हो प्रेम बाँधिन पो सक्छ
दीगोप्रेम गर्दा साँचिनपो सक्छ
स्वार्थपूर्ति गर्न जब मान्छे लाग्छ
लिसो बनी प्रेम टाँसिनपो सक्छ

माटोप्रति माया

यो माटाको माया हेर सबले गर्नुपर्छ
यै माटोमा सतबीज सबले छर्नुपर्छ
सीमारेखा चारैतिर चनाखो भइ हेरी
आफ्नो माटो संरक्षणमा दिल भर्नुपर्छ ।

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *