Skip to content

सदानन्द अभागी

पछुतो कथासङ्ग्रहले प्रष्ट्याउन खोजेका शैक्षिक मार्ग एक अवलोकन

परिचय

‘पछुतो’ कथासङ्ग्रहका लेखक चिन्तु गिरी हुनुहुन्छ ।, चिज्तु गिरीको जन्म पुतली बजार न.पा. –९, लामागे, स्याङ्जामा, माता खगीसरा र पिता नरभूपालका पुत्ररत्नको रूपमा भएको थियो । चिन्तु गिरीलाई हामीले कथाकारको रूपमाभन्दा पनि शास्त्रीय छन्दमा राष्ट्रियभावनाले भरिएका कविता लेख्ने कविको रूपमा चिन्दछौं । आज म भने उहाँको कथासङ्ग्रह ‘पछुतो’मा तनमन दिएर पढ्दै छु अनि मलाई लागेका भावना पनि पोख्दै छु । उहाँको रुची साहित्यमा बालककालमै थियो भन्न सकिन्छ उहाँको पहिलो रचना २०२८ सालमा मातृभूमिको गोरेटोमा प्रकाशित भएको थियो । यसबाट पनि के प्रमाणितथ हुन्छ भने उहाँको साहित्य लेखन १७ वर्षको उमेर पुग्नुभन्दा पहिला नै (विद्यार्थी जीवनबाटै), थालनी भएको थियो ।

साहित्यिक कार्यक्रम र ‘गजल आकाश’को विमोचनको एक झलक

आज चैत्र शुक्लनवमी (२०७० साल र्चैत्र २५ गते), भगवान रामचन्द्रको जन्मदिन, हिन्दूहरूको चाडको दिन, एकावहिानै मोवाइलको घण्टी बज्छ र मैले मोवाइल उठाउँछु ।

फोन साहित्यकार कृष्णा देवी शर्मा श्रोष्ठले गर्नुभएको रहेछ र आज रामबास, देवचुली गाविसको भीमसेन उच्च मा.वि.मा साहित्यिक कार्यक्रम हुने भएको रहेछ । उहाँले फोनबाट म त्यसमा सहभागी हुनको लागि, निमन्त्रणा पाएँ ।

मूक माया

उनको हिंडाई को लचकत्ता, आँखामा लगाएको कालो चस्मामा घरी घरी पुर्याएका ती हातका चलायमान औंला, नङ्गमा लगाएको नङ्पालिसको शोभाले कता कता मेरो मनलाई आकर्षण गर्यो । म उनको रूपमा साह्रै मोहित भएँ । नहुँ पनि किन, मानव मन नै हो । तनमा एक थोपा रगत छन्देर ऊ चलबलाउन छाड्दैन । उनी बसमा चढिन् । म पनि कुनै उद्देश्यविना नै त्यही बसमा चढें । बस नारयणघाटबाट पूर्व हानियो । उनी कहाँ जानिहुन् र म कहाँ गइरहेको छु मलाई नै थाहा थिएन ।

मेरो पर्वतको यात्राको संक्षिप्त एक स्मरण

फागुनको महिना लाग्दा पनि, तराईको ठाउँ, हुस्सुले ढपक्कै ढाकेको थियो । टिनको छानोबाट तप तप शीतका थोपा खसेका थिए । एका विहानै उठेर, भैसीलाई पराल दिने कानम गरें र आगो फुकेर पानी तताउने काम गरें । मेरी श्रीमती पनि उठिन् र खाना बनाउन थालिन् । खाना खाइयो । बाह्र बज्यो तर घाम लागेनन् । करिब एक बजेतिर सूर्य भगवानले आफ्नो अनुहार, हुस्सुलाई चिरेर, देखाउनु भयो । गुन्द्रीमा बसेर घामको न्यानोलाई ग्रहण गरिरहेको बेलामा मोवायलले सङ्गित भर्यो । मोवाइल उठाएँ र कुरा गर्न थालें । फोन पर्वतको ज्ञादी कटुवा चौतारीबाट आएको रहेछ । काम स्वस्थानीको साङ्गे र व्रतवन्धको निम्तो रहेछ । यता गाउँमा पनि स्वस्थानीको साङ्गेको निम्त्यो थियो । म ग्यादी जाने या नजाने दोधारे मन थियो ।

तीन मुक्तक (जुनी जुनी भेट हुनी)


जुनी जुनी भेट हुनी
भन्ने माया रैछिन् खुनी
आत्मार्पण गर्ने छैन
मुटु भने दिंदै छुनी


सबै भन्छन् स्वर्ग जाने
केही छैन साथ लाने
यहीं छनी स्वर्ग नर्क
धर्म कर्म आफ्नै ठाने

चार मुक्तक (मनोमानी)

मनोमानी

तिम्रै चल्यो मनोमानी
रहदैन जिन्दगानी
बुझ मित्र सबै कुरा
नढाँट भो जानाजानी

आकाशमा बादल

आकाशमा बादलु छ
नयनमा काजलु छ
बुझ प्यारी मनकुरा
मन साह्रै दयालु छ

भानुभक्तीय रामायाण सरसर्ती पढ्दा

(आदिकवि भानुभक्तको द्विशतबार्षिकी अवसरमा, लेखिएको लेख)

आदि कवि भानुभक्त आचार्यको छोटो परिचय–

वि.सं १८७१ असार २९ गते धनञ्जय र धर्मावतीदेवीको पुत्रको रूपमा चूँदी रम्घामा भानुभक्त आचार्यको जन्म भएको थियो । भानुभक्त श्रीकृष्ण आचार्यका नाति र धनञ्जय आचार्यका पुत्र भएकाले उनको अध्ययनको थालनी आफ्नै घरमा आफ्नै बाजेबाट भएको थियो । उनका बाजे जब काशीबास जानु भयो, भानुभक्त पनि बाजेको साथमा काशी गएका थिए । यस अवसरमा ५/६ वर्ष भानुभक्त बनारसमा बस्ने अवसर पाए र त्यहाँ उनको अध्ययन राम्रो भयो । उनको साहित्यतिर र धर्मतिरको प्रभाव पनि उनकै बाजे श्रीकृष्ण आचार्यको परेको थियो ।

गजल दर्शन नियाल्दा

परिचय

नेपाली साहित्यमा गजलले अत्याधिक लोकप्रियता हासिल गर्दै अघि बढिरहेको छ । भनिन्छ गजलमा बाढी आएको छ तर म भन्छु गजलमा आज क्रान्ति आएको छ । त्यसो हुँदा मैले आजको गजलमय युगलाई गजल क्रान्तिको युग भन्ने गरेको छु । गजलको चरण विभाजनमा मैले यसरी प्रस्तुत गर्ने गरेको छु –पहिलो चरण प्रारम्भिक काल –वि.सं १९४० देखि २००२ सम्म, दोस्रो चरण विलुप्तकाल वि.सं २००२देखि २०३५ साल, तृतीय चरण, गजलको पुनर्जागरण काल वि.सं २०३६ देखि २०५०सम्म र चतुर्थ चरण गजलको उर्वरक काल २०५१ देखि २०५९सम्म र वि.सं २०६० यता पाँचौं चरण (गजल क्रान्तिको युग) जसमा गजल लेखनमा क्रान्तिनै आएको छ ।

“मेरो शहर” नियाल्दा

“मेरो शहर” कवितासङ्ग्रहका कृतिकार हुनुहुन्छ प्राध्यापक, डा. धनपति कोइराला । डा.धनपति कोइरालाको जन्म, २०२७ साल मंसिर २१, सतासीधाम–५, झिलझिले, झापामा पिता स्व. चन्द्रलाल कोइराला र माता स्व. विष्णुमाया कोइरालाका पुत्ररत्नको रूपमा भएको थियो । हाल उहाँको कार्यक्षेत्र तथा बसोबास कावासोती (शिवमन्दिर, साधना कुटी) मा रहेको छ । उहाँको पेशा प्राध्यापन र पत्रकारीता देखिन्छ । उहाँ एक मध्यविन्दु क्याम्पसका संस्थापक, समाजसेवी, साहित्यिका आधिकारिक विद्वान संस्कृत वाङ्मयका ज्ञाता, मृदुभाषी, साधाररण बेशभुषा, उच्च बिचारको धारणामा रही सबैको भावनालाई बुझ्न चाहने र सबैलाई कदर गर्ने व्यक्तित्व पनि हो । उहाँको मानवीय व्यवहार र मिलनसारताले मेरो मनमा उहाँप्रति उच्च आदरभावले स्थान लिएको छ ।

जीवनका छालहरू नियाल्दा

परिचय

ईश्वर ‘बा’ खनालको भेट सायद आजभन्दा ७/८ वर्ष पहिला कृषकलाई माटो र मलको व्यवस्थापनको तालिमको सिलसिलामा बेणीमणिपूर गाउँमा गएको समयमा भए जस्तो लाग्छ । सायद उहाँ त्यहाँ प्रशिक्षकको रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यसै समयमा ‘जीवनका छालहरू’को यो कृति मेरो हातमा परेको थियो । यसलाई राम्रोसँग पढे धेरै प्रभावित पनि भएको थिएँ तर त्यस वेला मैले गजल लेख्ने र गजलको बारेमा टीकाटिप्पणी गर्ने काम गर्दैनथें । आजकल मैले गजल लेख्ने र समालोचन गर्ने कामको थालनीसँगै यो कृतिलाई फेरि दोहोर्याएर पढ्ने इच्छा पलाएर आयो र यसमा केही टीकाटिप्पणी गर्ने काम गरेको छु ।

अमेरिका उपन्यास नियाल्दा

परिचय

‘अमेरिका उपन्यास’ पनि मैले बरिष्ठ साहित्यकार प्राध्यापक बालकृष्ण भट्टराईजीबाटै प्राप्त गरेको हुँ । गंगा लिगलका प्रकाशित कृतिहरूका संख्या हेर्दा यो उपन्यास प्रन्धौं कृतिको रूपमा आएको देखिन्छ र नेपाली साहित्यको इतिहासमा गंगा लिगल एउटी सशक्त नारीहस्ताक्षरको रूपमा देखा पर्नुभएको छ । नेपाली साहित्यको फाँटमा साहित्यकारको संख्या हेर्दा पुरुष साहित्यकारको संख्यात्मक तुलनामा नारी साहित्यकारको संख्या कम छ । श्रीमती गंगा लिगलले नेपाली साहित्यको फाँटमा आफूलाई एउटी कवियत्रीको रूपमा परिचय गराई सक्नुभएको छ । श्रीमती गंगा लिगलको जन्म पाल्पा, तानसेनमा भए तापनि बसोवास भने सिद्धार्थनगर भैरहवामा गर्दै आउनु भएकोमा हाल उहाँ अमेरिका ह्यूस्टन, टेक्सासमा हुनुहुन्छ । उहाँले त्रि.वि.बाट एम.ए. कल्चरमा डिग्री हाँसिल गर्नुभएको छ । भैरहवा बहुमुखी क्याम्पसमा उप–प्रध्यापक पनि भैसक्नुभएको छ ।

के कर्मले हराउँछ

के कर्मले हसाउँछ कसले थाहा पाउने
के कर्मले डसाउँछ कसले थाहा पाउने

हेर जे देख्यो राम्रो भन्यो अघि बढ्दै गयो
कहाँ यो त बसाउँछ कसले थाहा पाउने

मानिसको स्वभाव कस्तो पत्थर बन्न सक्छ
कसो गरी रसाउँछ कसले थाहा पाउने

काम दाम उस्तै उस्तै

काम दाम उस्तै उस्तै रूपमात्रै फेरिएको
संस्कार र प्रवृत्तिमा पूर्वरूपले घेरिएको

ठूलो आशा गर्नु हुन्न यिनको भर पर्नु हुन्न
कहाँ भूल्न हुन्छ सबले सबको गला सेरिएको

अब पनि नाटक हेर्दा पथ्य र नेपथ्यको
विकृति र विसङ्गति अति रैछ बेरिएको

नेपालको माटोको उर्वराशक्तिको एक परिचय तथा व्यवस्थापनमा विवेचना

माटो के हो भन्दा, यसको परिभाषा उपयोगको आधारमा फरक फरक किसिमले गरेको पाइन्छ । कृषकले उपयोग गर्ने माटो भनेको जहाँ कृषकले जोत्न सक्छ खेती लगाउन सक्छ र उत्पादन लिनसक्छ त्यही नै माटो हो । यदि खेती लगाउन सकिदैन भने त्यसलाई कृषकले माटोको रूपमा परिभाषित गर्दैन ।

बास्तवमा माटो पृथ्वीको उपल्लो खुकुलो त्यो सतहको त्यो पदार्थहो, जो चट्टानहरू खिइएर अथवा टुक्रिएर वनस्पति तथा जीवजन्तुका अवशेषहरू मिलेर बनेको हुन्छ ।

इतिहास हेर्यो भने

इतिहास हेर्यो भने बर्तमानमा डर लाग्छ
तिमी सुधी नियाल्दा त मलाई पनि भर लाग्छ

पूर्व अनि पश्चिमको विश्लेषण यो गर्दै जाँदा
हाम्रो गमन कता हुन्छ भन्न धेरै धर लाग्छ

जीवनका अथकयात्री मार्ग छामी अघि बढ्छन्
स्वमार्गको निर्माण कर्ता यात्रा सरासर लाग्छ

हाड छाला मासपेशी

हाड छाला मासपेशीले सिर्जित छ यो जीवन
तिम्रै लागि सदाकाल समर्पित छ यो जीवन

गोला बारुद क्षेप्यास्त्रले यो तन सिँचित भयो
शान्तिशयन खोज्दाखोज्दै त्रशित छ यो जीवन

मेघ बढ्छ आकाशभरी जलन हुन्छ तनमा
तिम्रै रापतापले गर्दा गलित छ यो जीवन

दधीचिको त्याग र इन्द्रलाई ब्रह्महत्या

हामीले कहीं त्यागको कुरा गर्नु पर्यो भने दधीचिको नाम लिन्छौं । दधीचिले के त्यस्तो महान त्याग गरेका थिए, किन गर्नु परेको थियो र कस्को लागि गर्नु परेको थियो त्यो त्यागसम्म आउँदा के के घटना घटेका थिए र त्यो त्यागले कसलाई फाइदा गर्यो भन्ने कुराको ज्ञान हामीमा हुनै पर्दछ ।

उहिले पौराणिक कालमा त्वष्टा नामका आदित्य देवता थिए । उनले असुरकुलकी कन्या विवाह गरेका थिए । यिनैबाट विश्वरुप नाम गरेका पुत्रको जन्म भएको थियो । विश्वरुपका तीनवटा शिर थिए । यी तीनवटा शिरका तीनवटा मुख पनि थिए । विश्वरूपाले एउटा मुखबाट सोमलताबाट तयार पारिएको रस (सोमरस), एक मुखबाट सुरा पिउथे र तेस्रो मुखबाट भने अन्न ग्रहण गर्दथे ।

कुमारी मामु तीज गीतसंग्रह नियाल्दा

पिता स्व. चित्रमान श्रेष्ठ र माता स्व मानकुमारी श्रेष्ठका सुपुत्र ताराप्रसाद श्रेष्ठको जन्म वि.सं २००१/०२/१५/०६ दोभान गाविस-२, पाल्पामा भएको थियो । हाल उहाँ पञ्चनगर-२ भानूनगर नवलपरासीमा स्थाइ रुपमा बसोबास गर्नुहुन्छ । ताराप्रसाद श्रेष्ठले लोकलयलाई आधार बनाएर गीति कविता लेख्न मनपराउने कविको रुपमा आफूलाई चिनाउन सफल हुनुहुन्छ ।

ममताको खास्टो (खण्ड–काव्य)लाई नियाल्दा

परिचय

वि.सं.२०७० साल मुंसिर २९ गते शनिबारको दिन आदरणीय साहित्यकार बालकृष्णभ भट्टराईज्यूसँग बुटवलमा, लुम्विनी वाङ्मय प्रतिष्ठानको पौष १३गते हुन गइरहेको साधारण सभाको तयारी सभामा भेट भयो । उहाँले मलाई आफ्नै कृति ‘प्रस्थान गर्नुअघि’ (भूमिकासङ्ग्रह) र श्रीमती गंगा लिगलको कृति ममताको खास्टो (समीक्षार्थ), उपहारस्वरूप प्रदान गर्नु भयो । ‘प्रस्थान गर्नुअघि’ (भूमिकासङ्ग्रह) जो मेरो हातमा छ अध्ययनको थालनी क्रममा छ भने ममताको खास्टो खण्डकाव्यलाई अध्ययन गर्दै केही लागेका धारणाहरूलाई यहाँ पस्कदै छु ।